स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न


“समृद्ध स्याङ्जाको लागि विश्व अभियान” भन्ने विशाल अभियानका साथ स्थापित विश्वभरका स्याङ्जालीहरुको साझा संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले नेपाली नयाँ वर्ष बि.सं.२०७९ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष टुकराज अर्यालको अध्यक्षता तथा प्रा. डा. दिलबहादुर क्षेत्रीको प्रमुख आतिथ्य एवं विभिन्न विशिष्ट व्यक्तित्व, समाजका संरक्षक, सल्लाहकार वर्तमान एवं पूर्व कार्यसमिति पदाधिकारीको उपस्थितिमा स्याङ्जा स्थित संस्थाको केन्द्रीय कार्यालय पुतलीबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. दिलबहादुर क्षेत्त्रीद्धारा दिप प्रज्वलन र ब्यानर अनावरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । प्रा.डा क्षेत्रीले समाज स्थापना र यसले गरेका विभिन्न कार्यको प्रशंसा गर्दै सदैव यसरी नै सबैको साथ र सहयोगमा उच्च मनोबलका साथ सफल नेतृत्व दिदै अगाडि बढिरहन शुभकामना दिएका थिए । कार्यक्रमको अन्त्यमा संस्थाको अध्यक्ष टुकराज अर्यालले संस्थाका गतिविधि र वर्तमान समितिको वार्षिक दीर्घकालीन कार्ययोजना बारेमा जानकारी गराउँदै सफल कार्यसम्पादनको लागि सबैको सहयोगको आग्रह गरे ।

उक्त कार्यक्रममा संस्थाका विशिष्ट अतिथिहरुमा मोहन गुरुङ, होगी गुरुङ, संरक्षक अनन्त श्रेष्ठ, शालिकराम ड्रुम्रे, प्रमुख सल्लाहकार प्रकाश श्रेष्ठ, सल्लाहकार योगेन्द्रमान श्रेष्ठ, संस्थाका वरिष्ठ उपाध्यक्ष भोला पौडेल, सचिव मीन क्षेत्री, पदेन सदस्य अजमत अलि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थागत योगदानको आधारमा विभिन्न संघसंस्थालाई कदर पत्रद्धारा सम्मान गरिएको थियो । संस्थाकी महिला संयोजक निर्मला तिवारीले स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका महासचिव मुक्ति सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...