Bomjan Gurung
मार्मिक शब्दभावले भरिपूर्ण गोविन्द गौतमको “भिजा हातैमा” सार्वजनिक [भिडियो सहित]

नेपाली लोक विधा अन्तर्गत उत्कृष्ट शब्द रचना गर्दै गोविन्द गौतमले “भिजा हातैमा” बजारमा ल्याएका छन् । विशेष गरी नेपाली गीतसंगीतको क्षेत्रमा अत्यन्त चर्चित र व्यस्त गायिका समीक्षा अधिकारीसँगै गौतमले यस गीतमा आफ्नो सुमधुर स्वर भरेका छन् । गीतको शब्द, संगीत र सुमधुर आवाजको साथै म्यूजिक भिडियो निकै नै रुचाइएको यस गीतमा गीतको शब्द निकै भावुक र मार्मिक छन् । नेपाली समाज र परिवेशमा गरिबीको चपेटामा परेर बाध्यताले आफ्नो परिवार र प्रियसीलाई छोडेर विदेशिनु पर्दाको पीडादायी भावहरु र अनेकन व्यथाहरु यस गीतमा देखाउन खोजिएको छ । रोजगारको शिलशिलामा रहेर केही समयफुर्सदमा
कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने

कोरियामा बर्षेनी मनाउदै आइरहेको “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” आउँदो जनवरी १२ मा मनाइने भएकाे छ । नेपाल मगर संघ गणतन्त्र कोरियाले आफ्नो शाखाहरु बुसान/किम्हे शाखा, थेगु शाखा, जेजु शाखा, DSME मगर समाज गजेदो र अठार मगरात खामभाषी सम्पर्क मञ्चसँगको संयुक्त आयोजनामा सुवनस्थित (경기도 수원시 팔달구 매산로 1가57-3 [역전시장 2층] [호박나이트 클럽) मा बिहान ११ बजेदेखि शुरु हुने गरी सो कार्यक्रम मनाउने भएकाे हाे । ख्यातीप्राप्त स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित नेपालबाट आमन्त्रित कलाकार बिमता घर्ती मगरको प्रस्तुतिले कार्यक्रम भव्य हुने संघका महासचिव केशर राना मगरले बताए । स्वादिष्ट मगरफुर्सदमा
कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने

कोरिया स्थित तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व ल्होसार आउँदो जनवरी ५ तारिकमा मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग) लाई स्वागत र मुप्री ल्हो (चील वर्ग) विदाई गर्दै बुसान सहरको 경남 김해시 서상동 27-31 New Little India Resturent 2nd floor को हलमा दिउँसो १२ बजेदेखि शुरु हुने गरी सो ल्होसार मनाउने भएको हो । सो ल्होसारको अवसरमा दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा अध्यक्ष गितासिंह गुरुङलेफुर्सदमा
अष्ट्रेलियाबाट दलेन्द्र गुरुङको “आरुपाटे” सार्वजनिक [भिडियो सहित]

नेपाली लोक तथा दोहोरी विधा अन्तर्गत गीत लेखन र आवाजमा शानदार डेब्यु गर्दै दलेन्द्र गुरुङले “आरुपाटे मन परिछ्यौ र मैले दिल साटे” बोलको गीत बजारमा ल्याएका छन् । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा अत्यन्त व्यस्त गायिका शान्ति श्री परियार र स्वयं दलेन्द्र गुरुङले यस गीतमा आफ्नो सुमधुर स्वर भरेका छन् । “आरुपाटे” गीतको बोलमार्फत गाउँको चिनारी, भौगोलिक अवस्थितिको जानकारी र मात्रै नभएर युवायुवती वीचको प्रेमालाप र आफ्नै गाउँठाउँ छाडेर परदेश नगईकन परिश्रमी हातहरुले गाउँप्रति प्रेम, र मोह देखाउँदै सिंगार्नुपर्छ भन्ने सुखद अभिव्यक्तिलाई बढो आकर्षक ढङ्गले प्रस्तुत गरिएको यस गीतलेफुर्सदमा
तमू समुदायको ल्होसारलाई संगीतमय बनाउन “जालुमाया गुरुङ” कोरिया आउने

दक्षिण कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष “तमू ल्होसार २०८१” मनाउने भएको छ । तमू धीं दक्षिण कोरियाको आयोजनामा नेपालबाट चर्चित राष्ट्रिय कलाकार जालुमाया गुरुङलाई आमन्त्रण गरी सउल स्थित HW컨벤션센터 하림각, SEOUL, SOUTH KOREA (서울특별시종로구 지하문로 255 (부암동 162-3) आउँदो जनवरी ५ तारिक मनाउने मिति तय गर्दै आफ्नो मौलिकमा आधारित रहेर उक्त ल्होसार मनाउने भएको हो । गुरुङ (तमू) हरुको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग) लाई स्वागत र मुप्री ल्हो (चील वर्ग) विदाई गर्दै विगतमा झैं यसपटक पनि ल्होसारलाई थप उत्साहजनक र संगीतमय बनाउनफुर्सदमा
डिसेम्बर २८ मा स्याङ्जा भिरकोट आठथर तमु समाजले कोरियामा ल्होसार मनाउने

स्याङ्जा भिरकोट आठथर तमु समाज दक्षिण कोरियाले “तमु ल्होसार २०८१” कार्यक्रमको आयोजना गरी यही डिसेम्बर २८ तारिक शनिबार सउल दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेन्टको हलमा ल्होसार मनाउने भएको छ । प्रवासमा रहेपनि तमू (गुरुङ) समुदायको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार भव्य रुपले मनाउने प्रचलनलाई कायम राख्दै साँझ ८ बजेदेखि शुरु हुने गरी सो ल्होसार मनाउने तयारी गरेको समाजका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । यो वर्ष पनि समुदायको वर्ग चक्र अनुसार मुप्रि-ल्हो (गिद्ध वर्ग) लाई विदाई र सप्रि-ल्हो (सर्प वर्ग) लाई स्वागत गर्दै रुपा लगाई स्याई स्याई गरिने,फुर्सदमा
कोरियाबाट राम शर्माको “किन रुन हुन्न मर्दले” सार्वजनिक [भिडियो सहित]

नेपाली आधुनिक विधा अन्तर्गत उत्कृष्ट शब्द रचना गर्दै राम शर्माले “किन रुन हुन्न मर्दले” बजारमा ल्याएका छन् । विशेष गरी नेपाली गीतसंगीतको क्षेत्रमा अत्यन्त चर्चित हस्ती प्रमोद खरेलले यस गीतमा आफ्नो सुमधुर स्वर भरेका छन् । गीतको शब्द, संगीत र सुमधुर आवाजको साथै म्यूजिक भिडियो निकै नै रुचाइएको यस गीतमा गीतको शब्द निकै भावुक र मार्मिक छन् । रिलिज भएको एक दिन नबित्दै करिब २५ हजार दर्शकले हेरिसकेको यो गीत युट्युबमा निकै चर्चित हुने निर्माण पक्षले दावी गरेको छ । “किन रुन हुन्न मर्दले” गीतको शब्द रचना सिन्धुपाल्चोक घर भईफुर्सदमा
सलनालमा “1974 AD” को लाईभ कन्सर्टले सउल कोरिया पूरै संगीतमय हुने पक्का

कोरिया स्थित क्षेत्रीय संस्था कास्की परिवारले कोरियन नयाँ वर्ष सलनाल २०२५ को अवसर पारेर आयोजना गर्ने “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” को पोष्टर सार्वजानिक सउल स्थित निक ट्राभल्सको सभाहलमा सम्पन्न गरेको छ । सलनाललाई लक्षित गर्दै आयोजना गरिने सो कार्यक्रममा नेपालको चर्चित ब्याण्ड “1974 AD” कोरिया आउने भएको छ । सउल स्थित सुविधा सम्पन्न हलमा हुने उक्त ब्याण्डको लाईभ कन्सर्टको लागी ब्यापक तयारीमा जुटिरहेको सोही संस्थाका अध्यक्ष सन्तोष पौडेलले बताए । कोरियामा सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समितिको सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरिया समन्वय साथै सोही प्रदेश अन्तर्गतफुर्सदमा
“माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” को पोष्टर सार्वजनिक १ डिसेम्बरमा हुने

कोरिया स्थित क्षेत्रीय संस्था कास्की परिवार दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनाल २०२५ को अवसर पारेर “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४”को पोष्टर सार्वजानिक गर्ने भएको छ । सलनाललाई लक्षित गर्दै आयोजना गरिने सो कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी दिने उद्धेश्यले ब्यापक तयारीमा आयोजक संस्था जुटिरहेको सोही संस्थाका अध्यक्ष सन्तोष पौडेलले बताए । कोरियामा सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समितिको सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरिया समन्वय साथै सोही प्रदेश अन्तर्गत रहेका अन्य दश जिल्ला र को पूर्ण साथ, समर्थन र निर्णयात्मक अनुमोदन गरिएकोले कार्यक्रम सफल र थप उत्साहजनक हुने कार्यक्रमफुर्सदमा
सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने

कोरियाको दक्षिणी भेग किम्हे सहरमा कोरियन नयाँ वर्ष सलनाल २०२५ को अवसरमा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने भएको छ । महावीर पुन आविष्कार केन्द्र सहयोगार्थ उद्धेश्यका साथ आउँदो जनवरी २८ तारिक (सलनालको पहिलो दिन) नेपाल मगर संघ किम्हे/बुसान शाखाको आयोजनामा किम्हे स्थित (김해시활천로 294 은석홀 은석문화 복지센터) सुविधा सम्पन्न हलमा सो कार्यक्रम गर्ने भएको हो । नेपाली गीतसंगीत अन्तर्गत विभिन्न विधाका चर्चित नेपाली राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने जानकारी दिदै कार्यक्रम चुस्त, दुरुस्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन प्रक्रिया, कार्यक्रमको ब्यापक तयारी भइरहेको रफुर्सदमा