Advertisement
SKIP THIS

डिसेम्बर २८ मा स्याङ्जा भिरकोट आठथर तमु समाजले कोरियामा ल्होसार मनाउने


स्याङ्जा भिरकोट आठथर तमु समाज दक्षिण कोरियाले “तमु ल्होसार २०८१” कार्यक्रमको आयोजना गरी यही डिसेम्बर २८ तारिक शनिबार सउल दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेन्टको हलमा ल्होसार मनाउने भएको छ ।

प्रवासमा रहेपनि तमू (गुरुङ) समुदायको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार भव्य रुपले मनाउने प्रचलनलाई कायम राख्दै साँझ ८ बजेदेखि शुरु हुने गरी सो ल्होसार मनाउने तयारी गरेको समाजका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । यो वर्ष पनि समुदायको वर्ग चक्र अनुसार मुप्रि-ल्हो (गिद्ध वर्ग) लाई विदाई र सप्रि-ल्हो (सर्प वर्ग) लाई स्वागत गर्दै रुपा लगाई स्याई स्याई गरिने, स्याेकैँ (रात्रीभोज), शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित धुमधामका साथ ल्होसार मनाउने तयारीमा जुटेको संस्थाका सचिव सेकेन्द्र गुरुङले बताए ।

“आत्मीय सद्भाव, अनुशासन र गतिशीलता, मानवीय सहयोग गर्नु हाम्रो अभिभारा” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१५ मा कोरियामा स्थापित आठथर क्षेत्रको तमू (गुरुङ)हरुको साझा संस्था स्याङ्जा भिरकोट आठथर तमू समाजले सउल दोङ्देमुनमा समाज घर (सेल्टर) समेत सञ्चालनमा ल्याउँदै सेवा प्रदान गरिरहेको छ बताउँदै विभिन्न सामाजिक र परोपकारी कार्यमा समाज अग्रसर रहँदै आइरहेको सन्दर्भ संस्थाका संरक्षक नर कुमार गुरुङले उल्लेख गरे ।

स्याङ्जा भिरकोट आठथर तमु समाज दक्षिण कोरियाद्धारा आयोजित उक्त “तमू ल्होसार कार्यक्रम २०८१” लाई सफल बनाउन विभिन्न उद्धेश्यका साथ कोरियामा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...