नरेन्द्र रार्इ
बाटो र पाइला
हिडदै जादा- दुई बाटोहरु जोडिएर एउटै बनेको मुलबाटोमा तिमी र मेरो भेट भएथ्यो । तिमि मुस्कुरायोउ बताश तिम्रो `रपुन्जेल´ कपाललाई छोएर मेरो मन हुँदै – सुस्तरिसुस्तरि बहिदियो र चुम्बकीय आकर्षण झै यो मौन चेहेरा तिमिजस्तै खुब मुस्कुरायो ! केही पाइलाहरु हामीले सँगसँगै हिडेपछि दोबाटोले हामीलाई छुट्टयायो । तिमी र म दुई बाटोहरु भएर हिड्यौ ! हिड्नु जिन्दगी हो र हिड्न बाँकि बाटोहरुले फेरि हामीलाई भेटाउनेछ भन्ने लागिरहन्थ्यो । आज हिड्दाहिड्दै- बाटोले तिमी र मलाई भेटायो तर हाम्रो मनलाई भेटाएन बतासलाई बहिरहने समय थिएन। तिमी हतारमा थियौ र पहिलाजस्तो मुस्कुराउन पाएनौफुर्सदमा
मैनसफूल
ए मैनसफूल ! परको देशमा एक भान्सामा थकित औंलाहरु साग केलाउदै केलाईरहेछन, तिम्रो याद । तिमीलाई बर्षोबर्ष देख्न नपाएर तिर्खाएका नयनहरु कहिले हो कुन्नी ? सागसँगै पखालिन्छन । यो कन्कृट शहरमा समयको खुबै अनिकाल छ अक्सर – चुलोलाई समय छैन । अघिल्लो साझ निस्तो भात र राम्यन पाक्यो, जिब्रोले बेस्सरी तिम्रो सम्झना गरायो, सम्झेरै पनि- सम्झिएको अनुभुति दिलाउन कहाँ पाइरहनु र यो सहरमा त चुपचाप चुपचाप सम्झिनुपर्छ ! चुपचाप चुपचाप बाच्नुपर्छ ! यात्रामा भेटिन्छन्, तिमी जस्तैः आमाहरु बाटो तिर बस तिर रेल तिर … त्यतै तिर तिमीलाई खोज्ने गर्छु, मफुर्सदमा