अत्रस्त यात्रि समिप
सम्झिरहेको छु परदेशमा प्यार आमाको

गजल/ अत्रस्त यात्रि समिप सम्झिरहेको छु परदेशमा प्यार आमाको त्यो हसिलो चेहरा बारमाबार आमाको गुन्द्रुको झोल र कोदोको ढिंडो याद आउँछ यि जिब्रो सम्झिन्छ टिमुरको अचार आमाको स्कुल कहिल्यै नपढे पनि आफ्नो सन्ततिको कुभलो नचिताउने पबित्र संस्कार आमाको सन्ततिको सुखमा मात्रै मुस्कुराउँछिन सधैँ आफ्ना सन्ताननै खुशीको संसार आमाको स्वर्गझैँ आमा आश्रममा लखेट्ने सन्तानले कसरी तिर्छन् त्यो असिमित भार आमाको जैमिनी नगरपालिका-8 छिस्ती बागलुङ हाल याङ्जु कोरिया