Advertisement
SKIP THIS

“कविताको हत्या “


बुद्धि मोक्तान -ताप्लेजुङ हाल अमेरिका

“कविताको हत्या ”

————————-

मनको मैदानबाट

मुल फुटेको भए

शायद,

त्यो कविता हुन्थ्यो

यहाँ त ,

मस्तिष्क खर्चेर

ओठबाट जबर्जस्ती

कविताको निर्माण गर्न खोजियो

र त महासय !

कविताको हत्या यही भयो ।

 

उकाली उक्लेका र शीखर चढेका

कबिता लेख्ने मसी

बेहिसाब तप्प तप्प रगत भै

सडकमा चुहिन्छ,

रगतको लत्पत्याइ पछ्याऔ

बाटो पैल्याऔ

अलिपर

सगरमाथाको आँगन भरी

मेचीकालीको मान्द्रोमा

पोखिएकाछन् समस्याको विस्कुन

छरिएकाछन् इन्धनको गन्ध

झरेकाछन् विधुतिय स्वीच

अन्धाकार घर,गाउ बस्ती

अध्यारो कोठा

अभावै अभावमा बाँचेका छन

करोडौ जीवन

विगत देखी वर्तमान सम्म

कसैको प्रत्यक्ष दासी भएर

कसैको हस्तक्षेप खपेर

र त

कवि कविता लेख्छन

ग्यास नभएको,डिजेल ,पेट्रोल नभएको

औषधी नभएर छटपटिएको

सड्क बन्द,नगर बन्द नाका बन्दका

कविता निर्मितले खोला बगाउँछन्

माफ पाउ महाशय !

अभावै अभाव ओकलेर

पीरै पीरको भारीले

सजिलै कविताको हत्या गर्नु मिल्छ र …?

कुनै दिन ,

सम्झौता सम्पन्नतामा

खुशीयालीको कविता कोरिएला

खवरदार !

एकछाक मिष्ठानको लागी

पराइ सामु दस्तखत गर्नु भन्दा

सिस्नुको जरासंग गरिने संम्झौता

स्वाभिमानी र दीर्घ हुन्छ

लोक्ताको रेसासंग गरिने संम्झौताले

नाङ्गै हुइन्दैन

कदमको तेलसग गरिने सम्झौताले

गाडी गुडाइ

गन्धे तेलको लागि कसैसंग भिख माग्नु

पर्दैन

अत:

खेर गइरहेको जैविक र प्राकृतिक

ग्यासको सदुपयोगले चुल्हो बलेको कविता

बगेको पानीबाट झिलिमिली बत्ती बलेको

कबिता

मातृभूमी एक इन्च खुम्चिएको होइन

सयौ माइल फैलावटको कविता

सुन्न आतुर छन श्रोता

पढन हतारमा छन पाठक

नहोस सम्झौता …

कविताको हत्या हुने …

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...