(भुकम्प गजल) न राहात दियो सरकारले न घर बनायो ।
हेर्दा हेर्दै मेरो शहर खण्डहर बनायो ।
न राहात दियो सरकारले न घर बनायो ।
एउटा थियो धरोहरा त्यो पनी लडेपछि ।
बिपति ले यो काठमाण्डौ बर्बर बनायो ।
सिउँदो पुछियो कयौको कयौ टुहुरा भए ।
छिनमै हजारौ लाशको लश्कर बनायो ।
पाइला पाइलामा मृतुले खोजिरहदो रहेछ ।
कस्ले भुकम्प रच्यो कस्ले अजिंगर बनायो ।
सोचे जस्तो त कहा तकदिर हुदोरहेछ र ।
मलाई जीबन र मरणले धरमर बनायो ।
थाहा भयो प्रकृतिले पनी ईर्ष्या गर्दो रहेछ ।
कस्ले पो यो दुनिया लाई सुन्दर बनायो ।
सिजन लामा (सोईसाल)