हिऊं झरेको रात (कविता/हिऊं साहित्य)
चिसो सिरेटो थाम्न नसकी
पतझड ती रूखका डाली डालीहरुमा
आरुबखडाका रहरलाग्दा फुलहरु झै
यसपाली एकाबिहानै
आफ्नै खुशी फुलेझै लाग्यो
ओ मेरी हिऊंगोरी मायालु
हिऊं झरेको रात
तिमी तेतिबेला आईसकिछौ
जुन समय
दिनभर आल्मुनियमको
तातो भट्टिमा गल्दा गल्दै
म त थाकेर ठोस बनिसकेको थिएं
बाटैभरि सेताम्य ती हिमकणहरूमा
तिम्रै मात्र प्रतिबिम्ब देखें प्रिय
अनि मायालु स्पर्शले अन्जुली भर्दा
मेरो सामिप्यतामा तिमी लजाए जस्तै
केहि भन्न खोजे झै
कान छेउ बाट सुईय्यsssगरि
चिसो वतासको झोक्का गयो
हातको अन्जुलिभरका हिमकणहरु नियाले
शायद तिम्रै आभाष भ’एर होला
मेरो स्पर्शमा लजाएर
पानी बनिसकेछ