तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
“किन आउँछ यो दशैं “
कविता, किन आउँछ यो दशैं कसैको दशा बनेर। अनि जान्छ यो दशैंकसैलाई आँशुको उपहार छोडेर। गरिबलाई पीडा दिएर। छोडी जान्छ यो दशैं अन्नको भकारी रिट्टो पारेर। गरिबको रोदनगरिबको बेदना गरिबको चित्कार कसले पो सुन्छर! आशिष्हरू आउँछन्,शत्रु जति सबै नाश होस् भनेर। तर विडम्बना पशु पो नाश भए बली भएर। रगत र पसिनाले साटेको त्यो चामल टाँसिन्छ निधारमा टीका भनेर। गरिबको लागि ऋणले चलेको यो दशैं ऋण तिर्न नसकेफुर्सदमा
यस्तो होस र पो दसै

कविता नवदुर्गा भगवानले रक्षा गरून, मन प्रर्फुल्ल रहोस सधै जौ को जमरा शिरमा, निधारभरी टिका होस र पो दसै । हजुर बुबा देखि हजुर मुवा सम्मको मान्यजनबाट टिका र जमरा थापी नाताका सानालाई लगाई दिई आशीर्वाद दिन र लिन पाईयोस र पो दसै । टिका,जमरा र नयाँ बस्त्रमा सजिएर चट्ट कोटघर गई नौमती बाजामा ढाल तरवारमा ताल मा ताल नाँच देखाउन पाईयोस र पो दसै । आ-आफ्नो सस्कार रितिरिवाज संरक्षणमा लागौफुर्सदमा
..दशैँ
कविता म सानै हुँदा मेरो झुपडीबाट दशैँ निस्केर गएको थियो भन्थ्यो यो बर्ष अनिकाल उसिनेर खाँदै गर्नु अर्को साल एक जोर नयाँ कपडा दशैलाई पुग्ने एक पाथी चामल हरिया लोती भएका हात्ती छाप चप्पल लिएर आउछु भनेको तिसौँ सरद बितिसकेको छ आज सम्म फर्केन मेरो झुप्रोमा मेरो दशैँ यो साल पनि मैले गरीबी कै पक्कु अनि सेकुवा बनाउने आधी भोकमारीमा झोल हाल्ने र आधी भोकमारी भुटेर खाने निर्णय गरिसके खैफुर्सदमा
बाकस
कविता बाकस भरी धन कमाउने झिनो आशामा जूनजस्तै रहरहरु बोकेर लाहुर हिडेको म बेरोजगार युवा पुगेछु हजारौं माइल दुर र छलाङ मार्दै छन् मेरा सपनाहरूले बञ्जर भूमिमा मानव भएरपनी धूर्त स्यालझै अनुहार परेका मुर्कट्टाहरुकाे राज्यमा पाइदैन कुनै दया, माया, करुणाका खानीहरु यहाँ यस्तो लाग्छ मानव मेसिन जस्तै छन् मेसिन मानव जस्तै छन् तर पनी अह कत्ती थाकेका छैनन् मेरा मस्तिष्क र सिर्जनशील औंलाहरु भत्काउनु छ मलाई गरिबीको पर्खाल चुक्ता गर्नुफुर्सदमा
फेसबुके नशा
कविता : फेसबुकमा त सबै हिरो जिउने जीवन जिरो राम्रा कुरा जान्दैनन् गर्छन् मेरो तेरो साँचो कुरा भन्नै हुन्न हुन्छन् रातो पिरो चर्पी सम्म चलाउने नेट कोई फेसबुके किरो !! हुन्छन् कोही कमेन्टस् अनि लाईकका भोका पाल्छन् मनमा पिरै पिरका पोका फेसबुकमा नै हुन थाले झूठो प्रेम र धोका !! पोख्छन् कोही मनका पिडा बनाई कविता र कथा कस्को व्यथा कस्लाई के था फेसबुके नशा यो जतातता थोरै गर्छन् राम्राफुर्सदमा
अहो!! कति निश्चल मित्रता!
कविता रविको लाली किरण सगैं डोको,नाम्लो र हंसिया बोकेर टुप्लुक्क आइपुगिन् चमेली मेरो घर्को आँगनिमा! भर्खर निन्द्रा देबिको काखबाट फुत्किएको म लोलाएका आँखा मिच्दै गर्दा हकार्दै भन्छिन् उनी ओइ अल्छी!! आझै सम्म मुख धोएको पनि छैनस्? आज घाँस काट्न जान्नस्? घाम चर्किसक्यो,छिटो हिड्,फेरि घामले पोल्छ खाजा मैले ल्याको छु,यहि बाँडेर खाम्ला, अहो!!कति आत्मिय मित्रता ! हतार हतार डोको,नाम्लो हंसिया बोकेर पछि लागेँ म,सोधेँ , ऐ आज कतातिर जाने ? उस्कोफुर्सदमा
ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र !
कविता तिमी कर्णालि जाऊ रुकुम ; रोल्पा जाऊ म खाडी छोडौँला तिमी चिल्लो गाडी छोड , ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र ! तिम्ले नै गर्दा म लखेटिएँ, म जस्ता हजार लखेटिए, म देश फर्कन्छु ; तिमी गाऊँ फर्क , ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र ! गाऊँ गाऊँमा घाऊ अझै चह्र्याएको छ तिमी मलम बोक, म पानी बोक्छु, परिबर्तन गर्नु छ , तिमी बेल्चा बोकफुर्सदमा
स्नो गर्ल

कथा उनले एउटा छोटो भिरालो जङ्गल कटेपछि प्रयोगशालाको भवन आईपुग्छ भन्थिन्, टुटेफुटेको अङ्ग्रेजीमा । पुरै वाक्य त तिनलाई अङ्ग्रेजीमा बोल्नै आउँदैन थियो । “फरेष्ट क्रस, ल्याब दियर” यसरी नै झुर अङ्ग्रेजीमा हाम्रो सम्वाद हुन्थ्यो । तिनले भने जस्तै साच्चै एउटा कक्रिएको जङ्गल देखेको थिए । तर यस्तोलाई के जङ्गल भन्नु र । चारकोसे सालको झाडी माझ हुर्केको, लुकिछिपी खेलेको, गोठालो गएको, म जस्तो लाई तिनले भनेको भिरालो जङ्गल फगत सुकेकोफुर्सदमा
एकपटक पुग्नैपर्ने ठाँउ जेजु

नियात्रा परदेश आफैंमा पिडाको पोखरी हो । जतिनै सुख खोज्न भने पनि परदेशमा सुख भन्दा दुखनै धेरै हुन्छ । दिनरात कामले थिचिरहने परदेशमा खुसी र आराम खोज्न महिनौं कुर्नुपर्छ । कतिपल त यस्ता पनी हुन्छन् एकै कोठाको साथी भेटेर संगै खानपिन गर्न पनि चाडबाड नै आउनुपर्छ । यसै बर्षको सेक्टेम्बर १४ देखी १६ तारिक कोरियामा भेटघाटको चाड छुसक परेको थियो । छुसकको अवसरमा ५ दिनसम्म कम्पनि बिदा हुने भएकाले छुट्टीकोफुर्सदमा
माहुरी जिन्दगी

नेपाली राजदूतावास, दक्षिण कोरियाले गत आइतबार आयोजना गरेको कविता प्रतियोगितामा कवि जीवन खत्रीको प्रथम भएको कविता माहुरी जिन्दगी घारको चाका रित्तो देखेको दिन आफ्नै मुटुको रङ निचोरेर मुछेको हुँ, आँशुमा अक्षता र निधारमा लगाएर आफ्नै माटोको टिका उडेको हुँ, फूलबारी खोज्दै। सोचेथेँ, बगाउनेछु, रगतझैँ पसिनाको नदी जमाउनेछु, थोपा थोपा फूलको रस र भर्नेछु, घरको घारभरि महको उज्यालोले जब ओर्लिएँ यहाँ, मलाई ल्याउने हावाको बिमानबाट तब देखेँ, नुनिलो आँशुनै आँशुको सागरफुर्सदमा