फेसबुके नशा
कविता :
जिउने जीवन जिरो
राम्रा कुरा जान्दैनन्
गर्छन् मेरो तेरो
साँचो कुरा भन्नै हुन्न
हुन्छन् रातो पिरो
चर्पी सम्म चलाउने नेट
कोई फेसबुके किरो !!
अनि लाईकका भोका
पाल्छन् मनमा
पिरै पिरका पोका
फेसबुकमा नै हुन थाले
झूठो प्रेम र धोका !!
बनाई कविता र कथा
कस्को व्यथा कस्लाई के था
फेसबुके नशा यो जतातता
थोरै गर्छन् राम्रा कुरा
नराम्रा भए अति
भाइरल बने कमिला नै
हात्ती भन्दा बढि !!