Advertisement
SKIP THIS

एकपटक पुग्नैपर्ने ठाँउ जेजु


नियात्रा
परदेश आफैंमा पिडाको पोखरी हो । जतिनै सुख खोज्न भने पनि परदेशमा सुख भन्दा दुखनै धेरै हुन्छ । दिनरात कामले थिचिरहने परदेशमा खुसी र आराम खोज्न महिनौं कुर्नुपर्छ । कतिपल त यस्ता पनी हुन्छन् एकै कोठाको साथी भेटेर संगै खानपिन गर्न पनि चाडबाड नै आउनुपर्छ ।
यसै बर्षको सेक्टेम्बर १४ देखी १६ तारिक कोरियामा भेटघाटको चाड छुसक परेको थियो । छुसकको अवसरमा ५ दिनसम्म कम्पनि बिदा हुने भएकाले छुट्टीको मौका छोपेर दक्षिण कोरियामा मज्दुरीको सिलसिलमा आईपुगेका अर्थात कर्मथलोमा भेटिएका गोरेटोका सहयात्रीहरू मिलेर दुखसुख साट्न हामी दक्षिण कोरियाकै यौटा सामुन्द्रिक टापु जेजुदो पुग्यौं ।
जेजुको ईतिहाँस पल्टाएर हेर्दा परापुर्वक कालमा ज्वालामुखी बिस्फोटन भई जेजु टापु बनेको रहेछ । सानो छेत्रफलमा फैलीएको सामुन्द्रिक टापु जेजुमा घुम्दा भरपुर मनोरंजन त हुन्छ नै त्यहि मनोरंजनसंग संगै मैले केहि नेपालीपन पनि भेटें र तिनै नेपालीपनलाई खोतल्ने कोसिस गर्दै छु ।
वरिपरि समुन्द्रले घेरेको जेजु घुमफिरको लागी निकै आकर्षक लाग्छ । सित्तल हावापानी, पातलो बस्ती, प्यागोडा सैलीका घरहरू, ससाना पहाडहरू र लटरम्म फलेका कृषी बालीले नेपालको झझल्को दिन्छ । ट्राभल एन्ड टुर्सको गाडिमा बसेर हामी छेजुका बिभिन्न भुभागहरू घुम्दैगर्दा सबैभन्दा पहिले जेजुको खेतबारिले मलाई नेपाल सम्झायो । ससाना बारिका गराहरू र गराहरू बार्न नेपालका हिमालीभेगमा ढुङ्गाहरूले पर्खाल लगाएजस्तै जेजुमापनि ढुङ्गाले ससाना आली बाँधेर गराहरू छुट्याईएका रहेछन् र तिनै गराहरूमा कोदो, फापर, साग सब्जीहरू लगाँईदो रहेछ ।
मुख्य सहरलाई छाडेर गाउँ बस्तिहरू नियाल्दा जेजुका घरहरूले नेपालीपनको झल्को दिन्छ । सुन्तोला खेतीको मुख्य केन्द्र जेजुको कृषीमा भने आधुनिक प्रबिधी अपनाईए पनि हरिया लटरम्म फलेका सुन्तोलाका दाना देख्दा उढेर जो कोहिको मन नेपाल पुगिहाल्छ। करिव आधा जनसंख्याले बुद्ध धर्म मान्ने जेजुमा अर्को नेपालीपन देखाउने ठाँउठाउका बौद्ध स्तुपाहरूपनि हुन । नेपालमा ढुङ्गालाई भगवानको प्रतिकको रूपमा पुजीन्छ भने जेजुमा ढुङ्गालाई सुरक्षाको प्रतिक मानिदो रहेछ ।
बिकास र आधुनिकताले बलेको जेजु नेपालभन्दा धेरै बिकसित भएपनि जेजुको पुरानो मानव सभ्यताको बिकासक्रम हेर्दा ठ्याक्कै नेपालीपन झल्किन्छ । काठको हलो बनाएर घोडाले जोत्नु । कुस खर पराल सुकाएर घर छाउनु । लसुन गहूँ कोदो रोपेर जीबिकोपार्जन गर्नु, ढुङ्गालाई फलफूल चढाएर पुज्दै सह बोलाउनु, घोडालाई यातायतको सधानको रूपमा प्रयोग गर्नु । हंसिया, नाम्लो, दाम्लो, कुटे, कोदालोहरू सहयोगी हातहतियारको रूपमा प्रयोग गर्नु । कुमालेले जसरिनै माटोलाई सिप भरेर भाँडा बनाएर प्रयोग गर्नु जेजुको पुरानो ईतिहाँस हो । हेर्दा ठ्याक्कै हाम्रो घर आगनमा आफैंले भोग्दैआएजस्तो लाग्ने यावत कुराहरू अहिले छेजुमको संग्राहलयमा कैद छन् ।
हाल्लासान दक्षिण कोरियाकै ठूलो पहाड हो । यसको चुचुरोमा पुग्न करिव ४ घन्टा पैदल हिंड्नुपर्छ । उकालोमा खुई खुई गर्दै हिंडेका फिरन्तेहरू देख्दा कताकता अन्नपूर्ण पदयात्रामा आफ्नै खुट्टा थर्थराएजस्तो लाग्छ । सानो तर चिटिक्कको चिया बगानले नेपालको पूर्बी भेग झापामा रहेको चिया बगानको तिर्खा मेटाँउछ । कालो बंगुर जेजुको अर्को बिषेसता हो काठमाडौंका चोकहरूमा धराने कालो बंगुरको सेकुवा बेच्न भनेर खुलेका होटलहरूझैं जेजुका मुख्य सहरहरूमा कालो बंगुरका तस्बिर टाँसिएका रेस्टुरेन्टहरू प्रसस्तै देख्न पाईन्छ ।
ज्वालामुखी बिस्फोटन हुँदा लाभा कुदेको “मान्जाङगुल लाभा ट्युब”ले पनि थोरबहुत नेपालका गुफाहरूको प्रतिनिधित्व गर्छ । त्यतिमात्र नभएर यौन चेतनाको जानकारी दिन बाईएको लवलेन्ड परापुर्वक कालमा नेपालमा मन्दिरहरूमा कुदिएका टुंडालहरूको नक्कलझै लाग्छ । जेजुकै एकभागमा रहेको छन्जियन झरना र झरनासंगै रहेको बिधुतिय पावरहाउसले पनि मन लोभ्याउदै हाम्रै घर छेउछाउमा खोला पहराको झल्को गराँउछ । माथिका यावत कुराहरूलाई छाडेर जेजुका आफ्नै बिषेसताहरूपनि छन् ।
जस्तै समुन्द्रिक छालहरूको मनोरम दृष्यहरू, ज्वालामुखी बिस्फोटन हुदा निस्किएको लाभा जमेर बनेका चट्टानहरूला कलात्मक तरिकाले कुदेर बनाईएका सजावटका सामानहरू र मुख्य सडकपेटिहरूमा तिनै लाभाका चट्टानहरूलाई टायल र मार्वलको रूपमा प्रयोग गरिनुले अझै सुनमाथी सुगन्ध थपेझैं लाग्छ । त्यतिमात्र नभएर काल्पनिक दुनियामा रमेर बनाईएका पार्कहरू, सर्कस घर, बिधुतिय ईलुजनहरू जेजुको फरक परिचय हुन् । मज्दुरिकै सिरसिलामा कोरिया आएपनि जेजु एकपटक पुग्नैपर्ने ठाँउ रहेछ ।
jeju14407889_10209214319467546_1238221570_o14446283_10209214319587549_219535520_o

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...