तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
बुसान किम्हेमा स्याङजाली जुट्ने
सोल-स्याङजा परिवार दक्षिण कोरियाले बुसान किम्हे क्षेत्रमा परिवारको शाखा विस्तार गर्ने तयारी गरेको छ । २४ जनवरिमा बुसान र किम्हे क्षेत्रमा रहेका स्याङजलिहरूलाई एकिकृत गर्ने उदेश्यले स्याङजालि भेला गर्न लागेको स्याङ्गजा परिवारले जानकारी दिएको छ। जन्मस्थानप्रतिको अथाह माया दर्शाउदै बुसान किम्हे क्षेत्रमा स्याङजा परिवारको शाखा विस्तार गर्न अत्यधिक माग भए बमोजिम क्षेत्रिय समिती गठन गर्न लागिएको स्याङजा परिवारका अध्यक्ष धर्म गुरूङले जानकारि गराए । साथैफुर्सदमा
रुपन्देही सम्पर्क समिति कोरियाद्वारा श्रम सहचारीलाई बिदाई
सोल/कोरिया- रुपन्देही सम्पर्क समिति कोरियाले नेपाली दुताबासका श्रम सहचारी अनिल गुरुंग लाई बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सौल स्थित सुयू हेप्पी कुक रेस्टुरेन्टमा भएको उक्त कार्यकम गत सनिबार सम्पन्न भएको हो । समितीका अधक्षय हरी गौतम् को सभापति भएको उक्त कार्यक्रममा अतिथिहरुमा एनआरएन अध्यक्ष राजू छेत्री, एनसिसिका अध्यक्ष प्रेम शाह, उपाध्यक्ष अञ्जु केसी, ओएनएफ उपाध्यक्ष दुर्गा न्यौपाने, जनसंपर्क समितिका भजिन्द्र छेत्री, तमुधिका बरिष्ठ उपाध्यक्ष प्रीतम गुरुंग,फुर्सदमा
थेजनमा मजदूर कानुन सम्बन्धी शैक्षिक कार्यक्रम हुने
सोल-थेजन शहरमा प्रवासी मजदुर संघ (एमटियु )र कोरियन प्रजातान्त्रिक महासंघ ने (केसिटियु)ले जनबरि २४ तारिक आइतबार संयुक्त रुपमा शैक्षिक कार्यक्रम आयोजना गर्ने भएका छन् | प्रवासी मजदुरहरुको हक अधिकारको सुनुस्चितता निम्ति निरन्तर आवाज उठाइरहेको दुई सस्थाले मजदुरका ३ अधिकार, रोजगार अनुमति प्रणाली अन्तर्गतको नियम, मजदुर कानुन ,सरकारले परिबर्तन गर्न गईरहेको नया मजदुर कानुन बारे जनकारी गराउन लागेका हुन् | त्यस्तै सरकारले परिवर्तन गर्न लागेको कानुनले मजदुरहरुलाई पर्नेफुर्सदमा
उत्तर कोरियाले दियो युद्धको धम्की , दुई कोरियाबीच तनाव बढ्यो
सोल – दक्षिण कोरियाले सीमाक्षेत्रमा आफूविरुद्ध दुष्प्रचार गरेको भन्दै उत्तर कोरियाले युद्धको धम्की दिएको छ । दक्षिण कोरियाले उत्तरसँगको सीमाक्षेत्रमा उत्तर कोरिया र त्यहाँका नेता बर्बर र तानाशाह भएको भन्दै प्रचार उत्तरको यो चेतावनी आएको हो । उत्तर कोरियाले चौथोपटक परमाणु परीक्षण गरेलगत्तै दक्षिणले यस्ता गतिविधिलाई बढावा दिएको हो । दक्षिणले पाँच महिनापछि गत शुक्रबार सीमा क्षेत्रमा शक्तिशाली लाउडस्पिकरमार्फत उत्तर कोरियाली जनतालाई भड्काउने काम गर्दै आएकोफुर्सदमा
दक्षिण कोरियामा अमेरिकन बम बर्षक तैनाथ
सोल-उत्तर कोरियाले हाइड्रोजन बमको परीक्षण गरेको चार दिनपछि कोरियाली प्रयादिपमा अमेरिका सक्रिय भएको छ । अमेरिकाले आफ्नो बम बर्साउने विमान आइतबार दक्षिण कोरिया पठाएको छ। यसलाई उत्तर कोरियाका तानाशाह किम जोङ उनलाई अमेरिकाको कडा सन्देश ठानिएको छ । अमेरिकाले हाइड्रोजन बमको परीक्षणपछि उत्तर कोरिया बिरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेत दिइसकेको छ । अमेरिकाले कोरियाली प्रायद्वीपमा लामो दूरीको बमवर्षक विमान बी-५२ स्ट्रयाटोफोर्टरेस पठाएको हो ।फुर्सदमा
सपोर्ट नेपाल फॉउन्डेशन कोरियाले सलनालमा सास्कृतिक कार्यक्रम गर्ने
सोल-गत बैशाख १२ गते नेपालमा गएको बिनाशकारी भूकम्पबाट भएको जनधन क्षतिलाई मध्यनजर गर्दै सपोर्ट नेपाल फॉउन्डेशन कोरियाले भूकम्प पीड़ितहरुमा राहत बितरण लगायत भूकम्पले भत्किएको काभ्रे, नुवाकोट,सिन्धुपाल्चोक लगायतका ठाऊहरुमा बिद्यालय निर्माण गरिरहेको छ | उक्त कार्यलाइ अझ थप गर्ने उदेश्यले सपोर्ट नेपाल फॉउन्डेशन कोरियाले सलनालमा बृहद सास्कृतिक कार्यक्रम गर्न लागेको हो | फाउन्डेसनको आजको बैठकले सो निर्णय गरेको हो | कार्यक्रम कोरियन महान चाड सलनालको अबसर पारेरफुर्सदमा
सेतीमादी साँगितिक सौगातको सम्पुर्ण तयारीहरू पुरा, जिम्वेवार बाँडफाड गरिने
सोल– तनहुँ सम्पर्क समिति दक्षिण कोरियाले कोरियाको नयाँ वर्ष सलनालको अवशरमा गर्न गईरहेको प्रथम “सेतीमादी साँगितिक सौगातको”सम्पुर्ण तयारी पुरा गरेको जनाएको छ । कार्यक्रम हुने दिन अर्थात फेब्रुअरी ८ तारिखको लागि बाँकी रहेका सम्पुर्ण कार्य विभाजन गरि जिम्मेवारी हस्तान्तरण गर्नको लागी यहि आउँदो २४ तारिक आईतबार वृहत भेला गर्ने भएको छ । कार्यक्रमलाई भब्य र सभ्य बनाई सम्पुर्ण उपस्थित दर्शकहरूलाई सेवा सुविधा र भरपुर मनोरन्जन दिलाउनको निमित्त रफुर्सदमा
उत्तर कोरियाको आणविक केन्द्र छेउमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प
सोल-उत्तर कोरियामा परमाणु परिक्षण गरिएको क्षेत्रमा भूकम्प गएको छ। ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो। उत्तर कोरिया र चीनका विज्ञ अधिकारीहरूले भूकम्पको कारण प्राकृतिक नभएर मानवसृजित भएको प्रारम्भीक अनुमान गरेका छन्। उत्तर कोरियाले परमाणु परीक्षण गर्दै आएको क्षेत्रमा भूकम्प गएको हो। मनवीय गतिबिधिका कारण जमिनको स्थिति खल्बलिएर भूकम्प गएको हुनसक्ने बताइएको छ। भूकम्प पछिको स्थितिका बारेमा छलफल गर्न उत्तर कोरियाको मन्त्रिपरिषदको आकश्मिक बैठक बसेको छफुर्सदमा
ससफो कोरियाद्वारा बन्दना राईलाई सम्मान तथा बिदाई , धन रुपा क्षेत्रि पार्टी प्रवेश
सोल/कोरिया- संघिय समाजबादी फोरम नेपालको प्रवास संगठन संघीय समाजबादी फोरम कोरियाले बन्दना राईलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । उनी संगै ससफो कोरियाको सदस्य हरु मान ब. वाईबा र दुर्गा आङबोहाङ् लाई पनि बिदाई तथा सम्मान गरेको छ । गत ३ तारिक आईतबार दोंगदेमुनको पुजा रेस्टुरेन्टमा ससफो कोरियाले आयोजना गरेको कार्यक्रममा उनी सहित २ जना सदस्यहरु लाई सम्मान तथा बिदाई गरेको हो । राई ससफो कोरियाको कोषाध्यक्ष हुन्फुर्सदमा
कोरियामा “उल्सान सम्पर्क समिति” गठन
सोल/ कोरिया – कोरियाको दक्षिण भेग उल्सानमा रहेको नेपालि युवाहरुको एक भेलाले उल्सान सम्पर्क समिति गठन गरेको छ । उल्सान तथा त्यस आसपास रहेका नेपाली हरुलाई एकतामा बाध्ने तथा आपत बिपत र भैपरि आउदा सहयो गर्ने उद्देश्यले यस सस्थाको स्थापना गरिएको हो। सो भेलाले महेश राना”बिशेस” को अध्यक्षतामा २१ सदस्यीय कमिटि सर्वसहमतिमा गठन गरेको छ। आगामी दिनमा कोरियामा रहेका बिभिन्न संसथाहरुसग हातेमालो गर्दै यस क्षेत्रमा रहेका नेपालीहरुलाई एकजुट गराउदैफुर्सदमा