सेतीमादी साँगितिक सौगातको सम्पुर्ण तयारीहरू पुरा, जिम्वेवार बाँडफाड गरिने


सोल– तनहुँ सम्पर्क समिति दक्षिण कोरियाले कोरियाको नयाँ वर्ष सलनालको अवशरमा गर्न गईरहेको प्रथम “सेतीमादी साँगितिक सौगातको”सम्पुर्ण तयारी पुरा गरेको जनाएको छ ।  कार्यक्रम हुने दिन अर्थात फेब्रुअरी ८ तारिखको लागि बाँकी रहेका सम्पुर्ण कार्य विभाजन गरि जिम्मेवारी हस्तान्तरण गर्नको लागी  यहि आउँदो  २४ तारिक आईतबार वृहत भेला गर्ने भएको छ ।

 

 

कार्यक्रमलाई  भब्य र सभ्य बनाई सम्पुर्ण उपस्थित दर्शकहरूलाई सेवा सुविधा र भरपुर मनोरन्जन दिलाउनको निमित्त र नेपालदेखी आउन लागेका कलाकार हरूलाई विशेष तयारिको लागी आग्रह गरिसकेकोले व्यवस्थापनको तर्फबाट माहोल संगितमय बनाउनको लागी कुनैपनि कसुर बाँकी नराख्ने कुरा कार्यक्रम संयोजक श्री ललित थापाले जानकारी दिए ।

 

कार्यक्रमलाई व्यवस्थित बनाई कोरियाली जगतमा समेत नेपाली साँगितिक माहोलको छुट्टै परिचय दिनको लागि राम्रो अवसर रहेको र साथसाथै सोंचेअनुसार सफल बनाउन उत्तिकै चुनौति समेत रहेको हुँदा समयमानै सम्बन्धित ब्यक्तिहरूलाई कार्य जिम्मा लगाई ८ तारिखको माहोल भिन्न रूपले ब्यवस्थित  बनाउनको लागी आफुहरू तिब्र रूपले लागिपरेको कुरा कार्यक्रमका उपसंयोजक तथा समितिका संरक्षक हमन थापाले जानकारी दिए ।

 

आफुले सक्ने  ज़िम्मेवारी वहन गरी कार्यक्रमलाई व्यवस्थित बनाउनतर्फ ध्यानाकर्षण गराउँदै जनवरी-२४ तारिखका दिन हुन गईरहेको वृहत भेलामा सम्पुर्ण तनहुँ वासिहरूलाई   निम्न मिति,स्थान र समयमा उपस्थितिको  हुनको लागी  अध्यक्ष जगत  थापाले अनुरोध गरेका छन् ।

 

स्थान – नेपाल हाउस

समय – विहानको ठिक ११ बजे

मिति – २०१६/०१/२४ तारिख आईतबार।

सम्पर्कको लागी:-

जगत थापा-०१०६४४२६११८

सुनिल मल्ल-०१०७२१९५५९७

हमान थापा-०१०२१५५५४४७

ललित थापा-०१०७४५९५८०४

सुबास थापा ०१०६४५२६९११

सोम श्रेष्ठ ०१०३०४०९४७३

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अर्जुन सेन्दाङको नेतृत्वमा ताप्लेजुङ सम्पर्क समिति कोरियाको अधिवेशन सम्पन्न
  • थारु कल्याणकारिणी सभा कोरियाको अधिवेशन सम्पन्न, नेतृत्वमा अ्मर थारु
  • पासाङ शेर्पाको अध्यक्षतामा संखुवासभा सम्पर्क परिवार कोरियाको नयाँ समिति गठन
  • उदयपुर सेवा समाज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा उमेश कुमार राई
  • ताजा अपडेट

    ईपिएस

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...