ससफो कोरियाद्वारा बन्दना राईलाई सम्मान तथा बिदाई , धन रुपा क्षेत्रि पार्टी प्रवेश


सोल/कोरिया- संघिय समाजबादी फोरम नेपालको प्रवास संगठन संघीय समाजबादी फोरम कोरियाले बन्दना राईलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । उनी संगै ससफो कोरियाको सदस्य हरु मान ब. वाईबा र दुर्गा आङबोहाङ् लाई पनि बिदाई तथा सम्मान गरेको छ । गत ३ तारिक आईतबार दोंगदेमुनको पुजा रेस्टुरेन्टमा ससफो कोरियाले आयोजना गरेको कार्यक्रममा उनी सहित २ जना सदस्यहरु लाई सम्मान तथा बिदाई गरेको हो । राई ससफो कोरियाको कोषाध्यक्ष हुन् ।

 

 

 

नेपाल रहँदा अमेरिकन दुताबासमा काम गर्दा गर्दै रोजगारी अनुमति प्रणाली (ईपीएस) अन्तरगत द.कोरिया आईपुगेकी उनी चार बर्ष दस महिना अबधि पुरा गरी यहि जनवरी ६ मा नेपाल फर्किन लागेकी हुन् । कोरिया रहँदा उनी एकीकृत सिर्जनसिल अनाथालय द. कोरियाको संस्थापक अध्यक्ष तथा ससफो कोरिया र किराँत राई यायोख्खा द.कोरियाको कोषाध्यक्ष पदमा रही सामाजिक सेवामा सक्रिय रहेकी थिईन ।

IMG_0019 (2)

 

 

सम्मान तथा बिदाई कार्यक्रमका प्रमुख अतिथि जनजाती महासंघ द. कोरियाका अध्यक्ष चित्र ब. मोक्तानले खादा तथा दोसल्ला ओढाई सम्मान तथा बिदाई गरेका थिए । साथै आगामी दिनमा ब्यतिगत, सामाजिक तथा राजनैतिक क्षेत्रमा सफल रहिरहोस भनि कामना गरेका थिए ।

 

 

कार्यक्रमको अन्त्यमा ससफो कोरियाका अध्यक्ष देबराज स्याङ्तानले आगामी दिन सफल र सवल रहोस भनि दोसल्ला ओढाई सम्मान तथा बिदाई गरेका थिए । यसै गरी किरात राई यायोख्खा अध्यक्ष दिनेश राई, खोटांग सेवा समाज अध्यक्ष अमृत राई र ससफो कोरियाका सम्पूर्ण पदाधिकारी हरुले खादा तथा दोसल्ला ओढाई सम्मान तथा बिदाई गरेका थिए ।

 

 

बिदाई कार्यक्रममा बोल्दै बन्दना राईले आफुलाई बिदाई तथा सम्मान गरकोमा हार्दिक धन्यवाद ज्ञापन गरिन र आगामी दिनमा सामाजिक र राजनैतिक छेत्रमा निरन्तर लागी रहने प्रतिबद्धता व्यक्त गरिन ।

 

 

धन रुपा क्षेत्रि संघिय समाजबादीमा पार्टी प्रवेश

 

संघीय समाजबादी फोरम नेपालको प्रवास संगठन ससफो कोरियामा धन रुपा छेत्रीले  पार्टी प्रवेश गरेकी छिन् । गत ३ तारिक आईतबार दोंगदेमुनको पुजा रेस्टुरेन्टमा ससफो कोरियाले आयोजना गरेको सम्मान तथा बिदाई कार्यक्रममा उनी पार्टी प्रवेश गरेकी हुन् ।

IMG_0013 (2)

ससफो कोरियाको अध्यक्ष देवराज स्याङ्तान धन रुपा छेत्री लाई सपथ खुवाउदै -फोटो जीबी

 

ससफो कोरियाका अध्यक्ष देबराज स्याङ्तानले सपथ खुवाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश पछी छेत्रीले राज्य सरकार विभेद गरिएका सम्पूर्ण जात जाती पनि नेपाली नै हुन् र त्यस्ता विभेदकारी नीतिको विरुद्धमा सम्पूर्ण जात जाती एक भै हक र अधिकारको लागी आवाज उठाउनु पर्ने कुरामा जोड दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनसीसीको अधिवेशन जुन ४ मा हुने
  • चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३ सम्पन्न, उपाधि फारान एफसिलाई
  • नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने
  • धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग
  • ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...