Advertisement
SKIP THIS

उत्तर कोरियाले दियो युद्धको धम्की , दुई कोरियाबीच तनाव बढ्यो


सोल – दक्षिण कोरियाले सीमाक्षेत्रमा आफूविरुद्ध दुष्प्रचार गरेको भन्दै उत्तर कोरियाले युद्धको धम्की दिएको छ ।

 

 

दक्षिण कोरियाले उत्तरसँगको सीमाक्षेत्रमा उत्तर कोरिया र त्यहाँका नेता बर्बर र तानाशाह भएको भन्दै प्रचार उत्तरको यो चेतावनी आएको हो । उत्तर कोरियाले चौथोपटक परमाणु परीक्षण गरेलगत्तै दक्षिणले यस्ता गतिविधिलाई बढावा दिएको हो ।

 

 

दक्षिणले पाँच महिनापछि गत शुक्रबार सीमा क्षेत्रमा शक्तिशाली लाउडस्पिकरमार्फत उत्तर कोरियाली जनतालाई भड्काउने काम गर्दै आएको छ । लाउडस्पिकरमा उत्तरका नेता र उनीहरूको शासन निकृष्ट भएको भन्दै दक्षिणले खिल्ली उडाउने गरेको छ । उत्तर कोरियाले दक्षिणबाट यस्तो काम पुनः सुरु गरिनुको अर्थ आफूलाई युद्ध गर्ने चेतावनी दिएको दाबी गरेको छ ।

 

 

उत्तर कोरियाको राजधानी प्योङयाङको किम इल सुङ दरबार क्षेत्रमा उपस्थित निकै ठूलो भीडलाई सत्तारूढ पार्टीका शीर्षस्थ नेताले सम्बोधन गरेका थिए । उनले परमाणु बम निस्तेज पार्ने  अमेरिकी लडाकु विमान दक्षिण कोरियामा तैनाथ भइरहेका बेला सीमाक्षेत्रमा बेला यस्तो प्रसारण गरिनुको अर्थ युद्ध लड्ने धम्की भएको बताए । उत्तरले यो कुरा बुझेको र त्यसको जवाफ दिन तयार भएको उनको भनाइ थियो ।
वर्कर्स पार्टीका सचिव किमको नाममा उत्तरको सरकारी टेलिभिजनमा प्रसारित उक्त टिप्पणी निकै आक्रामक थियो । किमले भने, ‘उत्तर कोरियाका दुस्मनहरू हामीले गरेको सफल हाइड्रोजन बम परीक्षणपछि ईष्र्याले जलेका छन् ।’

 

 

दक्षिण कोरियाका सैनिकले शुक्रबारदेखि सीमामा १० ठाउँमा लाउडस्पिकरबाट उत्तरका शासकका विरुद्ध दुष्प्रचार गर्न सुरु गरेका थिए । दक्षिणबाट यस्ता गतिविधि भइरहे पनि उत्तर कोरियाको सेना भने अहिलेसम्म संयमित देखिएको छ ।

 

 

दक्षिण कोरियाको सेनाले सिमानामा लाउडस्पिकरमार्फत गरिएको प्रसारण दिउँसो १० किलोमिटर र रातिमा २४ किलोमिटरसम्म सुनिन्छ । दक्षिण कोरियाले गर्ने यस्ता प्रसारणमा केही समाचार र पप संगीत पनि बजाइन्छ । कार्यक्रमको ८० प्रतिशतभन्दा बढी समय उत्तरको खोइरो खन्न र उत्तरलाई सीधै चुनौती दिने खालका कार्यक्रम प्रसारण गरिन्छन् ।

 

दक्षिणको समाचार समिति योन्हापले सोलले सीमाक्षेत्रमा मिसायल, तोपखाना र अन्य हतियार तैनाथ गरेको बताएको छ । उत्तरसँग भिड्नका लागि सोलले यस्तो तयारी गरेको हो |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...