Advertisement
SKIP THIS

खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै


अमिर याेञ्जन । ‘खोटाङ हलेसी साङ्गीतिक सौगात भाग ५’ लाइभ इन सउल कार्यक्रमको लागि नेपालको चर्चित गायक सबिन राईको फारोह ब्यान्ड कोरिया आउने भएको छ । खोटाङ सेवा समाज कोरियाले आयोजनामा कोरियन नयाँ वर्ष सलनालको अवसरमा आगामी जनवरी २९ मा हुने कार्यक्रमको लागि सबिन राईको ब्यान्डसँगै चर्चित गायक गायिका आउने भएका छन् ।

डिसेम्बर २२ आइतबार पूर्वी नेपाल समाजको हल दोङ्देमुनमा संयुक्त रूपमा पोस्टर सार्वजनिक गर्दै कलाकार, कार्यक्रमको स्थान, मिति, समय र कार्यक्रम बारे जानकारी दिएको हो । सामाजिक कल्याणकारी कार्यमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको समाजका अध्यक्ष तथा कवि सुष्मा रानाहँमा राईले बताइन् ।

पोस्टर सार्वजनिक कार्यक्रममा जवाफ दिर्दै कार्यक्रम संयोजक अमृत राईले सबै कलाकारको भिसा प्रक्रिया अन्तिम चरणमा रहेको बताए । सुरक्षा तथा व्यवस्थापनको सबै काम चुस्ता दुरुस्त रूपमा हुने संयोजक राईले बताए ।

सलनालको दोस्रो दिन जनवरी २९ मा दिउँसो १ बजेबाट कार्यक्रम सुरु हुने आयोजकले बताएको छ । साङ्गीतिक प्रस्तुतिका लागि नेपालबाट पप स्टार गायक सबिन राईको फारोह ब्यान्डको ८ जना, गायिका मिना राई र गायक केहर सिङ लिम्बु आउने छन् ।

कार्यक्रमको लागि प्रवेश शुल्क ४० हजार वन तोकिएको छ । कार्यक्रम स्थान सउल मेट्रो २ नम्बर लाइनको खाङनाम स्टेसन नजिकै रहेको छ । {서울특별시 강남구 태헬란로 7길 32  (국깅원)} जसमा खाङनाम स्टेसनको ११ र १२ नम्बर पाँच मिनेट हिँडेर पुग्न सकिने छ । र त्यस दिन बिहानदेखि दोङ्देमुनको ३ नम्बर गेट अगाडीबाट कार्यक्रम स्थलसम्म बसको व्यवस्था रहेको आयोजकले बताएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...