तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
अन्ततः कोरियामा गुञ्जिने “भयो पूर्ण राई एन्ड दाजुभाइहरु”

लामो समयको प्रतिक्षा पछि मार्च ३० आइतवार कोरियामा गायक पूर्ण राईको लाइभ कन्सर्ट हुने भएको छ। राई आफ्नो व्याण्ड सहित कोरिया आउन लागेका हुन्। Hw कन्भेसन सेन्टरमा धरान – कोरिया सपोर्ट कम्युनिटीले कार्यक्रम आयोजना गर्न लागेको हो। अहिले नेपाली संगीत क्षेत्रमा अत्याधिक रुचाइएको व्याण्ड मध्ये “पूर्ण राई एन्ड दाजुभाइहरु” पनि हो। यो व्यण्ड अहिले निकै व्यस्त छ । जसले देश विदेशमा सांगितिक प्रस्तुति दिँदै आइरहेको छ। कोरियामा नेपाली दर्शक श्रोताकोफुर्सदमा
कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार पत्रकार महासंघको अन्तरक्रिया कार्यक्रममा उनले यो कुरा अवगत गराएकि हुन्। इ सेभेन खुलेको खण्डमा र कामदार ल्याउने प्रकृया भए सम्बन्धित मन्त्रालय, विभागबाट आधिकारिक सूचना जारी हुने बताइन्। उनले यस्तो गिरोहको ठगिबाट जोगिन सचेत गराइन्।फुर्सदमा
एकताको महाधिवेशनले एनआरएनएलाई विकल्प दिन्छ- केपी सिटौला

गैर आवासीय नेपाली सङ्घ दक्षिण कोरियाका संस्थापक अध्यक्ष केपी सिटौलाले एकताको महाधिवेशनले नयाँ विकल्प दिने बताएका छन्। फोनिज कोरियासँगको संवादमा सिटौलाले यस बारेमा खुलेरै कुरा गरेका छन्। विवादका बिच अल्झिएको एन आर एन केन्द्रमा गैर आवासीय नेपालीहरूको हक अधिकारको बारेमा लड्नुको सट्टा एक अर्कामा जुँगाको लडाई भएको उनको आरोप छ। गैर आवासीय नेपालीको अधिकारको बारेमा केही नबोलेको, लगानी एवं पर्यटन प्रवर्द्धनको कुनै योजना नबनाएको, आफ्नै देश जाँदा भिसा लाग्ने बनाइसक्नफुर्सदमा
पत्रकार महासंघको साधारण सभा तथा श्रम कन्सुलरसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासङ्घ कोरिया शाखाले साधारण सभा सम्पन्न गरेको छ। महासङ्घले मार्च ९ आइतबार दोङ्देमुन स्थित सेमाउल बैङ्कको सभा हलमा साधारण सभा साथै अन्तरक्रिया कार्यक्रम गरेको थियो। श्रम कन्सुलर मैयाँ कँडेलसँग नेपाली श्रमिकको अवस्था र पत्रकार महासङ्घको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम एकसाथ आयोजना गरेको थियो। सन २०२२ मा गठित यस कार्यसमितिको वार्षिक साङ्गठनिक प्रतिवेदन सचिव डा . कमला केसीद्वारा प्रस्तुत गरिएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रविणा बुढाथोकीले प्रस्तुतफुर्सदमा
नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई ज्ञापन पत्र बुझायो

नेपालको ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा)मा भइरहेको नो केबलकार पक्षमाथि राज्य पक्षीय हस्तक्षेप तथा दमनको विरोधमा कोरियाको लागि नेपाली महामहिम राजदूत डा. शिवमाया तुम्बाहाम्फेलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाले राजदूत मार्फत सङ्घीय सरकारलाई बुझाउने गरी आइतबार राजदूतावासमा बुझाएको हो । नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाको अगुवाइमा महासङ्घ आबद्ध जातीय संस्थाहरू तथा सम्बद्ध सङ्घ-संगठनहरूको हस्ताक्षरसँगै प्रतिनिधिहरूको उपस्थितिमा ज्ञापन पत्र बुझाएको थियो । साथै केही समयअघि बङ्गुरफुर्सदमा
एनआरएनएले भलिवल कप अप्रील ६ मा र फूटबल प्रतियोगिता जुन २२ मा गर्ने

गैर आवासिय नेपाली संघ एनआरएनएले प्रथम भलिवल कप अप्रील ६ मा गर्ने भएको छ। आजु युनिभर्सिटिको भलिवल कोर्टमा प्रतियोगिता आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो। साविक कै टिम दर्ता शुल्क ३ लाख ५० हजार वन रहने छ । टिम दर्ता मार्च २३ सम्म गरिसक्नु पर्नेछ्। प्रथम पुरस्कार ४० लाख वन र दोश्रो पुरस्कार २० लाख वन रहने सम्मेलनमा जनाइएको थियो। यसैगरी उत्कृष्ट खेलाडीलाई १ लाख वन साथै अन्यफुर्सदमा
एनआरएनएले भलिवल कप अप्रील ६ मा र फूटबल प्रतियोगिता जुन २२ मा गर्ने

गैर आवासिय नेपाली संघ एनआरएनएले प्रथम भलिवल कप अप्रील ६ मा गर्ने भएको छ। आजु युनिभर्सिटिको भलिवल कोर्टमा प्रतियोगिता आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो। साविक कै टिम दर्ता शुल्क ३ लाख ५० हजार वन रहने छ । टिम दर्ता मार्च २३ सम्म गरिसक्नु पर्नेछ्। प्रथम पुरस्कार ४० लाख वन र दोश्रो पुरस्कार २० लाख वन रहने सम्मेलनमा जनाइएको थियो। यसैगरी उत्कृष्ट खेलाडीलाई १ लाख वन साथै अन्यफुर्सदमा
ग्लोबल तेह्रथुम सेवा समाज कोरियाको नेतृत्वमा सन्दीप हुक्पा चोङ्बाङ

ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सन्दीप हुक्पा चोङ्बाङको नेतृत्वमा १७ जना कार्यसमिति निर्माण गरेको छ। मार्च २ आइतवारका दिन पूर्वी नेपालको सभाहलमा अधिवेशन सम्पन्न भएको थियो। नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा जनम लिम्वु,उपाध्यक्षमा अविरल तिलीङ लिम्बु ,विपिन कन्दङ्वा, र पुष्प गुरागाईलाई चयन गरेको छ। यसैगरी सचिवमा विक्रम तामाङले जिम्मेवारी सम्हाल्दा सह-सचिवमा ओन खेवालाई तोकिएको छ भने कोषाध्यक्षमा राजन उप्रेती ,सह-कोषाध्यक्षमा गुमानसिँह लिम्वु चयन भएकाफुर्सदमा
कोरियामा नेपाली आवाज , राजदूतसंग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले कोरियामा नेपाली आवाज” राजदूतसँग प्रत्यक्ष संवाद कार्यक्रम गरेको छ। मार्च १ तारिख जोगेसा गुम्बाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको थियो क्रार्यक्रममा सहभागीहरुले राजदूतसँग प्रत्यक्ष संवाद गरेका थिए। कार्यक्रमलाई संवोधन गर्दै महामहिमले दूतावासको सेवा सुविधालाई प्रभावकारी बनाउन सबैको सल्लाह र सुझावको आवश्यकता रहने बताएकी थिइन्। यसैगरी सेवाग्रहीलाई प्रत्येक दिन सेवा सुविधा बारे प्रश्न गर्ने अधिकार रहेको हुनाले प्रश्न गर्ने र कमिकमजोरी औँल्याई सच्याउनमा सहयोग गर्नफुर्सदमा
मार्च २३ मा प्रथम सेवारो फुटसल प्रतियोगिता हुँदै

“स्वस्थ्य मनोरञ्जन , अनुशाशन र एकताका लागि खेलकुद ” भन्ने नाराका साथ प्रथम सेवारो फुटसल टुर्नामेन्ट आयोजना हुने भएको छ। किरात याक्थुङ चुम्लुङ बुसान शाखाको सेवारो एफ सीले प्रतियोगिता आयोजना गर्न लागेको हो। छोउन फूटसल मैदानमा मार्च २३ तारिख खेल हुने आयोजकले जनाएको छ। अहिले टिम दर्ता प्रकृया रहेको र चाँडै टाइसिट प्रकाशित गरिने अध्यक्ष प्रताप इधिङ्गोले जानकारी गराएका छन्। प्रतियोगितामा प्रथम हुने टिमलाई ३० लाख वन र दोश्रो हुनेलाईफुर्सदमा