Advertisement
SKIP THIS

पत्रकार महासंघको साधारण सभा तथा श्रम कन्सुलरसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


नेपाल पत्रकार महासङ्घ कोरिया शाखाले साधारण सभा सम्पन्न गरेको छ। महासङ्घले मार्च ९ आइतबार दोङ्देमुन स्थित सेमाउल बैङ्कको सभा हलमा साधारण सभा साथै अन्तरक्रिया कार्यक्रम गरेको थियो। श्रम   कन्सुलर मैयाँ कँडेलसँग नेपाली श्रमिकको अवस्था र पत्रकार महासङ्घको भूमिका विषयक  अन्तरक्रिया कार्यक्रम एकसाथ आयोजना गरेको थियो।

सन २०२२ मा गठित यस कार्यसमितिको वार्षिक साङ्गठनिक प्रतिवेदन सचिव डा . कमला केसीद्वारा प्रस्तुत गरिएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रविणा बुढाथोकीले प्रस्तुत गरेकी थिइन्।    महासङ्घले भावी योजना अन्तर्गत अनलाइन पत्रकारिता तालिम सञ्चालन गर्ने जनाएको छ।

दोस्रो चरणको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि श्रम कन्सुलर मैयाँ कँडेलले प्रश्नकर्ताको एकमुस्ट जवाफ दिएकी थिइन्। कार्यस्थलमा दुर्घटना परी दाहिने हातको चार औँला गुमाएका एक श्रमिकलाई दुतावासले आवश्यक सहयोग गर्ने आश्वास दिँदै नेपालमा समेत बिमा रकम दाबीको लागि आफूले सहयोग गर्ने बताएकी थिइन्। यसै गरी नेपालमा इ सेभेन (E7) भिसा (दक्ष कामदार) खुलेको भनेर तालिम बापत रकम सङ्कलन गर्ने गरेको प्रश्नको उत्तर दिँदै हालसम्म आधिकारिक रूपले इ सेभेन भिसा नखुलेको यदी खुलेको खण्डमा र कामदार ल्याउने प्रक्रिया भए सम्बन्धित मन्त्रालय, विभागबाट आधिकारिक सूचना जारी हुने भन्दै यस्तो ठगिबाट जोगिन सचेत गराइन्। नेपालबाट इ नाइन (अदक्ष कामदार) साथै अध्ययन भिसामा नेपालीहरू आउँदै गरेको प्रस्ट पारिन्।

शुभकामना मन्तव्यकै क्रममा वर्तमान अवस्थामा नेपालमा विभिन्न भ्रम चिर्न र जनताको अधिकार सुनिश्चित गर्नका लागि कोरियाका पत्रकारहरूले खम्बा बनेर उभिनु पर्ने जन प्रगतिशील मञ्च कोरियाका अध्यक्ष जीवन खतिवडाले आव्हान गरेका थिए। सूचनाकारिता भन्दा पनि अन्वेषक खोजमूलक पत्रकारिता गर्न आदिवासी जनजाति महासङ्घका वरिष्ठ उपाध्यक्ष शुभराज भोम्जनले सुझाव दिएका थिए। यसै गरी, अन्य अतिथिहरूले कोरियाको विभिन्न स्थानमा गएर वास्तविक श्रमिकको पीडाहरूलाई बाहिर ल्याइदिनु पर्ने,श्रमिकको मात्र समस्या नभई हाल विद्यार्थीको समस्या पनि बढ्दै गएको प्रति ध्यान दिन आग्रह गरेका थिए।

पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष सन्तोष खड्काले कोरियामा कामबाट बचेको समयले पत्रकारिता गर्न निकै कठिन रहेको बताउँदै एउटै पोस्टरको भरमा समाचार बनाउन लगाउने र समाचार बनाएपछि कुनै रेस्पोन्स नदिने दुखेको पोखेका थिए। साथै केही मिडियाले गोपनीयतालाई बेवास्ता गर्दै पीडितको फोटो भिडियो अपलोड गर्ने गरेको र त्यसप्रति महासङ्घले सचेत गराउँदै आएको बताए। कमीकमजोरी औँल्याइदिएर आलोचना गरेपछि पत्रकार सुध्रिने बताउँदै सबै प्रश्न टिप्पणी प्रति सकारात्मक रहेको बताएका थिए। अधिवेशन बारे धेरैले जिज्ञासा राखेका हुनाले यो कमिटी ३ वर्षको हुने भएकोले अहिले अवैधानिक नभएको स्पष्ट पार्दै अधिवेशनको लागि तयार रहेको जानकारी गराएका थिए।

महासङ्घले विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान गरेको थियो, एम टी यु अध्यक्ष उदय राई, समाजसेवी गीता राई, सञ्चारकर्मी विनोद वान्तावा, रेश्मा राई, मञ्जु गुरुङ, उत्तम खजुम, विशाल श्रेष्ठ फुटबल महासङ्घका अध्यक्ष ब्रो तमु लगायत सम्मानित भएका थिए।

साधारण सभाको औपचारिक कार्यक्रमको मन्तव्यले निकै समय लिएको थियो। कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...