Advertisement
SKIP THIS

एकताको महाधिवेशनले एनआरएनएलाई विकल्प दिन्छ- केपी सिटौला


गैर आवासीय नेपाली सङ्घ दक्षिण कोरियाका संस्थापक अध्यक्ष केपी सिटौलाले एकताको महाधिवेशनले नयाँ विकल्प दिने बताएका छन्। फोनिज कोरियासँगको संवादमा सिटौलाले यस बारेमा खुलेरै कुरा गरेका छन्।

विवादका बिच अल्झिएको एन आर एन केन्द्रमा गैर आवासीय नेपालीहरूको हक अधिकारको बारेमा लड्नुको सट्टा एक अर्कामा जुँगाको लडाई भएको उनको आरोप छ। गैर आवासीय नेपालीको अधिकारको बारेमा केही नबोलेको, लगानी एवं पर्यटन प्रवर्द्धनको कुनै योजना नबनाएको, आफ्नै देश जाँदा भिसा लाग्ने बनाइसक्न लागे त्यसतर्फ ध्यान नदिएको आरोप लगाउँदै कुर्सी र पदकै पछि लागेकोमा दु:ख व्यक्त गरे।

विना उद्देश्यको लफडा रहिरहे आफूले साधारण सदस्यता समेत त्याग्ने बताए।

अदालतले दिएको आदेशको पालना नगरी टुक्रिएको एन आर एन एक नभए कसैको अस्तित्व नरहने पनि उनले बताएका छन्। “यसै गरी अब एकता महाधिवेशनबाट एनआरएनए एक नभए नेपाली जनताले डुङ्गाले हान्ने छन्। ” उनले आक्रोशित स्वरमा भने। त्यति मात्र होइन यस्तै लुछाचुँडी र विना उद्देश्यको लफडा रहिरहे आफूले साधारण सदस्यता समेत त्याग्ने बताए। नेपालको राजनीतिक दलमा जसरी जनताको वितृष्णा छ त्यस्तै एनआरएनमा पनि नेपाली जनताको आक्रोश रहेको उनले बताए।

 मूल आयोजक कमिटीले कोरियाको  एनसीसी (NCC) विवाद मिलाउने भन्ने हल्ला छ, त्यो गलत भएको र आफू त्यसमा संलग्न नरहेको पनि प्रष्ट पारे। मूल आयोजक समिति छ, त्यसले ती देशको एनसीसीलाई मिलाउने वा निर्वाचन गराउने भन्दा पनि उच्च स्तरीय समितिलाई बल दिने हो।

शेष घलेको नेतृत्वमा गठन भएको उच्च स्तरीय समिति अन्तरगत कोरियाबाट १२ जना मूल आयोजक समितिमा पनि छन्। उक्त समितिको सदस्य समेत रहेका सिटौलाले यो टिमबारे कोरियामा भ्रम रहेको बताएका छन्। “शेष घलेको संयोजकत्वमा गठन भएको उच्च स्तरीय समितिलाई अदालतले कानुनी मान्यता दिएको हो।” उनले भने “तर जुन कोरियाबाट १२ जनाको मूल आयोजक समिति छ, त्यो समितिले उच्च स्तरीय समितिलाई अवश्य सहयोग, सल्लाह सुझाव दिने हो।” उनले थपे। साथै मूल आयोजक समितिले कोरियाको विवादलाई मिलाउने भूमिका नरहेको उनले प्रस्ट पारे। “हामी कोरियाबाट प्रतिनिधित्व गर्ने गरी समेटिएका हौँ, अन्य देशबाट पनि छन् तर हाम्रो काम कोरियाको विवाद सुल्झाउने होइन। यो कुरो चाहिँ यहाँ भ्रम रहेछ। ” आश्चर्य हुँदै उनले बताए। जुन मूल आयोजक कमिटीले कोरियाको NCC विवाद मिलाउने भन्ने हल्ला छ त्यो गलत भएको र आफू त्यसमा संलग्न नरहेको पनि प्रस्ट पारे। मूल आयोजक समिति छ त्यसले ती देशको NCC लाई मिलाउने वा निर्वाचन गराउने भन्दा पनि उच्च स्तरीय समितिलाई बल दिने हो। थप प्रस्ट्याउँदै उनले थपे ।

कोरियाको एनआरएन एको बारेमा प्रश्न गर्दा कोरियाको हकमा चुनाव जितेर आएको कार्यसमितिलाई नै अहिले वैधानिक मानिनुपर्ने उनको तर्क थियो। आफू अनुकूल फैसला वा प्रमाण लिएर फलानो फलानो आधिकारिक भनेर हिँड्नुभन्दा केन्द्रमा एक हुनलाई दबाब दिन उनको सुझाव थियो। यसै गरी केन्द्रमा एक भएको खण्डमा एनसीसी स्वतः एक भएर जाने उनको दाबी थियो। “केन्द्रमा मिलेर एक भए एनसीसी आफै एक भइहाल्छ त्यो ठुलो कुरो भएन तर जो जो एकता महाधिवेशनमा छुट्छन्, तिनीहरू छुटेर अलग हुनेछन्।” उनले स्पष्ट बताए।

में र अक्टोबर दुइटा छुट्टाछुट्टै गर्ने भनिएका अधिबेसनलाई सबै NCC हरुसंग परामर्श गरेर जुलाई अर्थात अगस्टमा गर्न सकिनेछ।

अदालतले दिएको समय भित्र सबै देशका राष्ट्रिय समितिहरूको अधिवेशन हुन असम्भव देखिएता पनि उच्च समितिले सहमतिमा मध्यमार्गी बाटो खोज्न उनले सुझाएका छन्।

जस्तैः
१. मे र अक्टोबर दुइटा छुट्टाछुट्टै गर्ने भनिएका अधिवेशनलाई सबै NCC हरूसँग परामर्श गरेर जुलाई अर्थात् अगस्टमा गर्न सकिनेछ। जसका लागी कारण खुलाएर अदालतलाई थोरै म्याद थप्न अनुरोध गर्ने।
२. अहिले विवादास्पद  केन्द्रीय समितिको अधिवेशन  पहिला गरेर पछि NCC लाई विगतमा झैँ सम्बन्धित राष्ट्रहरूको  समय सीमाभित्र गराउन सकिने।

माथिका सबै विकल्पहरूका बाबजुद अरू पनि धेरै विकल्पहरू छन्। मुख्य कुरा भनेको एन आर एन को साख जोगाउन यो अन्तिम अवसरलाई नगुमाउने हो भने उच्च समितिका सबै अग्रज तथा समकालीन साथीहरू आ-आफ्नो हठबाट एक पाइला पछि सरेर खुला दिलले एकता हुनुपर्ने मुख्य विषय हो। यसका लागि सम्पूर्ण NCC हरू साथै स्थापक र शुभचिन्तकहरूले निष्पक्ष रूपमा दबाब सिर्जना गर्नुका लागि उनले आव्हान गरेका छन्।

(NRNA कोरियाका संस्थापक अध्यक्ष केपी सिटौलासँग टेलिफोन संवादमा आधारित सम्पादित अंश्।)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...