तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
अकर्मण्य समय, युवा पुस्ताको राजनीतिक बुझाई र भोलिको बाटो

एकजना मित्रले भन्नुहुन्थ्यो “सामान्यतया हाम्रो समाज, हाम्रो देश अनि हाम्रो समय जोसमा भन्दा होसमा धेर चल्छ” । मलाई लाग्छ यति गहिरो एङ्गलबाट हाम्रो समाज र राजनीतिको बिश्लेषण गर्नसक्ने युवा पछिल्लो पुस्तामा बिरलै पाइन्छ । यहाँ अधिकांशले कि त उग्र कुरा गर्छन् कि त पुरै प्रतिगामी कित्ताको वकालत गर्छन् । वा भनौं ५० बर्ष पछाडी फर्किने कुरा गर्छन् । समाज त बगिरहन्छ । यो हामीले चाहेर पनि रोक्दैन । यो समाजकोफुर्सदमा
कोरोना रणसंग्राममा संघर्षपछिको मेरो अनुभव – पिम गुरुङ

आखिर जीवन प्रख्यात वैज्ञानिक चार्ल्स रोबर्ट डार्विनले भने जस्तै “बाँच्नका लागि संघर्ष” रहेछ । सारा विश्व आज यहि विषयमा सबैभन्दा बढि तल्लिन र भयभित छ । आधुनिक विश्वलाई कोरोना महामारीले ठूलो चुनौती दिईरहेको छ । यो लेख तयार गर्दासम्म यसले विश्वभरका १७ करोड २० लाख बढि मानिसलाई आफ्नो भयावह छालमा लपेटिसकेको छ । उच्च सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै म सहित मेरो परिवार पनि यो महामारीबाट अछुतो रहन सकेनौँ । बैशाखफुर्सदमा
तामाङ भाषाको क्षेत्रीय भेदहरूको भाषावैज्ञानिक सर्वेक्षण २०२१ प्रारम्भ

तामाङ भाषा नेपाल र नेपालबाहिर भारतको उत्तर-पूर्वी राज्यहरू (पश्चिम वंगाल, सिक्किम, आसाम, नागालैंड), भूटान र म्यानमार आदि देशमा पनि फैलिएको छ। तामाङ भाषीहरू नेपालमा विशेष गरी बागमती प्रदेशमा केन्द्रित छन् र गण्डकी प्रदेश, प्रदेस नं. २ र प्रदेस नं. १ मा पनि बाक्लो बसोबास पाइन्छ। यस भाषाको के कति क्षेत्रीय भेद र उपभेदहरू छन् (यसलाई ‘भौगोलिक भेद’ पनि भन्न सकिन्छ र परम्परागत रूपमा ‘भाषिका’ भनिन्थ्यो), यसबारे हालसम्म भाषावैज्ञानिक अध्ययन अनुसन्धानफुर्सदमा
दलित खसआर्य होइनन्, खसको उत्पत्ति र अर्थ

हामीले हेर्दा खस कुनै अर्को मानव सभ्यता हुँदै होइन । आर्य बाहुन कै नस्ल हो। यो कुराको पछिल्लो वैज्ञानिक पुष्टि अमेरिकाको Salt lake City स्थित युताहा विश्वविधालय (University of Utaha’ USA) को मानव वंश विभागका वैज्ञानिक माइकल बमशाद र भारत आंध्र प्रदेशका विश्व विद्यापीठ विशाखा पट्टनमको Anthropology विभागका वैज्ञानिकले गरेका छन् । विश्वविद्यालय र विद्यापिठका वैज्ञानिक द्वारा सयुक्त रुपमा सन 1995 देखि 2001 सम्म लगातार 6 बर्ष सम्म दक्षिण एसियाकाफुर्सदमा
मृत्युपत्रमा हस्ताक्षर गर्दै महासमरमा हिंडेको दिन -एक छापामारको डायरी-२

साम्यवादी सपना । समानताका कल्पनाहरू । सामन्तवाद-साम्राज्यवाद बिरोधि दरिलो अडान । जनयुद्ध सफल पारेरै छाड्ने चट्टानी मक्सद । गुरिल्ला बनेरै छाड्ने दृढ निश्चयता । साथीहरूसँगको एक तमासको भलाकुसारी । नयाँ बाटोको नवीन यात्राको खुल्दुली । चुनौतीपूर्ण यात्रा पूरा गर्ने अठोट । जिवनोत्सर्ग गर्न परे पनि हाँसीहाँसी गर्ने बाचा । कमरेडली भावना । एक आपसमा आत्मीयता साट्दै सल्लिपीर सुसाईरहेको जुँगुको उकालो सकिनै लाग्दा बाटामा क. प्रभात र क. प्रतिकसँग भेट भयोफुर्सदमा
राष्ट्रिय झण्डा सँग जोडिएको विरक्तताको अर्को पाटो

राष्ट्रिय झण्डा जलाउन पाइदैन । किनकि यस् सँग राष्ट्रियता जोडिएको हुन्छ । राष्ट्रिय एकता र स्वाभिमान जोडिएको छ । सार्वभौमसत्ताको प्रतीक हो राष्ट्रिय झण्डा । राष्ट्रिय झण्डाले नै नागरिकलाई एकताको सुत्रमा एकबद्व गरेको हुन्छ । साथै राष्ट्र र राष्ट्रका नागरिकको पहिचान झल्काउने प्रमुख आधार नै राष्ट्रको झण्डा हो । तर, राष्ट्रिय झण्डा कुनै एक धर्म र सम्प्रदायको मात्रै पहिचान झल्किने खालको हुनु भएन। सबै नेपालीले खुशीका साथ अपनत्व गर्ने खालकोफुर्सदमा
जनै संस्कार र रक्षा बन्धन बारेको इतिहास

उपनयन'(जनै) संस्कार वैदिक परंपरा तथा आर्य संस्कृतिको एक महत्वपूर्ण संस्कार हो। यो संस्कार हिन्दु धर्मको सोह्र संस्कार मध्येको एक अति नै विभेदित संस्कार अन्तर्गत पर्दछ । जुन संस्कार हिन्दु धर्मको चार वर्ण मध्ये उच्च तिन वर्णको पुरुष संस्कार हो । वर्ण व्यवस्था र शास्त्रानुसार ब्राह्मण, क्षत्री र वैश्य लाई मात्र जनै संस्कार गर्न(लगाउन) पाउने अधिकार छ । जसमा ब्राह्मणले 3 डोराको ब्रह्मा, विष्णु, महेश्वरको प्रतीक मानी सात ग्रन्थिय (गांठो) भएकोफुर्सदमा
वास्तविक राम र अयोध्या बारे भ्रम र यथार्थ

वाल्मीकि रामायणका पात्र राम, जसलाई हिन्दु धर्मावलम्बीले ईश्वरको रुपमा आस्था र श्रद्धाका साथ पुज्ने गर्दछन् । तर रामायणका पात्र राम एक काल्पनिक नाम हो । रामायणका राम मात्र होइनन् वेद, महाभारत,स्मृती, पुराण लगायत जतिपनी हिन्दु धार्मिक ग्रन्थमा उल्लेख गरिएका पात्रहरु छन् ति सबका सब कल्पनाश्रीत पात्र हुन् । ति पात्र कुनैपनि कालखण्डमा अस्तित्वमा रहेको र कुनै स्थानमा राजकाज गरेको ऐतिहासिक र पुरातात्त्विक तथ्य वा प्रमाण अहिलेसम्म फेला परेको छैन ।फुर्सदमा
साप्सुमा मिसिएको रगत–आँसु

हिउँदले छाडेका सुक्खा डाँडाहरु बिस्तारै हरियो हुने तरखरमा थिए । सुन्तलाका बोटहरुमा कलिला चिउलासँगै फूलमा मौरिहरु भुनभुनाउदा अदभूत ध्वनीले तरंगित तुल्याउथे । धान काटेर छोडिएका परालको जराहरू खेतका गराहरूमा उसैउसै लहरै बसिरहेका थिए । कुनै कित्तामा गहुँको हरियालि दृश्य देखिन्थे । बाटोभरि छरिएका पत्करमाथि कुल्चदाँ निस्कने आवाजमा चराहरूको चिरबिर मिसिदा मिठो संगीत गुन्जिएको भान हुन्थ्यो । बेशितिर कोइरालो, टाँकी, आरू अनि लेकतिर लालीगुराँस, चिमालहरूले फुलेर गाउँमा वसन्तको स्वागत-सत्कार गरिसकेको थियो।फुर्सदमा
फुटेर होइन जुटेर काम गरौं

गुमाएको भुमि फिर्ता गर्नलाई नयाँ नक्सा जारी गर्नु केपी ओलीको पाप थियो ? नागरिकता विधेयक संशोधन गर्नु यो राष्ट्र, राष्ट्रियताको र पक्षमा थियो कि थिएन तीन करोड जनताले यो स्वाभिमानी सरकारले गरेको कामहरु नियालिरहेका छन् । जबजब देश संकटमा फस्दै जान्छ तब तब राष्ट्रनायक आवश्यक परिरहन्छ । २०७२ सालको भूकम्पले देश र जनता दलदलमा डुबिरहेको थियो । त्यो पीडामा हाम्रो छिमेकी राष्ट्र भारतले अघोषित रुपमा नाकाबन्दी लगायो । हाम्रो छिमेकीफुर्सदमा