Advertisement
SKIP THIS

तामाङ भाषाको क्षेत्रीय भेदहरूको भाषावैज्ञानिक सर्वेक्षण २०२१ प्रारम्भ


तामाङ भाषा नेपाल र नेपालबाहिर भारतको उत्तर-पूर्वी राज्यहरू (पश्चिम वंगाल, सिक्किम, आसाम, नागालैंड), भूटान र म्यानमार आदि देशमा पनि फैलिएको छ। तामाङ भाषीहरू नेपालमा विशेष गरी बागमती प्रदेशमा केन्द्रित छन् र गण्डकी प्रदेश, प्रदेस नं. २ र प्रदेस नं. १ मा पनि बाक्लो बसोबास पाइन्छ। यस भाषाको के कति क्षेत्रीय भेद र उपभेदहरू छन् (यसलाई ‘भौगोलिक भेद’ पनि भन्न सकिन्छ र परम्परागत रूपमा ‘भाषिका’ भनिन्थ्यो), यसबारे हालसम्म भाषावैज्ञानिक अध्ययन अनुसन्धान खासै हुनसकेको छैन। आजको सन्दर्भमा कुनै पनि भाषाको क्षेत्रीय भेदहरूको भाषावैज्ञानिक अध्ययन हुन आवश्वक छ।

यस प्रकारको भाषिक सर्वेक्षण‍बाट भाषाको स्थानीय भेदहरूको जानकारी हुनका साथै शिक्षामा यसको प्रयोग विस्तार गर्न हुन्छ र सञ्चार (रेडियो, टेलिभजन, छापा आदि)मा पनि। साहित्य सिर्जना र सरकारी कामकाजको भाषाको लागि मानक भेदको विकासमा पनि सर्वेक्षणले टेवा पुग्दछ।

तामाङ भाषिकाको १) वर्णको तहमा २) शब्दको तहमा ३) व्याकरणको तहमा र ४) वाक्यको तहमा सर्वेक्षण गरिने छ। यस सर्वेक्षणमा तामाङ भाषाको हरेक पक्ष र तहको सर्वेक्षण गरिने प्रयास गरिने छ। यस प्रकारको सर्वेक्षणबाट तामाङ भाषाको क्षेत्रीय भेद तथा उपभेदहरूको सङ्‌ख्या थाहा हुनका साथै भाषिकाको भौगोलिक दूरी र क्षेत्र पनि थाहा हुनेछ, स्थानीय तहका विद्यालयहरूमा स्थानीय मातृभाषा पठन-पाठनमा सहयोग पुग्नेछ, स्थानीय भेदमा पाठ्य पुस्तक र पाठ्यसामग्री तयार गर्न सहयोगी हुनेछ र बोधगम्यताको जानकारी हुनेछ र मानक भाषाको विकासमा समेत टेवा पुग्ने छ। तामाङ भाषीहरूको मूल थलो, यसको वितरण र माइग्रेसन पनि थाहा हुनेछ। तामाङ भाषाको प्राचीनतम् रूपको पनि सर्वेक्षणबाट जानकारी हुनेछ।

नेपाल प्रज्ञा-प्रतिष्ठानको सहयोगमा तामाङ भाषाको भाषावैज्ञानिक सर्वेक्षण प्रारम्भ भइसकेको छ। यसको लागि तामाङ भाषा सर्वेक्षण प्रश्नावली फेसबुक समुहमा राखिएको छ। कतिपय उत्साही तामाङ मातृभाषीहरू समुहमा सहभागी भइ प्रश्नावली डाउनलोड गरेर, आफ्ना क्षेत्रको स्थानीय भाषा भरेर पठाइसकेका पनि छन्। तपाई पनि आफ्ना क्षेत्रका तामाङ भाषाको भाषावैज्ञानिक जानकारी राख्न चाहनु हुन्छ भने समुहमा संलग्न भएर सर्वेक्षणका लागि सहयोगी बन्नु होस् र प्रश्नावली डाउनलोड गरेर भरेर पठाउनुहोस्। यो सर्वेक्षण एक प्रकारको जनस्तरबाट तयार गरिएको पब्लिक सर्वेक्षण हुनेछ। प्रत्येक क्षेत्रीय भेदको विस्तारका साथ अध्ययन गरिनेछ। थप कुराको जानकारी समुहमा गराएको छ।

तामाङ भाषा सर्वेक्षणमा सहयोगी हुन तयार होऔं, आ-आफ्ना भाषाको भाषावैज्ञानिक जानकारी राखौं र प्रयोग विस्तार पनि गरौं।
०००

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...