Advertisement
SKIP THIS

फुटेर होइन जुटेर काम गरौं


गुमाएको भुमि फिर्ता गर्नलाई नयाँ नक्सा जारी गर्नु केपी ओलीको पाप थियो ? नागरिकता विधेयक संशोधन गर्नु यो राष्ट्र, राष्ट्रियताको र पक्षमा थियो कि थिएन तीन करोड जनताले यो स्वाभिमानी सरकारले गरेको कामहरु नियालिरहेका छन् । जबजब देश संकटमा फस्दै जान्छ तब तब राष्ट्रनायक आवश्यक परिरहन्छ ।
२०७२ सालको भूकम्पले देश र जनता दलदलमा डुबिरहेको थियो । त्यो पीडामा हाम्रो छिमेकी राष्ट्र भारतले अघोषित रुपमा नाकाबन्दी लगायो । हाम्रो छिमेकी मुलुकको यस्तो घृणित काम हामी नेपाली जनताले सहनु पर्यो । वास्तवमा यो संयुक्त राष्ट्रसंघको नियम विपरित थियो । हाम्रा देशका जनताले आफ्नै देशमा आवतजावत गर्न पनि गाह्रो भो । मुख्य शहरहरुका जनताहरुले भने दैनिक उपभोग्य सामान कित महंगोमा किने कि पाएनन् ।
त्यो बाध्यात्मक परिस्थितिलाई सहज गर्नको निम्ति मित्रराष्ट्र चीनसँगको सन्धि सम्झौताहरु भए । सन्धी सम्झौताले नेपाली जनता र राष्ट्रलाई ठूलो राहात मिल्यो । जसको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओली गरेका थिए । हो नेपाली जनताको चाहना पनि यही थियो । वास्तवमा सरकारको काम र कर्तव्य यही थियो तर दुर्भाग्य देशभित्र नै केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न सुरु गरियो । संसदमा अविश्वासको प्रस्ताव पेस गरियो । यो सरकार ढाल्नको निम्ति भारतबाट समेत अदृश्य शक्तिहरु लागे परे । केही संसदहरुको किनबेच भयो भन्ने पनि सुनियो । केपी वलीको सरकार ढल्यो ।
देशमा संकट पैदा भयो । आम नेपाली जनता निराश भए । विकासका कामहरु भने जसरी भएन । कांग्रेस र माओवादीको सरकार गठन भयो । त्यही सरकारले तीन तहको निर्वाचन गर्यो । स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धन गरे । नेकपा एमाले एक्लै स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार भयो । स्थानीय निर्वाचनमा गठबन्धन गर्ने काँग्रेस र माओवादी भन्दा नेकपा एमालेले धेरै स्थानहरु विजय हासिल गर्यो ।
स्थानीय निर्वाचनको परिणामले एमालेको सरकार आउँछ भन्ने आमजनतालाई लागेको थियो । त्यसैबखत गठबन्धन नेपाली कांग्रेसबाट बिस्तारै बिस्तारै नेकपा(माओवादी) एमालेसँग गठवन्धन गर्ने निर्णयमा पुग्यो । प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा होमिने निर्णय गर्यो । ६ वटा प्रदेशहरुमा स्पष्ट बहुमतका साथ विजय हासिल गर्यो पनि ।
अहिले नेकपासँग सरकार गठन गर्न संसदमा दुईतिहाइको हाराहारीमा छ । सरकारले धेरै राम्रा कामहरु गरिरहेको अवस्था छ । त्यस्तै राम्रा कामहरूको कुरा गर्दा लिपुलेक लिम्पियाधुरा कालापानी सहितको भूमी सहितको नक्सा औपचारिक रुपमा जनता सामु ल्यायो । वर्षौँदेखि भारतीय सेनाले कब्जा गरेको नेपालको जमिन निशान छाप संशोधन विधेयकमाथि सबै दलहरुले साथ दिए र संविधान संशोधन बहुमतले पारित गर्यो । देशैभर खुशीयाली छायो । देशले साँच्चै नै इतिहास रच्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको इतिहासमा सुनौलो अक्षरमा नाम लेखिनेछ । राष्ट्र र राष्ट्रियताको पक्षमा यति ठूलो निर्णय गर्ने पहिलो ब्यक्तिको नाममा । पार्टी एकता गर्ने पहिलो सूत्रधार पनि केपी शर्मा ओली नै हुन् । पार्टीमा गुट उपगुट निकै फस्टाएको सबैलाई सर्वविदितै छ । सरकार सञ्चालन गर्ने क्रममा आफ्नो पार्टीबाट असहयोग भएको कुरा प्रष्टरुपमा देख्न सकिन्छ ।
भनिन्छ आफ्नै पार्टी भित्र प्रतिपक्ष जस्तो भूमिका निर्वाह गर्ने धेरै छन् । यस्तो प्रतिकूल अवस्थामा हरेक मिडियाहरुले नकरात्मक समाचारहरु सम्प्रेषण गर्दिने जनताको सामु अलोकप्रिय बनाउने कामहरु भैरहेका छन् । विश्वभर कोरोनाले अर्थतन्त्र तहसनहस भएको अवस्थामा सरकारलाई साथ दिनु त कता हो कता उल्टै लोकतन्त्र र गणतन्त्र माथि धावा बोल्ने काम देशी विदेशी शक्तिहरु बाट भइरहेको छ ।
सरकार संचालनको काममा पार्टीको भूमिका निर्णायक हुन्छ तर पार्टीका शीर्ष नेताहरुबाट प्रधानमन्त्रीको खुट्टा तान्ने कामहरु हुन थाल्यो यस्तो प्रवृत्ति यस्तो चलखेल कहाँबाट पार्टीका शीर्ष नेताहरुले ग्रहण गरिरहेका छन् । यो समयले अबश्य पनि बताउनेछ । यता सिँगारी हराउनु जङ्गलमा बाघ कराउनु उस्तै भएको छ ।
जनताले सरकार सञ्चालनको निम्ति पाँचवर्ष स्थिर सरकार होस देश विकास तीव्ररुपमा होस् भनेर आफ्नो अमुल्य मतदान गरेका थिए । यो अमुल्य मतदानको अपमान हुनेगरी जनताको सपनालाई टुक्राटुक्रा पार्ने गरी फेरी पनि सरकार ढल्ने पार्टी फुटाउने देशमा अस्थिरता पैदा गर्ने षड्यन्त्र भइरहेको छ । यस्तो षड्यन्त्र रोक्नको निम्ति आम नेपाली जनता एकढिक्का भई लाग्नुपर्ने देखिन्छ । सरकारको बचाउ गर्नको निम्ति मात्र होइन कि राष्ट्र राष्ट्रियता स्वतन्त्रता बचाउनको निम्ति हामी हरेक नेपाली जनताले खबरदारी गर्नुपर्ने हुन्छ ।
पार्टीमा भएका विभिन्न नेता तथा कार्यकर्ताहरुको मात्र यो देश हुँदैहोइन । पार्टीमा भएका नेताहरुलाई हेक्का होस् पानी बिनाको माछा र जनता बिनाको नेता हुनसक्दैन । तेसैले जनताभन्दा पार्टी ठूलो होइन । सरकारलाई असहयोग गर्ने पार्टी भित्र निकै हाबि भइरहेको आम नेपाली जनताले आभाष गरिरहेका छन् । यसको दोष सबै नेताहरुले लिनुपर्ने हुन्छ कि पी शर्मा ओलीलाई मात्र दोष खाने हो भने पार्टीमा रहेका शीर्ष नेताहरूको काम र कर्तव्य के हुनेछ यो समयले अवश्य पनि प्रष्ट्याउने छ । पार्टीको फुटाउनु हरेक समस्याहरू पैदा गर्नु मात्र नेताहरूको ध्यान केन्द्रित भएको छ । यसमा हरेक कार्यकर्ताहरुले केन्द्रीय कमिटी सचिवालय सबै स्थानीय तहका नेताहरु जिम्मेवारी बन्नुपर्ने देखिन्छ । फुटाउनु भन्दा जुटाउनुमा सम्पूर्ण नेताहरूको ध्यान जाओस यसैमा देश, जनता, राष्ट्र र राष्ट्रियताको भलाइ हुने देखिन्छ ।
(लेखक प्रवासी मञ्च कोरियाका पुर्व केन्द्रिय सदस्य हुन् । यो लेख लेखककाे नीजि बिचार हो । )

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...