Advertisement
SKIP THIS

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको ११ औ बार्षिक साधारणसभा सम्पन्न

०९ नोभेम्बर २०२० संस्थाका अध्यक्ष जीवन न्यौपानेको सभापतित्व र प्रमुख अतिथि नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री माननिय पद्मा कुमारी अर्याल ज्यूको उपस्थितिमा शुरु भएको कार्यक्रममा विभिन्न स्थानीय सरकार प्रमुख ज्यूहरुको उपस्थिति थियो । वालिङ नगरपालिका प्रमुख, कालीगण्डकी गाउँपालिका प्रमुख, फेदिखोला गाउँपालिका प्रमुख संस्थाका ससंरक्षक, सल्लाहकार र विश्वभर छरिएर रहेका जिल्ला बासी संस्था तथा विभिन्न देशमा रहेका स्याङ्जा जिल्ला संबद्ध संस्थाका अध्यक्ष ज्यूहरूको बाक्लो उपस्थिति थियो ।फुर्सदमा

स्याङ्जाका विभिन्न ठाउँमा पहिरो प्रभावित परिवारलाई कोरियाबाट स्याङ्जा परिवार र कृष्ण गण्डकी समाजको सहयोग ।

बोम्जन गुरुङ, सउल कोरिया । ०१ नोभेम्बर २०२० भीषण वर्षाको कारण गत असोज महिनामा स्याङ्जाका विभिन्न स्थानमा आएको पहिरोको कारण ज्यान गुमाएका र विस्थापित परिवारलाई कोरियामा रहेका संस्था स्याङ्जा परिवार र कृष्ण गण्डकी समाजले राहत स्वरुप एकमुष्ट गरी एक लाख सत्तरी हजार रुपैंया राहत स्वरुप आर्थिक सहयोग गरेको छ । अविरल वर्षका कारण घर विस्थापित हुन पुगेका पहिरो पिडीतहरुमा भिरकोट नगरपालिका-३ गुमार्दीका जगत बहादुर राना, धन बहादुर राना, केयरसिंह रानाफुर्सदमा

कोरियामा फेरि एक नेपालीले गरे आत्महत्या

दक्षिण कोरियामा फेरि एक नेपालीले आत्माहत्या गरेका छन् । आफ्नो दश बर्षे कार्यकाल सकेर घर फर्कन लगेका नेपालीले आजा (आइतबार) बिहान आत्महत्या गरेका हुन । स्याङजा जिल्ला मालुंगा घर भई कोरियाको छुङछङबोक्दोको सामसङ कम्पनीमा कार्यरत यज्ञ वहादुर बस्यालले आफु काम गर्दै आएको स्थानमा आत्महत्या गरेका हुन । ४२ वर्षिया वस्याल  कोरियामा कार्यकाल पूरा गरेर घर जाने सम्पुर्ण तयारीमा रहेको तर  कोरोनाका कारण नेपाल जान रोकिएको  उनका  सहकर्मीले बताएका छन् ।फुर्सदमा

मृगौला पीडित जुना गुरुङलाई तमु धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाद्धारा आर्थिक सहयोग

बोम्जन गुरुङ, सउल कोरिया ११ सेप्टेम्बर २०२० लमजुङ जिल्लाको राइनस नगरपालिका वडा नम्बर १ भंगारी निवासी दुवै मृगौलाको रोगले थलिएका उपचारार्थ जुना गुरुङलाई तमु धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको नेतृत्वमा संकलित चौरहत्तर हजार रुपैंया आर्थिक सहयोग गरेको छ । कोरिया स्थित आफ्नो जातीय संस्कार, संस्कृति र परम्परा जगेर्ना गर्दै सक्रिय रुपमा समाजसेवाको पाटोमा शानदार उपस्थिति जनाउँदै आइरहेको यस जातीय संस्थाले बीस दिनको अवधी राखेर “जुना गुरुङ बचाउ अभियान” सञ्चालनफुर्सदमा

दुई संस्थाको समन्वयसँगै स्याङ्जा परिवारबाट आफ्नै गृह जिल्लाको पहिरो पिडितलाई दुई लाख रुपैंया सहयोग

बोम्जन गुरुङ, दक्षिण कोरिया ०५ सेप्टेम्बर २०२० कोरियास्थित अति सक्रिय संस्था स्याङ्जा परिवारले दुई संस्थाहरु कृष्णगण्डकी समाज दक्षिण कोरिया र विश्वभरि स्याङ्जालीहरुको छाता संगठन संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिसँग समन्वय गर्दै आफ्नै गृह जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं. ४ बिर्घाका पहिरोबाट पिडित आठ घरपरिवारलाई राहत स्वरुप आर्थिक सहयोग हस्तान्तरण कार्य्रकम सम्पन्न गरेको छ । गत २०७७ असार ३० गते गएको पहिरोले सो ठाउँमा जनधनको अपुरणीय क्षति भएको थियोफुर्सदमा

भोटे भन्दै सामाजिक संजालमा भएको पोस्ट बारे दूतावास र नेफिन कोरियाको ध्यानाकर्षण, कोरियनहरु कसरी भोटे भए ?

केही दिन देखि दक्षिण कोरियामा रहेका नेपालीहरु बीच सामाजिक संजालमा भैरहेको विवाद बारे नेपाली दुतावास सउल र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले प्रेस विज्ञप्ति जारी गर्दै सम्बन्धित सबैलाई ध्यानाकर्षण गराएको छ । केही समय अघि केही ब्यक्तिहरुले “भोटे” शब्द प्रयोग गर्दै कोरियनलाई होच्याउने खालको स्ट्याटस लेखेको थियो । यसरी भोटे शब्द प्रयोग नगर्न आदिवासी तथा जनजाती अभियानताहरुले अनुरोध गर्दा उल्टै तथानाम गाली गलौज गर्न थालेपछि विवाद जन बढ्न थालेकोफुर्सदमा

किराँत याक्थुङ चुम्लुङ् दक्षिण कोरियाले सेप्टेम्बर ७ बाट बिश्वब्यापी टिक-टक प्रतियोगिता गर्ने

दक्षिण कोरियामा ५० हजार नेपाली रुपिया बराबरको प्रथम पुरस्कार सहित बिश्वब्यापी टिक-टक प्रतियोगिता हुने भएको छ । किराँत याक्थुङ चुम्लुङ् दक्षिण कोरिया सिरिजङ्गा साँस्कृति बिभागले अर्को हप्ता अर्थात आगामी सेप्टेम्बर ७ तारिखबाट १ महिने टिक-टक प्रतियोगिता गर्न लागेको हो । “हामी हाम्रो पहिचान र अस्तित्वको लागी एक हौं” भन्दै “कला संस्कार र सांस्कृति हाम्रो पहिचान, यसको संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान “भन्ने मुल नाराका साथ गर्न लागेको यस प्रतियोगितामाफुर्सदमा

उल्सान अन्यांङ नेपाली समाजद्वारा “भेटघाट, बिदाई तथा बनभोज कार्यक्रम” सम्पन्न

उल्सान अन्यांङ नेपाली समाज दक्षिण कोरियाद्वारा यसपालिको गर्मी बिदामा “भेटघाट, बिदाई तथा बनभोज कार्यक्रम” सम्पन्न गरेकोछ । समाजले गर्मी बिदाको अवसर पारेर अगष्ट-२-२०२० आइताबारका दिन अन्यांड. बाट नजिकै रहेको एकान्त, रमणीय र मनमोहक दृश्य रहेको पिकनिक स्थल ( 호반 가든 ) मा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उल्सान र अन्यांड़का करिब ५० भन्दा बढी नेपाली दाजुभाई तथा दिदीबहिनीहरू भेला भई गर्मी बिदा भेटघाट बिदाई तथा बनभोज कार्यक्रम बिशेष रफुर्सदमा

दक्षिण कोरियाबाट कलाकार देव लामालाई आर्थिक सहयोग

बिगत लामो समयदेखि गम्भीर रोगको सिकारले थला परेका पुर्व पत्रकार तथा कलाकार देव लामाको स्वास्थ्य उपचारको लागि दक्षिण कोरियाबाट आर्थिक सहयोग गरेको छ । कोरियामा रोजगारी गरिरहेका नेपालीहरुले उपचारको लागि २ लाख ४० हजार ६ सय सहयोग सहयोग गरेको हो । शनिबार मिड्सिटी अस्पातल ललितपुर पुगी तामाङ पत्रकार संघका निर्वतमान अध्यक्ष जगत दोङ तामाङ, नेपाल तामाङ संघ दक्षिण कोरियाका संस्थापक अध्यक्ष गौतम लामा, संघकै पूर्वाध्यक्ष देवसिं दोङ र तामाङ समाजफुर्सदमा

अन्याङ नेपाली समाज द. कोरिया द्वारा सहयोग रकम हस्तान्तरण

उल्सान अन्याङ स्थित फोराङ हस्पिटलमा उपचाररत मोरङ जिल्ला स्थाइ घर भएका सरोज चौधरीलाई अन्याङ नेपाली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । अन्याङामा रहेका खेलाडी तथा खेलप्रेमी साथिभाईहरू मिली उपचार खर्च १७ लाख ८९ हजार २ सय ३६ वोन रकम संकलन गरी उक्त सहयोग रकम संस्थाको पद-पदाधिकारीहरूको रोहबरमा जुन २९ गते हस्पिटलमा गएर प्रदान गरेको संस्थाका संस्थापक तथा बर्तमान अध्यक्ष्य गितासिॅंह गुरूड़ले फोनिज कोरियालाई जानाकारी गरेका हुन् ।  फुर्सदमा

ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...