तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाको विश्व प्रसिद्ध लोटस् ल्यालटिन फेस्टिवल अप्रिल ३०, सउल नेपाल गुम्बाले २५६६औं बुद्धजयन्ती मे १५ मा गरिने

कोरियन बौद्ध धार्मिक संस्था, धर्मलम्बीको आयोजना र बिदेशी धार्मिक संस्थाहरू सहभागिता रहने लोटस् ल्यालटिन फेस्टिवल (Lotus Lantern Festival)- २०२२ विश्व शान्ति र्याली अप्रिल ३० तारिख हुदैछ । दक्षिण कोरियाको विश्व प्रसिद्ध लोटस् ल्यालटिन फेस्टिवल लाखौं लाखको सहभागिता हुने कार्यक्रम कोरोना महामारीले २ बर्ष पछि हुन लागेको हो । सउल नेपाल गुम्बा दक्षिण कोरियाले “२५६६औं बुद्धजयन्ती” मे १५ तारिख पुर्णिमाका दिन आईतबार मनाउने भएको छ । विश्व शान्तिका अग्रदूत भगवान शाक्यमुनीफुर्सदमा
वन्जु मुन्माक मैत्री समाज द. कोरियाको नयाँ कार्यसमिति गठन, अध्यक्षमा बिष्णु खत्री

दक्षिण कोरियामा सयभन्दा बढी संघसंस्था र संगठनका विच वन्जु मुन्माक मैत्री समाज नामक संस्थाको उदय भएको छ । कोरियाको उत्तरी भेग अन्तर्गतको ख्वङ्वन्दो, वन्जु र मुन्माक लगायतका ठाउँमा रहेका नेपालीहरुलाई समेट्दै विष्णु खत्रीको नेतृत्व रहने गरि गत आइतबार संस्थाको १६ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । कोरियामा रहेका नेपालीहरुलाई पर्ने हरेक समस्या र दुःखको बेला बन्धुत्व र मानवीय संवेदनालाई मध्यनजर गर्दै विशुद्ध सामाजिक सेवाको अवधारणा सहित यही १७ अप्रिलमाफुर्सदमा
दक्षिण कोरिया लगायत २० देशमा राजदूत सिफारिस

नेपाल सरकारले लामो समयदेखि रिक्त रहेका दक्षिण कोरिया लगायत विभिन्न २० देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट परराष्ट्र सेवाका ८ र अरू विभिन्न क्षेत्रबाट १२ जनालाई राजदूत सिफारिस गरेको हो। कोरियाको राजदूतमा ज्योति प्याकुरेललाई सिफारिस गरेको हो । अन्य को भए राजदूत सिफारिस ? बिष्णुपुकार श्रेष्ठ- चीन बासुदेव मिश्र- श्रीलंका दानबहादुर तामाङ- दक्षिण अफ्रिका शर्मिला पराजुली ढकाल- स्पेन मिलन तुलाधर- रूस डिल्लीराज पौडेल- मलेसिया शान्ताफुर्सदमा
शारीरिक तथा मनोरोग परामर्श कार्यक्रम हुने

दोलखाली समाज दक्षिण कोरिया, सिन्धुपाल्चोक समाज दक्षिण कोरिया , रामेछाप सम्पर्क समिति दक्षिण कोरिया मिलेर शारीरिक तथा मनोरोग परामर्श कार्यक्रम गर्ने भएको छ । आउँदो शनिबार बेलुकी ८ बजे हुने कार्यक्रमलाई न्युरो मनोचिकित्सक डा. सन्जिब चन्द्र गौतम र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विज्ञ सल्लाहकार डा. रमेश ढकालले प्रशिक्षण दिने भएका छन् । कोरियामा रहेका नेपालीहरुलाई कार्यक्रममा सहभागिताका लागि आयोजकलाई आग्रह गरेका छन् । ‘व्यस्त कार्य दैनिकीबाट थोरै समय आफ्नो लागिफुर्सदमा
काभ्रेमा अवस्थित किराँत कालीन ‘मङ्ग्यागाङ पेपुङ छ्योर्तेन’ मर्मतका लागि सहयोग अपिल

रोशी गाँउपालिका ६, कालिञ्चोक काभ्रेपलान्चोकमा रहेको किराँत कालीन एतिहासिक ‘मङ्ग्यागाङ पेपुङ छ्योर्तेन’ संरक्षणको अभावमा जिर्ण अवस्थामा पुगेको छ । अहिले स्थानीय स्तरबाटै आर्थिक संकलन गरि मर्मत गरिने भएको छ । पौराणिक धार्मिक तथा सांस्कृतिक सम्पदाले उक्त स्थान परिवेशको एतिहासिक परिचय बोकेको पाईन्छ । यस किसिमको पूरानो धार्मिक तथा एतिहासिक सम्पदा गाँउ, नगर, स्थानीय निकाय वा राज्य पक्षले संरक्षण गर्नुपर्दछ । उक्त छ्योर्तेनमा रहेको बहुमूल्य सम्पत्तीहरू चोरी भएपश्चात धेरै दशक बित्दासमेतफुर्सदमा
तामाङ रिम्ठिम द्वरा टुर तथा टेकिङ गाइडहरुलाई स्थलगत बृफिङ कार्यक्रम सम्पन्न

पर्यटन क्षेत्रमा आबद्ध तामाङहरुको साझा संस्था “तामाङ रिमठीम पर्यटन संजाल” ले पर्यटन क्षेत्रमा सकृय टुर तथा टेकिङ गाइडहरुलाई स्थलगत बृफिङ कार्यक्रम सम्पन्न गरेको छ । “Practical workdhop on guiding Buddhist monument/site for Tour & Trekking guides” भन्ने शिर्षकमा मंगलबार (फगुन १८ गते) काठमाण्डौँको श्रीघ: ठहिटीमा रहेको थेराबादी बिहार र चैत्यको प्राङ्गणमा TRTN का केही सदस्यहरु र अन्य Tour & Trekking Guide गरि करिब ३५ जनाको सहभागीतामा अन्तर्कृयात्मक फिल्ड ब्रिफिङ कार्यक्रमफुर्सदमा
सउल नेपाल गुम्बाले ल्होसार ल्हाब्सोल कार्यक्रम मार्च ६ मा गर्ने

थेग्छेन छ्योइलिङ सउल नेपाल गुम्बा दक्षिण कोरियाले गत बर्ष झै ल्होसार ल्हाब्सोल बिशेष कार्यक्रम मार्च ६ तारिख आईतबार गरिने भएको छ । नेपालबाट बुद्धको प्रतिमा ल्याई राखिएको धार्मिक तथा पर्यटकीय धार्मिक स्थल योङ्गीन शहरमा अवस्थित वाउजङ्सा गुम्बा (와우정사 용인)मा कार्यक्रम हुने सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो । आ-आफ्नो देशको धर्म कला सांस्कृति र परम्परा अनुसार मन्ने तरिकाहरू केही फरक पर्न सक्दछ । त्यसैगरी औंसीका दिनफुर्सदमा
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको अध्यक्षमा हिमाल खनाल

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको छैठौ अधिवेशन सम्पन्न भएको छ । सथै अधिवेसनबाट हिमालनालको अध्यक्षतामा २६ सदस्यता कार्यसमितिको निर्वाचित पनि भएका छन् । सोमबार भर्चुअल माध्यम जुम मार्फत सम्मपन्न अधिवेसनमा प्रमुख अतिथि एन आर एन ए दक्षिण कोरियाका अध्यक्ष दिपक पुन रहेका थिए । कार्यक्रमको अध्यक्षता कार्यबहाक अध्यक्ष राज खनाल ले गरेका थिए भने कार्यक्रम संचालन सचिव दिपक खनालले गरेका थिए । मञ्चको बरिष्ठ उपाध्यक्षमा टिकाराम पोखरेल, उपाध्यक्षहरुमा जीवन आचार्य,फुर्सदमा
सउल नेपाल गुम्बाले पाचौं वार्षिकोत्सब मनायो

थेग्छेन छ्योइलिङ सउल नेपाल गुम्बाले आफ्नो पाचौं वार्षिकोत्वस विशेष धार्मिक पूजापाठ गरि ९ तारिख आईतबार मनाएको छ । यो गुम्बा सन् २०१९ को अप्रिल १५ तारिख बैधानिक रूपमा कोरियामा दर्ता भएको पहिलो नेपाली धार्मिक संस्था हो । दक्षिण कोरियाको प्रसिध्द शहर गाङनाममा अवस्थित गुम्बा मै आर्य ताराको पूजा गरि वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरिएको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले बताउनुभयो । सन् २०१७ जनवरी ८ तारिखका दिन दक्षिणफुर्सदमा
तामाङ पत्रकार संघ दक्षिण कोरियाद्वारा नयाँ बर्षको अवसरमा सञ्चारकर्मी सम्मानित

तामाङ पत्रकार संघ दक्षिण कोरियाद्वारा सञ्चारकर्मी गोकुल दोर्जे तामाङ (थोकर), सिमा लामा र मेघप्रसाद वाईबा तामाङ नयाँ बर्षको अवसरमा शनिबार सम्मानित भएका छन् । कोरोनाका कारण भर्च्युअल माध्यमबाट नोभेम्बर १४ तारिखमा सम्पन्न दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । सम्मानित हुनुभएका गोकुल दोर्जे तामाङ (थोकर) संघको सल्लाहकार तथा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)का अध्यक्ष, सिमा लामा संघकी संस्थापक निवर्तमान अध्यक्ष र मेघप्रसाद वाईबा तामाङः संघका सल्लाहकारफुर्सदमा