अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको अध्यक्षमा हिमाल खनाल

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको छैठौ अधिवेशन सम्पन्न भएको छ । सथै अधिवेसनबाट हिमालनालको अध्यक्षतामा २६ सदस्यता कार्यसमितिको निर्वाचित पनि भएका छन् ।
सोमबार भर्चुअल माध्यम जुम मार्फत सम्मपन्न अधिवेसनमा प्रमुख अतिथि एन आर एन ए दक्षिण कोरियाका अध्यक्ष दिपक पुन रहेका थिए । कार्यक्रमको अध्यक्षता कार्यबहाक अध्यक्ष राज खनाल ले गरेका थिए भने कार्यक्रम संचालन सचिव दिपक खनालले गरेका थिए ।
मञ्चको बरिष्ठ उपाध्यक्षमा टिकाराम पोखरेल, उपाध्यक्षहरुमा जीवन आचार्य, रुद्र पौडेल र धर्मराज घिमिरे, महासचिव मा दिपक खनाल निर्वाचित भएका छन ।
त्यस्तै सचिवमा बाबुराम पोखरेल, नन्दराम पौडेल र माधव खनाल, कोषाध्यक्षमा ठाकुर खनाल, सहकोषाध्यक्षमा योगेश भुसाल रहेका छन् । सदस्यहरूमा भने प्रकाश आचार्य, मनोज पौडेल, लक्षमण गैरे, आविस्कार घिमिरे, मोहन पुन, शोभाखर खनाल, सुदन मगर, गोपाल प्रसाद मरासिनी, विजय खनाल, सिद्दी प्र. आचार्य, बशन्त आचार्य, सन्तोष भुसाल, बिश्व खनाल, सीता बन्जाडे बिस्ट र श्याम खनाल रहेका छन् ।