Advertisement
SKIP THIS

कोरियाको विश्व प्रसिद्ध लोटस् ल्यालटिन फेस्टिवल अप्रिल ३०, सउल नेपाल गुम्बाले २५६६औं बुद्धजयन्ती मे १५ मा गरिने


कोरियन बौद्ध धार्मिक संस्था, धर्मलम्बीको आयोजना र बिदेशी धार्मिक संस्थाहरू सहभागिता रहने लोटस् ल्यालटिन फेस्टिवल (Lotus Lantern Festival)- २०२२ विश्व शान्ति र्याली अप्रिल ३० तारिख हुदैछ । दक्षिण कोरियाको विश्व प्रसिद्ध लोटस् ल्यालटिन फेस्टिवल लाखौं लाखको सहभागिता हुने कार्यक्रम कोरोना महामारीले २ बर्ष पछि हुन लागेको हो ।

सउल नेपाल गुम्बा दक्षिण कोरियाले “२५६६औं बुद्धजयन्ती” मे १५ तारिख पुर्णिमाका दिन आईतबार मनाउने भएको छ ।

विश्व शान्तिका अग्रदूत भगवान शाक्यमुनी बुद्ध जन्मेको तिथि, २९ वर्षको उमेरमा सत्यको खोजीमा गृहत्याग गरी ६ वर्षसम्मा कठोर तपस्या पश्चात बुद्धत्व ज्ञान प्राप्त गरेको तिथि र ८० वर्षको उमेरमा महापरिनिर्वाण भएको ३ तिथि  एकै बैशाख पूर्णिमा तिथिमा पर्छ । उक्त महान तिथिलाई बौद्ध धर्मावालम्वीहरूले बिशेष महत्वका साथ बुद्द जयन्तीका रूपमा मनाउदै आइरहेको छ ।

विश्व शान्ति, विश्व महामारी कोरोना भाइरस् सिघ्र निर्मूल र हाल रसिया र युक्रेन युद्ध पनि सिघ्र शान्ति कायम होस् भन्ने उद्धेश्यले दक्षिण कोरियास्थित नेपाली गुम्वा थेग्छेन् छ्योइलिङ सउल नेपाल गुम्वाले नेपाली पूर्णिमाका दिन बुद्धजयन्ती कार्यक्रम भव्य मनाउने गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जेले जानकारी दिनुभयो ।

बुद्द जयन्तीमा विशेषताः व्यक्ति स्वयम कार्यक्रममा पाल्नु भै एउटै बत्ती, एउटै फलफूल भएनी आफू स्वयमले प्रत्यक्ष चढाउने र आफ्नो ईच्छ र आफ्नै हातले सकेको दान गर्नले अतिनै लाभदायी हुने विश्वास गरिन्छ । साथै उक्त दिन भगवानको प्रसाद ग्रहण गरिदिन हुन समेत प्रमुख लामाले अनुरोध गरेका छन् ।

गुम्बा व्यवस्थापन समिति र प्रमुख लामाले २५६६औं बुद्धजयन्तीको अवसरमा देश तथा विदेशमा रहेका बौद्ध धर्मावालम्विहरूका साथै सम्पूर्ण नेपालीको सुख, सम्बृद्धि र बिश्व शान्तिका हार्दिक शुभकामना व्यत्त गरेको छ ।

उक्त कार्यक्रम सउल नेपाल गुम्बा अवस्थित गाङ्नाम, इलवान दोङ्मा विहान ठिक ११ बजे हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...