सउल नेपाल गुम्बाले ल्होसार ल्हाब्सोल कार्यक्रम मार्च ६ मा गर्ने

थेग्छेन छ्योइलिङ सउल नेपाल गुम्बा दक्षिण कोरियाले गत बर्ष झै ल्होसार ल्हाब्सोल बिशेष कार्यक्रम मार्च ६ तारिख आईतबार गरिने भएको छ ।
नेपालबाट बुद्धको प्रतिमा ल्याई राखिएको धार्मिक तथा पर्यटकीय धार्मिक स्थल योङ्गीन शहरमा अवस्थित वाउजङ्सा गुम्बा (와우정사 용인)मा कार्यक्रम हुने सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो ।
आ-आफ्नो देशको धर्म कला सांस्कृति र परम्परा अनुसार मन्ने तरिकाहरू केही फरक पर्न सक्दछ । त्यसैगरी औंसीका दिन सरसफाई र भोलिपल्ट नयाँ वर्षको स्वागत गरिन्छ ।
ल्होसार (नयाँ वर्ष) पहिलो दिन मान्ने मान्यजनहरू, गुरू, बुवाआमा, इष्टामित्र, घरपरिवारबीच एकआपसमा रमाईलो गरी शुभकामना (आशिर्वाद/मोलम) अदानप्रदान गरि मनाइन्छ । त्यसै गरेर लोसार (छेपा-सुं) तृतीय- पूह्री सम्ममा धार्च्योगका साथै लुङताहरू विभिन्न बौध्द मन्त्र छापेको लुङत, पन्चरंगी ध्वजाहरू अग्लो अग्लो डाँडामा वा आफ्नो घर–घरमा धार्च्योग् चढाउने लुङता हावालाई चढाई ल्हाब्सोल भगवानहरू प्रति जय जयकार गरिने प्रचलन रहेकोले यसपाली पनि कोरियामा रहेका नेपालीहरूले जातीय कला, सांस्कृति र भेषभूषामा आ-आफ्नो जातीय नृत्यका साथ भव्य प्रस्तुती रहने पनि गुम्बाका प्रमुख लामाले जानकारी दिएका छन् ।
कार्यक्रममा सम्पूर्ण स्वदेश तथा बिदेशमा रहेका नेपाली, कोरियन बौध्दमार्गीहरू संगको अपसमा भाइचारा कायम हुँदै नेपाल र कोरियाबीच समेत शान्ति,सम्झौता छिट्टै कायम भै विश्वशान्ती छाइयोस भन्ने उध्देश्यले ल्हाब्सोल कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । दुइ देशको नागारिक सुमधुर सम्बन्ध र सुख शान्ति, समृद्धि, सु-स्वास्थ्य र विश्वशान्ति लागी ल्हाब्सोल कार्यक्रम आयोजना गरिएको हो ।
उक्त मिति, समय र स्थानमा नेपाली तथा कोरियन सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूको गरिमामय उपस्थितिका लागि समेत प्रमुख लामाले निमन्त्रणासंगै हार्दिक अनुरोध गरेका छन् ।
कार्यक्रमः
मितिः २०२२, ६ मार्च आइतवार,
समयः विहान १०~१२ पूजापाठ १२~१ सांस्कृतिक कार्यक्रम र १~१:३० समापन
स्थान : वाउ झोङसा, नेपाल बुद्ध स्थापना स्थल योङईन दक्षिण कोरिया
थप जानकारीका लागि सम्पर्क नं. : 010-8534-7919 कुन्साङ दोर्जे लामा