Advertisement
SKIP THIS

कोरियामा दोस्रो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने


स्थापना भएको छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसान दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०७६ साल तथा बुद्ध जयन्तीको अवसरमा २०१९ अप्रिल २८ तारिखमा दोस्रो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता गत वर्ष प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता भएको ठाउँ 웅상체육공원 मा हुनेछ।
부처님은 네팔에서 태어났습니다 (Buddha was Born in Nepal) भन्ने मुल नाराका साथ नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नको लागि प्रतियोगिता आयोजना गर्न लागेको हो। बुद्ध धर्मप्रती सबैको आस्था रहिरहोस्, बुद्ध धर्मलाई जगेर्ना गरौं र गौतम बुद्ध नेपालमै जन्मेको हो भन्ने सन्देश सबै समक्ष पुगोस् भन्ने प्रतियोगिताको उदेश्य रहेको छ। विदेशी भुमिलाई कर्मा थलो बनाई व्यस्तताको वाबजुद पनि फुटबल खेल प्रती रुचि तथा पेशा बनाउने खेलाडीहरुलाई प्रतियोगिताले उत्साही तथा खेल प्रति थप विकास गर्नेछ र नेपाली दाजुभाइहरु बिचको आपसी सुमधुर सम्बन्ध तथा भाईचारा बढाउन प्रतियोगिताले ठूलो भुमिका खेल्ने संस्थाका अध्यक्ष विश्वास ब्लोनले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २० लाख वन र दोश्रो हुने टिमलाई १० लाख वन नगद पुरस्कर सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ। टिम दर्ता शुल्क भने २ लाख ५० हजार वन लाग्ने छ । गत वर्ष झै प्रतियोगिता मर्यादित, निस्पक्ष र फुटसलको अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइने फुटसल प्रतियोगिताका संयोजक तथा संस्थाका उपाध्यक्ष धनराज तामाङले जानकारी दिए । साथै दोस्रो बुद्ध जयन्ती फुटसल प्रतियोगितालाई सफल बनाइदिनको लागि कोरियामा रहेको सम्पुर्ण संघ संस्थाहरु, फुटबल क्लबहरु तथा सम्पुर्ण खेलप्रेमी खेलाडीलाई हार्दिक अनुरोध गरेको छ।
गत वर्षको प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगितामा विजेता ह्याङ ओभर एफ.सी. भएको थियो भने उपविजेता हिमालयन एफ.सी. रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...