दक्षिण कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरु बाँडफाड सम्पन्न


गत आईतबार नेपाल कोरिया भलिबल संघको आयोजनामा कोरियामा हुने विभिन्न भलिबल प्रतियोगिताहरुको कार्यक्रम बाँडफाँड भएकाे छ । सउलमा भएकाे कार्यक्रम भलिवल संघका संयोजक भजिन्द्र क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि उपस्थित भएका थए ।

हाम्रो प्रतिबद्दता ,स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता भन्ने मुल नारा सहित दक्षिण कोरियामा रहने नेपाली भलिबल खेलाडीहरुको प्रोत्साहन र हौसला स्वरुप,नेपाली भलिबल खेलको बिकास र प्रबर्द्दनमा प्रावासी भूमिबाट टेवा पुर्याउन र नेपाली खेलप्रेमीहरुलाई मनोरञ्जन दिलाउनका साथै विभिन्न परोपकारी उद्देश्यहरु सहित सदाको बर्ष झैं यस बर्ष २०१९ मा पनि दक्षिण कोरियामा आयोजना गर्ने भलिबल प्रतियोगिताहरुको लागि संघद्वारा निर्धारित मापदण्डमा आधारित रहेर प्रतियोगिता आयोजनाको निम्ति योग्य संघसंस्थाहरुलाई निवेदनको लागि अनुमति दिएको थियो।

संघको मातहतमा रहेर यस सिजनमा संघ लगायत अन्य ५ वटा संघसंस्थाहरुद्वारा आगामी अप्रिल महिना देखि सेप्टेम्बर महिनासम्म ६ वटा प्रतियोगिताहरु आयोजना हुने भएको छ। जसमा, पहिलो प्रतियोगिता अप्रिल २८मा स्याङ्जा परिवार गर्नेछ । दोश्रो प्रतियोगिता मे २६ गुल्मी सम्पर्क समिति र तेश्रो प्रतियोगिता जून २३ सिहुङ्सी आनसानले गराउनेछ । जुलाई २८ नेपाल कोरिया भलिबल संघ चाराै खेल खेलाउने छ भने पाचौं प्रतियोगिता अगष्ट २५, विश्वकर्मा समाजले गर्नेछ । वर्षकाे अन्तिम प्रतियोगिता कोरियन चाड छुसक,बाग्लुङ सम्पर्क समितिले अायाेजना गर्नेछन् ।

सम्पूर्ण प्रतियोगिताका खेलहरु भलिबल खेलको अन्तराष्ट्रिय छाता संस्था FIVB को नियमअनुसार र नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर नेपाली राष्ट्रिय रेफ्रिहरुद्वारा खेलाईनेछ। प्रत्येक प्रतियोगिताहरुमा सहभागी हुनको लागि टिम दर्ता शुल्क ३ लाख ५० हजार वन तोकिएको छ भने न्युनतम पुरस्कार राशि प्रथम हुनेलाइ १३ लाख वन,द्वितीय हुनेलाइ १० लाख वन र सान्त्वना दुई टिमलाई ३ लाख ५० हजार वन हुनेछ ।

कार्यक्रमको समापन गर्दै संयोजक भजिन्द्र क्षेत्रीले उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नुका साथै उक्त मितिमा कुनै पनि खाले कार्यक्रमहरु नजुधाई सम्पूर्ण प्रतियोगिताहरुलाई सफल पार्नको लागि कोरियाबासी संघसंस्थाका प्रतिनिधि एवं सम्पूर्ण भलिबल खेलप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अनुरोध गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...