Advertisement
SKIP THIS

नेपाल फुटबल महासँघ दक्षिण काेरियाकाे प्रथम अधिबेशन फेब्रुअरी ६ तारिख हुने। 


नेपाल फुटबल महासँघ दक्षिण काेरियाकाे प्रथम अधिबेशन यहि आउदाे फेब्रुअरी ६ तारिख साैल तुन्देमुनमा हुने भएकाेछ।

प्रवासी भुमी दक्षिण काेरियामा छरिएर रहेका सम्पुर्ण नेपाली फुटबल कल्वहरुलाई एकताकाे शुत्रमा गासी  नेपाली फुटबल प्रेमीहरु एक हाै भन्ने भावनालाई जागृत गराउदै “प्रवासी भुमीमा हामी नेपाली फुटबल प्रेमीहरुकाे एकता र बिकासकाे आवश्यकता ” भन्ने मुल नाराका साथ २०१६ मा  नेपाल फुटबल महासँघ दक्षिण काेरियाकाे तदर्थ समिति गठन गरिएकाे थियाे।

नेपाली फुटबलकाे बिकास र फुटबल खेलाडीहरुकाे हकहितकाे साथै फुटबलकाे माध्यमबाट नेपाल र नेपालीकाे पहिचान ,हिमालय ( M. Everest ) काे चिनारी र शान्तिका अग्रदुत भगवान गाैतम बुद्ध जन्मेको भुमि नेपाल ( Buddha was born in nepal ) भनी परिचित गराउदै नेपालीहरु माझ भाईचारा,मेलमिलाप ,सद्भाव,सहयाेग र आत्मियता बढाउदै लैजाने उद्धेश्यका साथ नेपाल फुटबल महासँघ दक्षिण काेरिया
Nepal football federation S.Korea गठन गरिएकाे  महासंघका अध्यक्ष कृष्ण गुरूङले जानकारी दिएका छन्।

स्थापना भएकाे २ बर्षकाे अवधिमा फुटबल महासंघ अन्तरगत रहेका क्लबहरूमा  भाइचारा सम्बन्ध बढाउदै लगेकाेछ। फुटबल आयाेजना गर्नका लागी पालाे बाडफाड गरेकाेछ। फुटबल प्रतियोगिताहरुलाई अनुशासित ,मर्यादित ढंगबाट संचालन गर्नकाे लागि फिफाकाे निति नियमहरुलाई अनुशरण गर्दै महासंघ नियमावलीकाे तर्जुमा गरेकाेछ। खेल मैदान ,रेफ्रि र खेल संचालनका लागी अावश्यक सहयाेग पनि गर्दै आएकाे छ। नेपालबाट कुनै अन्तरदेशीय फुटबल प्रतियोगिता खेल्न काेरिया आगमन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडी लगायत फुटबल सम्बन्धि बिशिस्ट ब्यक्तित्वहरुलाई स्वागत,सम्मान  पनि गरेकाे छ। यस्ता कार्यलाइ निरन्तरता  दिन तथा महासंघलाइ गतिशिलता दिन पनि अधिबेशनकाे आवस्यकता रहेकाे अध्यक्ष गुरूङले बताए। तसर्थ काेरियामा रहेका नेपाली फुटबल क्लबका पदाधिकारी, खेलाडी शुभचिन्तक, खेलप्रेमी तथा बिभिन्न  संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाइ उपस्थितीकाे लागी महासंघले हार्दिक अनुराेध गरेकाेछ।

अधिबेशन हुने मिति २०१९ फेब्रुअरी ६ तारिख

स्थान : आगमन रेष्टुरेण्ट तुन्देमुन

समय :  बिहान १० बजे

सम्पर्क नम्बर  : ब्राे०तमु ०१०४८२२१८९९, राज कुमार गाेले ०१०६८७४३३८९ ,मदन राई ०१०७६१२१६२०

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...