Advertisement
SKIP THIS

च्याम्पियन्स लिगः प्रि–क्वाटरफाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडी


च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वार्टरफाइनलका सम्पूर्ण खेलहरु सकिएसँगै विभिन्न आठ क्लबहरुले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन्। प्रि–क्वाटरफाइनलमा धेरै अप्रत्यासित नतिजाहरु निक्ले। धेरै क्लबहरुलाई हारबाट जोगाउन स्टार खेलाडीहरुले निकै ठूलो भूमिका खेले।

प्रि–क्वार्टरफाइनलको खेलबाट साविक विजेता रियल मड्रिड अन्तिम १६ बाट बाहिरियो। उता युनाइटेडले आफ्ना सिनियर खेलाडीबिना नै बलियो मानिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध अप्रत्यासित नतिजा निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो।
प्रि–क्वाटरफाइनल खेलमा स्टार खेलाडी लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, रोमेलु लुकाकु, दुसन टाडिस, सर्जियो अग्युरो, सादियो माने लगायतका खेलाडीले आफ्नो जादुमय खेल प्रदर्शन गर्दै क्लबलाई क्वाटरफाइनलमा स्थान बनाउन सहयोग गरे।


५) साडियो माने
सेनेगलका स्टार खेलाडी साडियो मानेले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दे लिभरपुललाई क्वाटरफाइनल सम्म पुर्याउन ठूलो सहयोग गरे । पहिलो लेगमा बराबरी खेलेको लिभरपुले बार्यन म्युनिखविरुद्ध दोस्रो लेगमा ३–१ गोलको जित निकाल्न सफल भयो।
उक्त खेलमा मानेले दुई गोल गरेका थिए। निकै नै आक्रामक खेल पस्कने उनी प्रिमियर लिगमा पनि सर्वाधिक गोल गर्ने उत्कृष्ट पाँच खेलाडीको सूचीमा छन्।
मानेले बार्यनविरुद्ध खेलको २६ मिनेटमा पहिलो गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। मानेले खेलको ८४ औँ मिनेटमा दोस्रो गोल गरेका थिए। लिभरपुलको लागि भर्जिल भान डेजक खेलको ६९ औँ मिनेटमा गोल गरेका थिए ।

४) रोमेलु लुकाकु
बेल्जियम राष्ट्रिय फुटबल टोलीका स्टार खेलाडी रोमेलु लुकाकुले यस सिजन च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्न सफल भए। म्यान्चेस्टर युनाइटेडका मुख्य खेलाडीको रुपमा रहेका उनले प्रिमियर लिगमा पनि पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरे।
च्यम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा २–० गोलले पछि परेको युुनाइटेडले पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो।
पीएसजीविरुद्धको दोस्रो खेलमा लुकाकुले दुई गोल गर्न सफल भएका थिए। उनले देलको दोस्रो मिनेटमा गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। लुकाकुले खेलको ३० औँ मिनेटमा अर्काे गोल गर्दै टिमलाई जितको बाटो देखाएका थिए। त्यसपछि मार्काेस रासफोर्डले खेलको इन्ज्यूरी समयमा गोल गर्दै टिमलाई जित दिलाए।
समग्रमा ३–३ गोलको बराबरी भएको खेलमा युनाइटेडले अवे गोलको आधारमा जित निकालेको थियो।

३) दुसन टाडिस
साविक विजेता टोली रियल मड्रिडलाई च्याम्पियन्स लिगमा पछि पार्दै क्वाटरफाइनल स्थान बनाउन सफल टोली हो आयाक्स। आयाक्स पछिल्लो समय च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्न सफल छ। आयाक्सका स्टार खेलाडी दुसन टाडिसले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनल खेलहरुमा उत्कृष्ट प्रदर्शन गरे।
उनले दोस्रो लेगमा एक गोल पनि गरेका थिए। दुसनले खेलको ६२ औँ मिनेटमा गोल गरेका थिए। युवा खेलाडी दुसन फिनिसिङ गर्नमा माहिर छन्। पछिल्लो समय उत्कृष्ट फममा रहेका उनले आयाक्सका हरेक खेलहरुमा जादुमय प्रदर्शन गर्दै आइरहेका छन्।

२) लियोनल मेस्सी
गोल मेसिनको रुपमा चिनिने बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले विश्व फुटबलमा उत्कृष्ट खेलाडी हुन्। मेस्सी सहभागी भएका सायद कमै खेलमा मात्र गोल गर्न असफल छन्।
मेस्सीले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएका थिए । उनले उत्कृष्ट खेलसँगै च्याम्पियन्स लिगको यो सिजन नयाँ रेकर्ड बनाउन सफल भएका थिए।
मेस्सीले च्याम्पियन्स लिगमा एउटै खेलमा दुई गोल र दुई असिस्ट गर्ने खेलाडीको रुपमा रेकर्ड बनाउन सफल भए।
मेस्सीले दोस्रो लेगमा भएको लियोनविरुद्धको खेलको १७ औँ मिनेटमा पेनाल्टी मार्फत एक गोल गरे भने खेलको ७८ औँ मिनेटमा खेलमा गोल गर्न सफल भएका थिए । उनले जेरार्ड पिके र उसमान डेम्बेलेको गोलमा पास मिलाएका थिए ।

१) क्रिस्टियानो रोनाल्डो
युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो फुटबल इतिहासमा एक महान खेलाडीको रुपमा रहेका छन्। रोनाल्डो च्याम्पियन्स लिगका उत्कृष्ट खेलाडी पनि हुन् । रोनाल्डोका च्याम्पियन्स लिगमा धेरै रेकर्डहरु छन्।

रोनाल्डोले एट्लेटिको मड्रिडविरुद्धको खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै युभेन्ट्सलाई क्वाटरफाइनलमा पुगाउन सफल भएका थिए। पलिहो लेगमा २–० गोलले पछि परेको युभेन्ट्लाई रोनाल्डोले ह्याट्रिक गर्दै समग्रमा ३–२ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गराएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...