Advertisement
SKIP THIS

एमबाप्पे र मोडरिचले तताएको फुटबल


एजेन्सी । २०१८ को जुलाई १५मा मस्कोस्थित लुझनिकी रंगशालाले सम्पूर्ण विश्वको ध्यान आफूतिर तानेको थियो । रुसले पहिलो पटक आयोजना गरेको विश्व फुटबलको सबभन्दा ठूलो मेला विश्वकपको फाइनल लुझनिकीले त्यही दिन सम्पन्न गरेको थियो । जहाँ तेस्रो पटक फाइनल खेल्दै गरेको फ्रान्सले दोस्रो पटक विश्व च्याम्पियनको ताज पहिरियो । धेरैको अपेक्षा विपरित पहिलो पटक फाइनल पुगेको क्रोएसियाको सनसनीले उपविजेताभन्दा माथिको उपलब्धि हासिल गर्न सकेन ।

क्रोएसियाले विश्वकपमा उपविजेताको क्लाइमेक्समै चित्त बुझाउँदा टोलीका कप्तान लुका मोडरिचका लागि भने वर्ष २०१८ स्मरणीय भयो । रियाल मड्रिडका मिडफिल्डर मोडरिच स्पेनिस क्लबलाई लगातार तेस्रो पटक युरोपियन च्याम्पियन बनाएर रुसको यात्रामा राष्ट्रिय टिमसँग निस्केका थिए । जहाँ क्रोएसियालाई फाइनलसम्म पुर्‍याउँदा उनको भूमिका नेतृत्वदायी रहयो ।

साबिक विश्व विजेता जर्मनी समूह चरणबाट बाहिरिदाँ विश्वका स्टार फुटबलर लियोनेल मेसीको अर्जेन्टिना र क्रिष्टियानो रोनाल्डोको पोर्चुगल अन्तिम–१६ बाट बाहिरिएका थिए ।

विश्वकपमा सबभन्दा सफल ब्राजिलले पनि यात्रा क्वार्टरफाइनलभन्दा अगाडि बढाउन सकेन । अन्तिम आठको खेलमा बेल्जियमसँग २–१ ले निराश हुँदै ब्राजिल घर फर्किएको थियो । घरेलु मैदानमा आयोजक रुसको अनपेक्षित यात्रामा पनि क्वार्टरफाइनलमा क्रोएसियासँग टाई–ब्रेकरमा ४–३ ले पराजित भएसँगै पूर्णविराम लाग्यो ।

फ्रान्सलाई विश्व च्याम्पियन बनाउँदा फाइनलमा गोल गर्दा किलियन एमबाप्पेले पेलेको कीर्तिमानसँग बराबरी गरे । विश्वकपको फाइनलमा गोल गर्ने किशोर खेलाडीका रुपमा नाम लेखाउने उनी पेले (१९५८) पछि दोस्रो खेलाडी बने । उनी र लियोनल मेसीको एक तस्बिर विश्वकपताका भाइरल भयो । अन्तिम १६ को खेलमा फ्रान्ससँग अर्जेन्टिना ४–३ ले पराजित भएपछि एमबाप्पेले मेसीको काधमा हात राख्दै सान्त्वना दिएजस्तो देखिने तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

इङ्ल्यान्डका कप्तान ह्यारी केन ६ गोल गर्दै उच्च गोलकर्ता बने । युुवा खेलाडी एमबाप्पे, नेइमार र ह्यारी केनले राम्रो प्रदर्शन गर्दा १०औं वर्षदेखि अन्तर्राट्रिय फुटबलमा राज गरिरहेका मेसी र रोनाल्डोबाट उनीहरुका समर्थकको अपेक्षा पूरा भएन । मेसी र रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसकेका घटना वर्षैभरी चर्चामा रहे ।

वर्षभर चर्चामा रहेका खेलाडी

लुका मोडरिच, क्रोएसिया (रियाल मड्रिड)

३३ वर्षीय लुका मोडरिचले मेसी र रोनाल्डोले एक दशकदेखि दबदबा कायम गरेको ‘बालन डी अर’का साथै फिफाको वर्षको सर्बोत्कृष्ट खेलाडी पुरस्कार खोस्दै विश्व सर्वोत्कृष्ट खेलाडीमा आफ्नो नाम दर्ज गर्न सफल भए । उनले रियाल मड्रिडलाई २०१८ मा च्याम्पियन्स लिगको ट्रफी लगातार तेस्रो पटक उचाल्न र क्रोएसियालाई विश्व कप फाइनलमा पुर्‍याउन सफल भएका थिए ।
मोडरिच टिमको जितका लागि मिडफिल्डमा राम्रो प्रदर्शन गर्दै अवसर पाउँदा गोल गर्न सक्ने क्षमतावान खेलाडीका रुपमा चिनिन्छन् ।

किलियन एमबाप्पे

रुसमा भएको विश्वकपमा फ्रान्सलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रममा एमबाप्पेले चार गोल गरेका थिए । त्यसमा फाइनलको गोल पनि सामेल छ । फाइनलमा गोल गरेपछि उनी १९५८ को विश्वकपमा पेले पछि विश्वकप फाइनलमा गोल गर्ने दोस्रो किशोर खेलाडी बनेका थिए ।

२० वर्षपछि फ्रान्सले विश्वकप उपाधिमा कव्जा जमाउँदाका मुख्य नायक एम्बाप्पेलाई विश्व फुटबलमा मेसी र रोनाल्डोको उत्तराधिकारीका रुपमा पनि चिन्न थालियो । पेरिस सेन्ट जर्मनका २० वर्षीय फरवार्ड एमबाप्पेले विश्वकप फाइनलमा गोल गरेपछि ब्राजिलीयन स्टार पेलेले ट्विट गर्दै “एमबाप्पेले यसैगरी कीर्तिमान बनाउँदै गए, मैले फेरी बुट लगाएर मैदान आउनुपर्ला जस्तो छ ।”

लियोनल मेसी, अर्जेन्टिना (बार्सिलोना)

३१ वर्षीय लियोनल मेसी यो वर्ष पनि चर्चाको केन्द्रमा रहे । ५ पटक ‘बालन डी अर’ जितेका मेसी विश्वकपताका व्यक्तिगत प्रदर्शनमा सफल भए पनि फेरी एकपटक अर्जेन्टिनालाई उपाधिको बाटोमा डोर्‍याउन नसकेको भनेर आलोचित भए ।
रुसमा मेसीले आइसल्यान्डविरुद्धको खेलमा पेनाल्टीको अवसर खेर फालेपछि उनी आलोचीत हुुनुपरेको थियो । मेसीले २०१२ को विश्वकपमा टिमलाई फाइनलसम्म पुर्‍याएका थिए ।
२०१८ मा अर्जेन्टिनाले विश्वकप उपाधि उचाल्ने पण्डितको अपेक्षा विपरित मेसी तथा उनको टिम अन्तिम १६ बाटै घर फर्कियो । फिफा वर्ष खेलाडी र बालन डी अरमा रहँदै आएको उनको प्रभावमा पनि यसपाली लुका मोडरिचले धावा बोले ।

क्रिष्टियानो रोनाल्डो, पोर्चुगल (रियाल मड्रिड–युभेन्ट्स)

सन् २०१८ मा पोर्चुगिज स्टार रोनाल्डो विभिन्न कारणले चर्चामा रहे । रोनाल्डोले विश्वकपमा स्पेनविरुद्ध जुन १५ मा ह्याट्रिक गरेका थिए भने इरानविरुद्धको खेलमा पाएको पेनाल्टीको अवसर खेर फालेका थिए ।

विश्वकपको अन्तिम–१६ मा उरुग्वेका इडिन्सन काभानीले २ गोल गर्दा पोर्चुगलका लागि पेपेले एक गोल गरे पनि रोनाल्डोले गोल थप्न नसक्दा टोलीको फाइनल पुग्ने सपना चकनाचुर भएको थियो । तर, खेल दौरान मैदानमा काभानी घाइते हुँदा रोनाल्डोले उनको हात समातेर बेन्चसम्म पुर्‍याएको घटनाको भने विश्वले प्रशंसा गरेको थियो ।

रोनाल्डो पनि मेसीजस्तै ‘बालन डी अर’मा असफल भए । उनले पूर्वसहकर्मी लुका मोडरिचलाई बालन डी अरको उपाधि सुम्पिए । सन् २०१४, २०१६, २०१७ र २०१८ मा रियाल मड्रिडलाई च्याम्पियन्स लिग उपाधि जिताएका रोनाल्डो अप्रत्याशित निर्णय गर्दै जुलाई १० मा इटालियन फुटबल क्लब युभेन्ट्ससँग ४ वर्षका लागि अनुबन्धित भएका थिए ।

नेइमार– ब्राजिल (पेरिस सेन्ट जर्मेन, पीएसजी)

सन् २०१० बाट ब्राजिली राष्ट्रिय टिममा डेब्यु गरेका २६ वर्षीय नेइमारले रुस विश्वकपमा क्वार्टरफाइलनसम्म पुग्दा टिमको जितका लागि महत्वपूर्ण २ गोल गरेका थिए । विश्वकपमा खेलका दौरान पटक–पटक मैदानमा लडेका उनलाई अभिनय गरेको आरोप समेत लागेको थियो । उनले आफू लडेकोमा मिडियासामू स्पष्टीकरण समेत दिनुपरेको थियो । विश्वकै सबभन्दा महँगो मुल्यमा बार्सिलोनाबाट फ्रान्सेली क्लब पीएसजीमा आवद्ध भएका नेइमारलाई विश्व फुुटबलको भविष्यका रुपमा लिइन्छ ।
उनीबाट जुन अपेक्षा गरिएको थियो त्यो रुस विश्वकपमा नदेखिए पनि उनको प्रदर्शन र गोल कौसलको प्रसंसा हुने गरेको छ ।

मोहम्द सालाह, इजिप्ट (लिभरपुल)

इजिप्टका फरवार्ड मोहम्मद सालाह २०१८ मा चर्चाको सिखरमा रहेका अर्का फुुटबलर हुन् । उनले विश्वकपको समयमा चेचेन्याका राजनीतिकर्मी रामजन केडेरोवसँग फोटो खिचाएपछि उनी विवादमा तानिएका थिए ।
२०१७–२०१८ को च्याम्पियन्स लिगको फाइनलमा रियाल मड्रिडविरुद्धको खेलमा सर्जियो रामोससँग जुध्दा घाइते भएका सालाह लामो समय मैदान बाहिर रहेर २०१८ विश्व कपमामात्र इजिप्टको टिमबाट मैदान प्रवेश गरेका थिए । यो सिजनको बालन डी अरमा पनि सालाहको नाम मनोनयनमा परेको थियो ।

ह्यारी केन, इङल्यान्ड (टोटेनह्याम)

इङ्ल्यान्डका कप्तान ह्यारी केनले यो वर्ष रुस विश्वकपमा ६ गोल गरेसँगै उनको चर्चा थप चुलियो । विश्वकप समूह चरणको खेलमा पानामाविरुद्ध ६–१ गोलको जित निकाल्दा केनले २ पेनाल्टी गोलसहित रुस विश्वकपमा रोनाल्डोपछि ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने ।

उनले विश्वकपमा राम्रो प्रदर्शन गर्दै टोलीलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए । सेमिफाइनलमा क्रोएसियासँग २–१ ले पराजित भएपछि तेस्रो स्थानको लागि भएको खेलमा इङ्ल्यान्ड बेल्जियमसँग २–० ले पराजित भएको थियो । ६ गोल गरेका केनले फिफाद्वारा गोल्डेन बुट पाएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...