गाेकुल थाेकर

 

कोरियामा एक हप्तामा चार नेपालीको मृत्यू

नेपालमा धेरै नेपाली युवाहरु कोरिया आउनका भाषा परिक्षा दिनका लागि फर्म भरि रहँदा कोरियामा रहेका नेपालीले भने एक पछि अर्को दुःखद् समाचार सुनिरहेका छन् । यहाँ एक हप्तामा चार जना नेपालीले ज्यान गुमाएका छन् । दुई जनाको सुतेकै अवस्थामा मृत्यू भएको छ भने विरामी भएर उपचारको क्रममा र कम्पनीमा दुर्घटना भएर एक एक जनाले ज्यान गुमाएका छन् । सोल देखि तीन सय किलोमिटर टाढा गजेदोको पानी जहाज बनाउने कम्पनी हान्वा ओसनमा कार्यरत सोलुखुम्बू नेचासल्यान गाउँ पालिकाका रन्जन राईको सुतेकै अवस्थामा शनिवार मृत्यु भएको हो । उनी सोलुखुम्बू सेवा समाजका पुर्वफुर्सदमा


सोलुखुम्बु सेवा समाजले चोमोलोङ्मा सांगितिक सौगात गर्ने


नोभेम्बर २६ मा सलनालको कार्यक्रम बाँडफाँड हुने

नेपाली सम्पर्क समिती(NCC) ले कोरियाको नया बर्ष( सलनाल) को अबसरमा बिभिन्न नेपाली संघ सस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रम बाँडफाड गर्ने भएकाे छ । नोभेम्बर २६ आईतवार विहान ११.३० बजे दाेङदेमुनकाे निक ट्राभल्सको सभाहलमा कार्यक्रम हुन लागेकाे आयोजकले बताएको छ । कोरियामा  रहेका विभन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रम एनसीसीले बाँडफाँड गर्दै आएको छ । सन् १९९१ मा स्थापना कोरियाको  पुरानो संस्थाका रूपमा रहेको एनसीसी यहाँ रहेका नेपाली संघ संस्थाहरूको छाता संस्थाका रूपमा रहँदै आएको  छ । बिगतमा निकै राम्रो काम गरेको नेपाली सम्पर्क समिति NCC ले सबै संघसंस्था को सहकार्य माफुर्सदमा


सोनाम ल्होछार सलनालको पहिलो दिन

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन सोनाम ल्होछार मनाउने भएको छ । मन्जुश्री सम्वत २८६० औं डुक ल्हो (पुख्री ल्हो) गडुल वर्षमा नेपाल लगाएत विश्व भरि रहेका तामाङहरुले सोनाम ल्होछार मनाउँदै आएका छन् । फेब्रुअरीको ९ तारिखमा ल्होछार गर्न लागेको घेदुङका अध्यक्ष राजकुमार स्याङतानले जनाएका छन् । ‘हामीले नेपालबाट तामाङ कलाकार सहितको भब्य सोनाम ल्होछार गर्नेछौं । अघिल्ला बर्षहरु भन्दा अझ ब्यवस्थित र भब्य बनाउने प्रयास हाम्रो हुनेछ ।’ उनले थपे । नेपालमा रहेका तामाङहरुले ल्होछारको तिथी अनुसार नै मनाउने भए पनि कोरियामा रहेका तामाङले भने सलनालको विदामाफुर्सदमा


दक्षिण कोरियामा १५ वर्षमा २५० नेपालीले गुमाए ज्यान, आत्महत्या गर्ने धेरै

पारिश्रमिकका हिसाबले आकर्षक मानिएको दक्षिण कोरियामा पछिल्लो १५ वर्षमा २५० जना नेपालीले ज्यान गुमाएका छन्। रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अनुसार सन् २००८ देखि २०२३ सम्म इपिएस प्रणालीअन्तर्गत कोरिया पुगेका २५० जना नेपालीले ज्यान गुमाएका हुन्। यस अवधिमा ६८ जनाले आत्महत्या गरेका छन् भने ६२ जनाको मृत्युको कारण खुलेको छैन। कार्यस्थलमा दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या ३० छ। त्यस्तै, सडक दुर्घटनाबाट २९ जना, विभिन्न किसिमको बिरामी भएर २२ जना, पानीमा डुबेर ४ जना र अन्य विभिन्न कारणबाट ३५ जनाले ज्यान गुमाएको इपिएस शाखाको तथ्यांकमा उल्लेख छ। आत्महत्या गर्ने र मृत्यु हुनेमा विद्यार्थी तथा अन्य विभिन्न भिसामा कोरिया पुगेकाहरूकोफुर्सदमा


लमजुङ परिवारले गम बहादुर गुरुङको सम्झनामा श्रदान्जली सभा गर्ने

लमजुङ परिवार दक्षिण कोरियाले गम बहादुर गुरुङको सम्झनामा श्रदान्जली सभा गर्ने भएको छ । आईतबार हुने कार्यक्रम जीहाङको नागार्जुन गुम्बामा हुनेछ । संस्थाका अध्यक्ष मेघ प्रसाद वाइबाले दिएको जानकारी अनुसार बिहान साढे १० बजेबाट लामाले मृतकको नाममा मोलाम पूजापाठ गरेर कार्यक्रम सुरु गर्ने छन् । पूजापाठ एक घण्टा चल्ने छ । दिउँसो १२ बजे देखि श्रदान्जली सभा हुनेछ । ‘दक्षिण कोरियामा रहेका हामी नेपालीहरुको अभिभावक नेपाली राजदुतावास सौल लगायत विभिन्न संघसंस्थाहरु गैर आवासीय नेपाली संघ NRNA,गण्डकी प्रदेश समाज, नेपाली सम्पर्क समिती NCC, नेपाल आदिवासी जनजाति महासंघ, तमु धीं, नेपाल आदिवासीफुर्सदमा


सेकेन्ड ह्यान्ड मन

‘सेकेन्ड ह्यान्ड मन’ विक्रिमा छ किन्छौ ? खोपारेको, चिथोरेको पटक पटक प्रयोग फेरी प्रयोग भएको एउटा मन छ । भर्जिन मन भन्दा अनुभवि कयौं सिरेटोले हिर्काएर धेरै पटक तुसारोले खाएको पट पट फुटेको भित्र आलै छ रगत जिउँदै छ भावना किन्छौं ? सस्तैमा दिन्छु कसम कसम सस्तैमा दिन्छु धेरै पटकको बर्षाले नविगारेको हुरीले नउडाएको गाली खाएर खुम्चिने ताली खाएर नगम्किने एउटा मन छ किन्छौ ? सबै दुरुस्तै चल्छ दुःखी हुँदा पनि खुशी हुँदा पनि ठ्याक्कै नयाँ जस्तै छ किन्छौ ?


लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिवेशन सम्पन्न : अध्यक्षमा मेघप्रसाद वाईवा

लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनबाट मेघप्रसाद वाईवाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सन्तोष धिंगल दुरा, उपाध्यक्ष सुक गुरूङ, रोशन गुरूङ रहेका छन् । कार्यसमितिको महासचिब गम गुरूङ छन् भने सचिवमा क्रितिका गुरूङ, कोषाध्यक्ष कमला गुरूङ, सह कोषाध्यक्ष शान्ता तामाङ छन् । सदस्यहरूमा रमेश अधिकारी क्षेत्री, हर्क गुरूङ, बिकास गुरूङ, पूर्ण गुरूङ, तपल गुरूङ, तारा गुरूङ, रितु गुरूङ, मिलन गुरूङ, सोमिता तामाङ र राम दुरा रहेका छन् । नवनिर्वाचित अध्यक्ष वाईवाले सबैले विस्वास गरेर चयन गरेकाेले सबैकाेफुर्सदमा


छन्त्याल परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन

छन्त्याल परिवार दक्षिण कोरियाको  अाइतबार अनलाईन माध्ययमवाट गरिएको बैठकवाट तिलक घरब्जा छन्त्यालको नेतृत्त्वमा नयाँ कार्यसमितिको चयन भएको छ। कार्यक्रममा बोल्दै रतन छन्त्यालले विगत लामो समयदेखि स्थापना भएको छन्त्याल परिवारमा थप उल्लेख्य रुपमा छन्त्याल जातिको भाषा संस्कृतिको संरक्षणको लागि नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए । त्यसैगरी निवर्तमान अध्यक्ष अमर छन्त्यालले विविध कारणवश अधिवेशन रोकिएको र हाल नयाँ कार्यसमिति चयन गरी नेतृत्त्व हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्षमा अध्यक्ष तिलक छन्त्यालले आफूमा छन्त्याल परिवारलाइ अझ मजवुद ढंगलेफुर्सदमा


काेरियामा गैर आवासीय नेपाली संघकाे समानन्तर समिति गठन

गैर आवासीय नेपाली संघको केन्द्रीय महाधिवेशन नजिकिदै गर्दा विबाद पनि बढ्दै गएको छ । कोरियामा सोमबार गैर आवासीय नेपाली संघको समानन्तर समिति गठन भएको छ । विपिन कुमार गुरुङको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्ष महेश बजगाई र जीत कुँवर छन् । महासचिवमा प्रशान्तराज बानिया, सचिवमा अवदेशराज चौरिसिया छन् । सहकोषाध्यक्ष मदन गौतम, युवा संयोजक अजय सोडारी, महिला संयोजक सोरी रानाभाट छन् । त्यस्तै सदस्यमा युवराज गौतम, नेश शर्मा, अविरल राम बुढाथोकी, विमला सुनुवार र गोविन्द पोखरेल छन् । केन्द्रमा पनि दुई बर्ष अघि देखि नै संघको समानन्तर समिति छ ।फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...