Advertisement
SKIP THIS

कोरियामा एक हप्तामा चार नेपालीको मृत्यू


नेपालमा धेरै नेपाली युवाहरु कोरिया आउनका भाषा परिक्षा दिनका लागि फर्म भरि रहँदा कोरियामा रहेका नेपालीले भने एक पछि अर्को दुःखद् समाचार सुनिरहेका छन् । यहाँ एक हप्तामा चार जना नेपालीले ज्यान गुमाएका छन् । दुई जनाको सुतेकै अवस्थामा मृत्यू भएको छ भने विरामी भएर उपचारको क्रममा र कम्पनीमा दुर्घटना भएर एक एक जनाले ज्यान गुमाएका छन् ।

सोल देखि तीन सय किलोमिटर टाढा गजेदोको पानी जहाज बनाउने कम्पनी हान्वा ओसनमा कार्यरत सोलुखुम्बू नेचासल्यान गाउँ पालिकाका रन्जन राईको सुतेकै अवस्थामा शनिवार मृत्यु भएको हो । उनी सोलुखुम्बू सेवा समाजका पुर्व उपाध्यक्ष समेत रहेका थिए । सामान्य रुपमा काम गरेर आएको र सुतेको जानकारी कम्पनीमा काम गर्ने साथीहरुले जानकारी गराएको सोलुखुम्बू समाजका अध्यक्ष राजु राईले बताए । ‘सबै ठीकै थियो रे स्वास्थ्यमा पनि कुनै समस्या थिएन भन्छन् । कोरियाको कामले हो कि के भएको हो थाहा पाउन सकिएको छैन ।’ उनले भने । मृतकको शवलाई पोस्टमार्टमको लागि हस्पिटल लगिएको र दूतावासलाई जानकारी गराई सकिएको साथै मृतकको परिवार संग सम्पर्क भैसकेको अध्यक्ष राईले जानकारी दिएका छन् ।

त्यस्तै गत शुक्रबार छुन्छन् नाम्दो येसन सीमा कम्पनीमा दुर्घटनामा पासाङ श्याङबाको निधन भएको थियो । नुवाकोट दुप्चेश्वर बोल्गाङ निवासी पासाङ श्याङ्बा पहिलो पाँच बर्ष सकाएर दोस्रो कार्यकालको रुपमा कोरिया आएकी थिईन । दोस्रो कार्यकाल आएको एक बर्ष बितेको ह्योल्मो सम्पर्क समितिका निर्वतमान अध्यक्ष बाबुज्यावा ह्योल्मोले जानकारी दिएका छन् । ‘मेरो त दिदीको छोरी हुन उनी । सबै ठीकै थियो । ठूलो विल्डिङहरु बन्दा लगाउने सेफ्टी नेट, प्यारासुटहरुमा प्रयोग हुने धागो बनाउने कम्पनीको काम थियो । त्यति खतरायुक्त काम पनि होइन । दिन आए पछि के भन्न सकिने रहेछ र ?’ उनले प्रतिप्रश्न गरे ।

‘कोरियाले मान्छेलाई कति खेर लैजान्छ थाहा नै नहुने । अरु दिन उनको डिपार्टमा अन्य मान्छे पनि हुने रहेछ । दुर्घटनाको दिन उनी एक्लै रहिछिन् । कति कसैले बेलैमा सहयोग गरेको भए ज्यान बच्थ्यो कि जस्तो पनि लाग्छ ।’ उनले थपे । सबै प्रक्रिया पुरा भए शुक्रबारसम्म शवलाई नेपाल पठाउने पनि उनले जानकारी दिए ।

छनानमा कार्यरत याङ्नाम पाँचथर लिगिम्बाका नरेन्द्र केरुङको पनि सुतेको अवस्थामा निधन भएको थियो । केरुङ बिगत ७ बर्ष कोरिया काम गर्दै आएका थिए । उनको पनि शुक्रबार नै मृत्यू भएको हो । सोमबार विरामी भएर उपचार गराउने क्रममा मोरङका रोहित मगरको मृत्यू भएको हो । उनी थेगु क्षेत्रमा काम गर्दै आएका थिए । कोरिया आएको एक बर्ष पनि नभएको नेपाल मगर संघका अध्यक्ष टिवी घर्तीमगरले बताए । ‘केही समय अघि पनि विरामी भएर अस्पताल गएको भन्ने जानकारी पायौं । फेरी हिजो विरामी भएर अस्पताल लैजाँदा दुखद् घटना सुन्न प¥यो ।’ उनले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल तामाङ घेदुङ संघ दक्षिण कोरियाको १२ औँ महाधिवेशन नोभेम्बर २३ मा
  • ‘ब्लु लायन’ एफसी नेपाल सुपर कपको च्याम्पियन , साहिल मगर बने उत्कृष्ट खेलाडी
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...