सोलुखुम्बु सेवा समाजले चोमोलोङ्मा सांगितिक सौगात गर्ने
प्रवासमा भैपरि आउने समस्या समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले सलनालकाे दाेस्राे दिन फेब्रुअरी १० तारिखमा “चोमोलोङ्मा सांगितिक सौगात भाग -४” गर्ने भएकाे छ । आईतबार साैलमा कार्यक्रमकाे पाेस्टर सार्वजनिक गर्दै समाजले सविन राई लगाएतकाे कलाकार आउने पनि जनाएकाे छ ।
सांगीतिक कार्यक्रमकाे लागि पप गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त कलाकारहरु गायिकाद्वय मनिता राई, सुनिता थेगिम र एक्टर तथा मोडल अनुषा राइको साथै काेरियामै रहेका कलाकारहरुका प्रस्तुति रहने जनाएकाे छ । “नेपालको सान विश्वको सर्वोच्च शिखर सगरमाथा सोलुखुम्बुको पहिचान”भन्ने मुल नारा लिएर सन् २००३ मा कोरियामा रहेका सोलुखुम्बु बासिहरु मिलेर स्थापना गरेको सोलुखुम्बु सेवा समाजकाे स्थापना भएकाे हाे ।
पाेस्टर सार्वजनिक कार्यक्रम देङ्देमुन स्थित निक नेपाल ट्राभलको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थिति रहेकाे थियाे । सन् २००३ मा स्थापना भएकाे समाजले कोरिया र नेपालमा विभिन्न प्रकारकाे सामाजिक कार्यहरू गर्दै अाएका छ । “चोमोलोङ्मा सांगितिक सौगात भाग -४”कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर तयरी तिव्र रुपमा अघि बढिरहेको समाजका अध्यक्ष राजु राईले जनाएका छन् । ‘याे साेलुकाे मात्रै हाेइन काेरियामा रहेकाे सबै नेपालीकाे लागि गर्न लागेकाे कार्यक्रम हाे । सबैले सहयाेग गर्नु हुन्छ भन्ने विस्वास लिएका छाैं ।’ उनले भने ।
तस्बिरहरु