Advertisement
SKIP THIS

दक्षिण कोरियामा १५ वर्षमा २५० नेपालीले गुमाए ज्यान, आत्महत्या गर्ने धेरै


पारिश्रमिकका हिसाबले आकर्षक मानिएको दक्षिण कोरियामा पछिल्लो १५ वर्षमा २५० जना नेपालीले ज्यान गुमाएका छन्।

रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अनुसार सन् २००८ देखि २०२३ सम्म इपिएस प्रणालीअन्तर्गत कोरिया पुगेका २५० जना नेपालीले ज्यान गुमाएका हुन्।

यस अवधिमा ६८ जनाले आत्महत्या गरेका छन् भने ६२ जनाको मृत्युको कारण खुलेको छैन। कार्यस्थलमा दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या ३० छ।

त्यस्तै, सडक दुर्घटनाबाट २९ जना, विभिन्न किसिमको बिरामी भएर २२ जना, पानीमा डुबेर ४ जना र अन्य विभिन्न कारणबाट ३५ जनाले ज्यान गुमाएको इपिएस शाखाको तथ्यांकमा उल्लेख छ।

आत्महत्या गर्ने र मृत्यु हुनेमा विद्यार्थी तथा अन्य विभिन्न भिसामा कोरिया पुगेकाहरूको संख्या पनि ठूलो छ। उनीहरूको संख्या यो तथ्यांकमा समावेश छैन।

इपिएस शाखा प्रमुख गुरूदत्त सुवेदी कोरियामा कार्यस्थल दुर्घटना, आत्महत्या लगायत कारणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको बताउँछन्।

‘दुर्घटना जोखिम न्यूनीकरण गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘आत्महत्याको कारण पत्ता लगाएर समस्या समाधानतर्फ केन्द्रित हुनुपर्छ।’

दक्षिण कोरियामा १५ वर्ष काम गरेर फर्किएका दोलखाका संजीवकुमार गोले डिप्रेसनका कारण पनि धेरै नेपालीले आत्महत्या गर्ने गरेको बताउँछन्।

‘सुरूमा कोरियाको परिवेशसँग घुलमिल हुन समस्या हुन्छ। त्यहाँ गर्नुपर्ने मिहिनेत र अनुशासन पालना गर्न धेरैलाई गाह्रो हुन्छ,’ उनले भने, ‘परिवारबाट टाढा बस्नुपरेको र परिवारले कुरा नबुझेको जस्ता कारणले पनि कतिपय साथीहरूले डिप्रेसनमा गएर आत्महत्या गरेको देखेको छु।’

कोरियामा नेपाली श्रमिकहरूको बढ्दो मृत्यु र आत्महत्या नियन्त्रणका लागि कोरिया सरकारले पनि ध्यान दिनुपर्ने इपिएस शाखा प्रमुख सुवेदीले जोड दिए। यसका लागि नेपालीहरूलाई त्यहाँको सामाजिक सुरक्षा कार्यक्रममा समेट्नुपर्ने उनको भनाइ छ।

‘नेपाली युवाहरूका लागि कोरिया ड्रिम कन्ट्री (सपनाको देश) बनिरहेको छ। त्यहाँको मानव अधिकार, आतिथ्य लगायत पक्षा राम्रो भएकाले यस्तो भएको होला,’ उनले भने, ‘अब कोरिया सरकारले सामाजिक सुरक्षामा पनि नेपालीलाई समेट्नुपर्छ।’

दक्षिण कोरियाका अधिकारीहरूले पनि नेपाली श्रमिकको हकहित र सुरक्षामा कोरिया सरकार सचेत रहेको बताएका छन्।

कोरियाबाट फर्केकाहरूको साझा संस्था अंकुर नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कोरियाको श्रम मन्त्रालयका प्रतिनिधिले नेपाली श्रमिकहरूको हकहित तथा सुरक्षाका लागि कोरिया सरकार सचेत रहेको बताए।

ती प्रतिनिधिले सीपयुक्त जनशक्तिलाई कोरियाले प्राथमिकतासाथ अवसर दिइरहेको उल्लेख गरे। नेपालीहरूले कोरियामा सिकेको सीप र श्रम गरेर जम्मा गरेको पुँजीबाट नेपाललाई पनि ठूलो फाइदा पुग्ने उनले उल्लेख गरे।

दक्षिण कोरिया र नेपालबीच इपिएस प्रणालीअन्तर्गत श्रमिक लैजान सन् २००७ मा सहमति भएको हो। नेपाली श्रमिकहरू यो प्रणालीअन्तर्गत सन् २००८ देखि जान थालेका हुन्। पछिल्लो १५ वर्षमा ९० हजारभन्दा धेरै नेपाली श्रमिक कोरिया पुगेको सरकारी आँकडा छ। हाल त्यहाँ झन्डै ४५ हजार नेपाली श्रमिक कार्यरत रहेको शाखा प्रमुख सुवेदीले बताए।

दक्षिण कोरियाले नेपालबाट कृषि, पशुपालन तथा उत्पादनमूलक क्षेत्रमा श्रमिकहरू लैजाँदै आएको छ। इपिएस प्रणालीमा सूचीकृत अन्य मुलुकबाट भने सेवा, निर्माण लगायत क्षेत्रमा पनि श्रमिकहरू लैजान्छ।

कोरियाले सन् २०२२ सम्म निश्चित मुलुकबाट श्रमिक लैजान कोटा तोकेको थियो। सन् २०२३ देखि कृषि, औद्योगिक लगायत क्षेत्रमा मागअनुसार श्रमिक लैजाने नीति लिएको छ। (सेताेपाटीबाट साभार )

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • एभरेष्ट एफ सीद्वारा ‘एभरेष्ट कप ‘ आयोजना हुँदै
  • पूर्वी नेपाल समाजले दीपावली विशेष शुभकामना आदानप्रदान एवम देउसी भैलो आयोजना गर्दै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...