Advertisement
SKIP THIS

नोभेम्बर २६ मा सलनालको कार्यक्रम बाँडफाँड हुने


नेपाली सम्पर्क समिती(NCC) ले कोरियाको नया बर्ष( सलनाल) को अबसरमा बिभिन्न नेपाली संघ सस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रम बाँडफाड गर्ने भएकाे छ । नोभेम्बर २६ आईतवार विहान ११.३० बजे दाेङदेमुनकाे निक ट्राभल्सको सभाहलमा कार्यक्रम हुन लागेकाे आयोजकले बताएको छ ।

कोरियामा  रहेका विभन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रम एनसीसीले बाँडफाँड गर्दै आएको छ । सन् १९९१ मा स्थापना कोरियाको  पुरानो संस्थाका रूपमा रहेको एनसीसी यहाँ रहेका नेपाली संघ संस्थाहरूको छाता संस्थाका रूपमा रहँदै आएको  छ ।

बिगतमा निकै राम्रो काम गरेको नेपाली सम्पर्क समिति NCC ले सबै संघसंस्था को सहकार्य मा भगवान गौतम बुद्धको प्रतिमा समेत कोरिया स्थापना गरेक‍ो छ । कोभिड तथा बिबिध कारणबस अलि सुस्ताएको NCC अहिले फेरि १८ औँ कार्यसमिति निकै सकृयताका साथ लागि पर्नुका साथै अन्नोलमा परेका संघसंस्था हरुमा पनि NCC प्रति पुन आशा पलाएको बताउने गरेका छन । पहिले भन्दा फरक ढङ्गले विभिन्न बिभाग हरु गठन गरि संस्थालाई सेवामुलक संस्थाको रुपमा परिचित गराउदै ,भाषा समस्या ,स्वास्थ्य समस्या ,सास्कृतिक बिभाग लगायत थुप्रै बिभाग हरु गठन गरि काम गरिरहेको छ। सास्कृतिक कार्यक्रम बाडफाड कार्यक्रमलाई सफल पारिदिनुहुनको लागि प्रादेशिक, जातिय, क्षेत्रीय,जिल्लागत,पत्रकार, धार्मिक संघ संस्थाका साथै बुद्धीजिबी,ब्यापारि,बिधार्थी र कोरियामा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी मा हार्दिक निमन्त्रणा गर्दछौ। एनसीसीले भनेको छ ।

मिती -2023/11/26 आईतबार

समय-11:30 बजे (बिहान)

स्थान- NIK TRAVEL को सभाहल दोङदेमुन सउल

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...