शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने


स्याङ्जा परिवार दक्षिण कोरियाको आयोजनामा आउँदो डिसेम्बर २९ मा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ख्यांगीदो ह्वासङ ओसानको (경기 화성시 발안로 1191-8 민턴랩 배드민턴 아카데미) मैदानमा उक्त प्रतियोगिता हुने भएको हो ।

विगतमा थुप्रै अन्य सामाजिक, साँस्कृतिक र खेलकूद कार्यक्रमको आयोजना गरिएको भएपनि यसपटक स्याङ्जा परिवारले पहिलो पटक “प्रथम डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता” आयोजना गरेको र उक्त प्रतियोगिताबाट भएको मुनाफाबाट अक्षय कोष स्थापना गरी गृहजिल्ला स्याङ्जाको सामुदायिक विद्यालयबाट प्रत्येक वर्ष एसईई परीक्षामा सर्वोकृष्ट हुने दुईजना (छात्राछात्र) लाई सम्मानपूर्वक पुरस्कृत गर्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको संस्थाका केन्द्रीय अध्यक्ष सुशिल गुरुङले जानकारी दिए ।

खेलमार्फत मनोरञ्जन सँगै शैक्षिक क्षेत्रमा टेवा पुर्याउने अभिप्रायले आयोजना गरिने सो प्रतियोगिता नेपालमा विधिवत् रूपमै दर्ता भएको धर्म गुरुङको अध्यक्षतामा रहेको कार्यसमिति “रिटर्निज कोरिया स्याङ्जा परिवार नेपाल परिवार” सँग विशेष समन्वय गर्दै दीर्घकालीन रुपमा उद्धेश्य कार्यान्वयन गरिने संस्थाका सचिव टोजिन्द्र गुरुङले बताए ।

पुरुषहरुले भाग लिन पाउने यस प्रतियोगितामा खेलाडीहरुको लेभल अनुसार ३ लेभलका खेलहरु (A, B र C) हुनेछन् भने एक समुहमा दुईजना हुनुपर्नेछ । प्रतियोगिता सहभागी हुन डिसेम्बर २२ तारिकसम्म नाम दर्ता गर्न पाईनेछ भने दर्ता शुल्क ८० हजार कोरियन वोन रहेको छ । प्रतियोगितामा ३ वटै लेभलका खेलहरु (A, B र C) बाट प्रथम, द्वित्तीय र तृतीय हुनेले क्रमश : ४ लाख, २ लाख ५० हजार र १ लाख ५० हजार कोरियन वोन नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिता सम्बन्धी थप जानकारी
प्रतियोगिता हुने मिति : 2024 Dec 29 (sunday)
टिम दर्ताको अन्तिम मिति: 2024 Dec 22 , 12 PM
टिम दर्ता शुल्क : 80,000 won

टिम दर्ताको लागी :
बैंक: Keb Hana Bank
अकाउन्ट नम्बर : 26191068477807
अकाउन्ट वालाको नाम : Rana Jhaman Sing ( आर्थिक संयोजक – झरन राना)
सम्पर्क नम्बर : 010-8237-2156

पुरस्कारहरु लेभल (A ,B र C ) सबै बाट क्रमश :
प्रथम : 4,00,000 कोरियन वोन नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र
द्वित्तीय: 2,50,000 कोरियन वोन नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र
तृतीय :1.50,000 कोरियन वोन नगद सहित मेडल र प्रमाणपत्र

प्रतियोगिता सम्बन्धी थप जानकारीको लागी :
शुशिल गुरुङ : 010-3030-9029
टोजिन्द्र गुरुङ :010-2961-9220
अरुण प्रताप खांड :010-9862-8342
झरन राना :010-8237-2156

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र ‘ऊनको स्वीटर ‘ सुवन शोको मिति परिवर्तन, जुन १ मा प्रदर्शन हुने
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने
  • किरात राई यायोक्खाले कोरिया भर ‘साकेला’ मनाउँदै
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...