Advertisement
SKIP THIS

दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने


दक्षिण कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष “तमू ल्होसार २०८१” मनाउने भएको छ । तमू धीं दक्षिण कोरियाले सउल क्षेत्रमा आउँदो जनवरी ५ तारिक मनाउने मिति तय गर्दै विगतका वर्षहरुमा जस्तै आफ्नो मौलिक पहिचान, भाषा – भेषभूषा, संस्कार – सँस्कृति तथा परम्परालाई संरक्षण, सम्बर्द्धन र जगेर्ना गर्ने उद्धेश्यले तमू ल्होसार मनाउने भएको हो ।

संस्थाको प्रारम्भिक चरणको बैठकले तमूहरुको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग) लाई स्वागत र मुप्री ल्हो (चील वर्ग) विदाई गर्दै दिवाभोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको संस्थाकी केन्द्रीय अध्यक्ष रुपा गुरुङले जानकारी दिनुभयो ।

सम्भवत: यसपटक पनि नेपालबाट चर्चित कलाकार आमन्त्रण गरी स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति समेत रहने गरी ल्होसारको तयारीमा जुटिरहेको संस्थाका साँस्कृतिक विभाग संयोजक रामचन्द्र गुरुङ (RC)गुरुङले जानकारी दिनुभयो । सुविधा सम्पन्न हलमा आयोजना हुने सो ल्होसार कार्यक्रममा तमू (गुरुङ) तथा नेपालीहरुको जमघटसँगै स्वादिष्ट नेपाली खानाको परिकारको व्यवस्था गरिने संस्थाका केन्द्रीय महासचिव वाईबि गुरुङले बताउनुभएको छ ।

तमू धीं दक्षिण कोरियाद्धारा आयोजना हुने उक्त “तमू ल्होसार २०८१” कार्यक्रमको सम्पूर्ण विवरण छिट्टै सार्वजनिक गरिने र उक्त दिन अन्य संघसंस्थाले कार्यक्रम नजुधाई दिनुहुन आयोजकले विशेष अनुरोध गरेको छ । कार्यक्रम सभ्य र भव्य सफल बनाउन कोरियामा रहेका सम्पूर्ण तमू, गैर तमू दाजुभाई तथा दिदीबहिनीहरु, नेपाली समुदाय तथा संघसंस्थाहरुलाई सहयोगको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...