Advertisement
SKIP THIS

सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने


कोरियाको दक्षिणी भेग किम्हे सहरमा कोरियन नयाँ वर्ष सलनाल २०२५ को अवसरमा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने भएको छ । महावीर पुन आविष्कार केन्द्र सहयोगार्थ उद्धेश्यका साथ आउँदो जनवरी २८ तारिक (सलनालको पहिलो दिन) नेपाल मगर संघ किम्हे/बुसान शाखाको आयोजनामा किम्हे स्थित (김해시활천로 294 은석홀 은석문화 복지센터) सुविधा सम्पन्न हलमा सो कार्यक्रम गर्ने भएको हो ।

नेपाली गीतसंगीत अन्तर्गत विभिन्न विधाका चर्चित नेपाली राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने जानकारी दिदै कार्यक्रम चुस्त, दुरुस्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन प्रक्रिया, कार्यक्रमको ब्यापक तयारी भइरहेको र सम्पूर्ण जानकारी छिट्टै सार्वजनिक गरिने संस्थाका अध्यक्ष दिल तारमी मगरले बताए । उत्कृष्ट सांगीतिक प्याकेज मार्फत् मनोरञ्जनसँगै प्रवासबाटै देशको समुन्नति र विकासमा विशेष टेवा पुऱ्याउने प्रयासलाई कोरियामा रहेका नेपाली समुदाय जोडिने विश्वास गर्दै संस्थाका महासचिव असिम पुन मगरले सहयोगको निम्ति सम्पूर्णमा आग्रह गरेका छन् । यसभन्दा अगाडि २०१८ फेब्रुअरी १५ मा “झोर्ले सांगीतिक सौगात भाग १” ब्यापक रुपमा सम्पन्न गरेको बताउँदै यसपटक पनि उत्कृष्ट सांगीतिक प्याकेजसँगै अझ ब्यापक बनाउन कुनै कसर नराख्ने कार्यक्रम संयोजक धन सलामी मगरले जिकिर गरे ।

नेपाल मगर संघ किम्हे/बुसान शाखाले आयोजना गर्ने उक्त “झोर्ले सांगीतिक सौगात भाग २” लाई सभ्य र भव्य रुपमा सफल पार्न कोरिया स्थित सम्पूर्ण संघसंस्था एवं नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्नुहुन र किम्हे क्षेत्रमा सो दिन अन्य कार्यक्रम आयोजना गरेर कार्यक्रम नजुधाई दिनुहुन आयोजक आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...