Advertisement
SKIP THIS

जनप्रगतिशिल मन्च कोरियाको धुर्बिकरण एकता भेला सम्पन्न


माओबादी केन्द्र पार्टीको प्रबास संगठन जनप्रगतीशिल मन्च कोरियाले धुर्बिकरण एकताको भेला सम्पन्न गरेको छ । कोरियनहरुको महान चाड तथा प्रबासि मजदुरहरुको लामो बिदाको अबसर पारेर गरिएको उक्त एकता भेला राजधानी सौलमा सम्पन्न भएको हो ।

जनप्रगतिशिल मंच कोरियाका अध्यक्ष खगेन्द्र बुढाको अध्यक्ष्यतामा सम्पन्न भएको भेलामा मन्चका संरक्षक सहित जिल्ला पार्टी सम्योजक लगायत अन्य पदाधिकारिहरुको उपस्थित रहेको थियो । कार्यक्रम महासचिव नवीन गुरुङले सन्चालन गरेको कार्यक्रममा उपस्थित रहेका अधिकाम्श पदाधिकारीहरुले धुर्बिकरण अभियन्ताहरुलाइ स्वागत गर्दै पछिल्लो राजनितिक घटनाक्रमका बारेमा आ- आफ्नो धारणा समेत प्रस्तुत गरेका थिए ।

कम्युनिस्टहरुको अन्तिम उदेश्य समाजबाद भएकोले धुर्बिकरण र बाम एकतालाइ सकारात्मक रुपमा लिन सकिने जिल्ला पार्टी सम्योजक दिलिप धितालको भनाइ रहेको थियो भने केही बक्ताहरुले ३ दल बिच भएको सात बुदे सहमती कार्यन्बयन हुनेमा आशन्का पनि ब्यक्त गरेका थिए ।

राष्ट्रलाइ निकास दिनका लागि कहिले काहीँ नेतृत्वले केही जोखिम समेत मोल्नु पर्ने अबस्था आएकाले यस्तो अबस्थामा कुनै शंका नगरी नेतृत्वलाइ सबैले साथ दिनुको बिकल्प नरहेको मंचका अध्यक्ष बुढा को भनाइ रहेको थियो । साथै राम्रो कामको शुरुवात गर्दा केही आलोचना समेत खेप्नु पर्ने भएकोले कोहि र कसैप्रति आक्षेप नलगाइ बाम एकतालाइ सफल पार्न आम युबाले आ- आफ्नो स्थानबाट रचनात्मक भुमिका निभाउन पर्नेमा समेत उनले जोड दिए।

एकताको भेला सकिए लगत्तै मन्चको पहिलो बैठक बसेर धुर्बिकरण अभियान मार्फत माओबादी केन्द्र पार्टीमा धुर्बिकृत भएका नयाँ शक्ति कोरियाका पुर्ब संगठन बिभाग प्रमुख तथा प्रदेश सदस्य राजु श्री सहितको टिमलाइ बैठकले विभिन्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो ।

जसमध्ये बैठकको निर्णय अनुसार राजु श्रीलाई उपाध्यक्ष,पेम साङ्बो शेर्पालाइ संगठन बिभाग तथा सचिब, बैरागी माइलालाइ प्रबक्ता, नयन नुम्साङ र दिपेन किरातिलाइ सचिबको जिम्मेवारी प्रदान गरेको लालकाजि बस्नेतले जानकारी दिए भने कुशल मगर, कमल परियार ,शेखर लिम्बू, पुर्ण लिम्बू र अन प्रसाद बि.क. लाई केन्द्रिय सदस्यको जिम्मेवारी प्रदान गरेको जनाइएको छ । साथै बैठकले धुर्बिकरण अभियानलाइ बिस्तार गराउन एउटा कार्यदल समेत निर्माण गरिएको मन्चका सल्लाहकार चुडामणि अधिकारीले बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक कपको उपाधि बागलुङले जित्यो
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...