Advertisement
SKIP THIS

‘नेपाल कप फुटबल टुर्नामेन्ट २०१७’ को खेल तालिका सार्वजनिक


नेपाल फुटबल महासंघ दक्षिण कोरियाले आयोजना गर्न लागेको ‘नेपाल कप फुटबल टुर्नामेन्ट २०१७’ को खेल तालिका सार्वजनिक गरिएको छ । कोरियनहरुको महान चाड छुसकको अवसर पारेर अक्टोबर ५ तारिखका दिन सौलको दोङ्गदोचन फुटबल सेन्टरमा हुन लागेको उक्त फुटबल टुर्नामेन्टमा ए पोलमा मेचीकाली युनाइटेड एफ सी, कास्की एफ सी, हिमालय एफ सी पोहाङ्ग, किम्फो एफ सी, झापा एफ सी, एभरेष्ट एफ सी सउल, मोक्फो एफ सी, सुदूरपश्चिम एफ सी, लम्जुङ्ग फस सी, गौतम बुद्ध एफ सी, धरान एफ सी रहेका छन् । त्यसैगरी बि पोलमा नमुना पोछ्न एफ सी ए, मगर एफ सी, नमुना पोछ्न एफ सी बि, हिमालय एफ सी ख्वाङ्गजु, मासक एफ सी, जिन्यङ्ग एफ सी, पाथीभरा एफ सी, गुनसान एफ सी, इलाम एफ सी, डेउ एफ सी, मनाङ्ग एफ सी रहेका छन् ।
प्रतियोगितामा प्रथम हुने समूहलाई २५ लाख वन नगद राशीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यसैगरी दोस्रो हुने समूहलाई १५ लाख वनसहित प्रमानपत्र प्रदान गरिने भएको छ । त्यस्तै हरेक उत्कृष्ट बिधाहरुमा समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
‘प्रवासी भुमिमा नेपाली फुटबल प्रेमीहरुको एकता र बिकासको आवस्यकता‘ भन्ने मुल नाराका साथ फुटबल बिकास अक्षयकोष निर्माण सहयोगार्थ हुन लागेको उक्त टुर्नामेन्टमा दक्षिण कोरियामा नेपाल फुटबलको बिकास र प्रबर्द्धनको लागि भुमिका निभाउनु हुने फुटबलका विशेष ब्यक्तित्वहरुलाई पनि सम्मान गरिनेछ ।
कोरियामा विभिन्न क्षेत्रमा छरिएर रहेका सम्पुर्ण नेपाली फुटबल क्लबहरुलाई एकताको शुत्रमा गासि फुटबल खेलको माध्यमबाट सर्वोच्च शिखर सगरमाथा र शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जन्मेको भुमि नेपाल भनी परिचित गराउदै नेपालीहरु माझ भाईचारा, मेलमिलाप, सद्भाव, सहयोग र आत्मियता बढाउदै लैजाने हेतुका साथ नेपाल फुटबल महासँघ दक्षिण कोरियाले बृहत नेपाली फुटबल महामेला आयोजना गर्न लागेको हो ।
बिहान ७ बजेदेखि सुरु गरिने उक्त फुटबल महामेलाको प्राङ्गणमा विभिन्न स्वादिष्ट नेपाली परिकारहरु र पेय पदार्थहरुका साथमा विभिन्न मनोरञ्जनात्मक खेलहरु पनि प्रदर्शन गरिनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक कपको उपाधि बागलुङले जित्यो
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...