Advertisement
SKIP THIS

मगर संघ दक्षिण कोरियाको सम्मान तथा अन्तरक्रिया कार्यक्रम संम्पन्न


नेपाल मगर संघ दक्षिण कोरियाले गत २३ सेप्टेम्वर शनिबारका दिन सौल तुङ्देमुन स्थित नाङलो रेष्टुरेन्टको सभाहलमा एक स्वागत सम्मान तथा अन्तरक्रिया कार्यक्रम संम्पन्न गरेको छ । नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष खड्ग थापा मगरको सभापतित्वमा सम्पन्न उत्त कार्यक्रम, HWPL WARP Summit शान्ति संम्मेलनमा भाग लिन नेपालदेखि आउनु भएका नेपाल मगर संघका केन्द्रिय अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता नविन रोका मगरको स्वागत सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि मगरसंघ केन्द्रिय अध्यक्ष तथा आदिवासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष तथा प्रवतालाइ नेपाल मगर संघ कोरियाका संरक्षक अप्त पुन मगर तथा अध्यक्ष खड्ग थापा मगर द्धारा स्वागत सम्मान गर्नुको साथै HWPL सम्मेलनमा peace ambassador मनेनित हुनु भएकोमा बधाइ शुभकामना प्रदान गरिएको थियो उक्त कार्यक्रममा राष्ट्रिय खेलाडीहरु नेपाल मार्शल आर्ट कुराश संघ अध्यक्ष दान बहादुर घिसिङ र उशु प्रशिक्षक् चन्द्र तामाङ्लाई समेत मगर संघ दक्षिण कोरियाले सम्मान गरेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका अघ्यक्ष नबिन रोकामगरले विभिन्न शक्तीले भाषिक ,क्षेत्रिय ,राजनैतिक तथा मगर भित्रको विविधता थर उपथरको नाममा विभाजित गरी मगर एकतालाई कमजोर पार्दै मगरात पहिचानको इतिहासलाई नै समाप्त खेलमा लागेकोले देश बिदेसमा रहने सबै मगरहरु एकजुट हुनुको बिकल्प नरहेको धारणा ब्यक्त गर्नु भएको थियो ।

मगर संघ दक्षिण कोरियाका संरक्षक अप्त पुन मगरले दक्षिण कोरियामा मगर संघ स्थापनादेखी हालसम्मको गतिविधिको बारेमा बोल्दै प्रवासमा ब्यस्त दैनिकिका बिचमा पनि संघलाई निरन्तर अगाडी बढाई रहेको र आगामी दिनमा मगर संघ केन्द्र र कोरिया मगर संघ बिचमा सहकार्य समन्वय गदै अझै सुमधुर सम्बन्ध रहिरहने विश्वास राख्नु भएको थियो । उक्त कार्यक्रम संघका वरिस्ठ उपाध्यक्ष सी पि मगरको स्वागत तथा महासचिब तुल चोचांङी मगरको संचालनमा रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक कपको उपाधि बागलुङले जित्यो
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...