Advertisement
SKIP THIS

दक्षिण कोरियाबासी बाग्लुङेहरुले बाढी पहिरोबाट मृतकका परिवारहरुलाइ पठाए राहत


गत साउन महिनाको बाढी पहिरोमा परि बाग्लुङ जिल्लाका विभिन्न ठाउमा निधन हुने आठ जनाको परिवारहरुलाई राहत संकलन गरी पठाइएको छ । निसीखोला गाउपालिका २ का एकै परिवारका मृतक मनिमान छन्त्याल , नन्दिकला छन्त्याल,बिन्दु छन्त्याल र गीता छन्त्याल, निसिखोला गाउपालिका १ का खगिसरा सिंजाली , ढोरपाटन नपा ५ ओम प्रकाश कामी र गलकोट नपा ५ का विवेक बि क र जयलाल कामीको आफन्तहरुलाई नेपाल रेड्क्रस जिल्ला सोसाइटी बाग्लुङ शाखा मार्फत एक कार्यक्रम गरी मृतक जनही रु १५००० का दरले जिल्ला सभापती जब्बर बहादुर लामिछाने मार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

गत जुलाईमा बाग्लुङ सम्पर्क समिती कोरिया द्वारा आयोजित बनभोज कार्यक्रमबाट बचत रु ५०००० र अभियानबाट संकलित रु ७०००० गरी १२०००० रुपैया एकमुस्ट रकम जिल्ला रेड्क्रस मार्फत पीडित परिवार समक्ष राहत स्वरुप पठाइएको समितिका सचिब टेक पुनले जानकारी गराएका छन । गत बनभोज कार्यक्रमबाट बचत केही रकम सामाजिक कार्यमा उपयोग गर्न पाउदा उक्त कार्यक्रममा उपस्थित भएर सहयोग गरिदिने सम्पूर्ण कोरिया बासी बाग्लुङे तथा गैर बाग्लुङे दाजु भाई दिदीबहिनी हरु तथा राहत संकलन अभियानमा सहयोग गर्नु हुने सबै सहयोगीदाताहरुलाई समितिका अध्यक्ष सुबास लामिछानेले बिशेष धन्यवाद दिएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक कपको उपाधि बागलुङले जित्यो
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...