Advertisement
SKIP THIS

मगर भाषाको ‘लोम्बाले’ पायो नेपाल आदिवासी उत्कृष्ट चलचित्र अवार्ड


न्यूयोर्क : नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०१७ न्यूयोर्कमा सम्पन्न भएको छ ।  २३ औं विश्व आदिवासी दिवसको सन्दर्भमा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव’ आयोजना गरेको हो । तीन दिनसम्म चलेको महोत्सवमा मगर भाषाको कला र संस्कृतिमा आधारित चलचित्र लोम्वाले, नेपाल आदिवासी उत्कृष्ट चलचित्र अवार्ड–२०१७ हात पारेको छ । लोम्बाले, उत्कृष्ट चलचित्रको अवार्डसँगै एक लाख नगद र प्रमाण पत्र प्राप्त गरेको छ ।

उत्कृष्ट चलचित्रका लागि लोम्वा, शेरढाक, कृष्णा गौतमी, हेलुक्वा र सेम ताबा म्ही नोमिनेशनमा परेका थिए । नोमिनेशनमा परेका अन्य चार वटा चलचित्रहरुलाई पछि पार्दै लोम्वाले अवार्ड हात पार्न सफल भएको हो । उत्कृष्ट चलचित्र अवार्ड फिप्नाका अध्यक्ष लुईसाङ डब्लु तामाङ र एनआरएन–अमेरिकाका उपाध्यक्ष रविना थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए भने अवार्ड ग्रहण मगर संघ अमेरिकाका अध्यक्ष कुलद्वीप रानामगरले ग्रहण गरेका थिए ।

महोत्सवमा विभिन्न भाषामा बनाइएका ११ वटा चलचित्र प्रदर्शन गरिनुका साथै विभिन्न ११ वटा विधामा उत्कृष्ट हुनेलाई पुरस्कार तथा ट्रफि प्रदान गरिएको हो । महोत्सवमा गुरुङ भाषाको ‘मैंरिमो, तामाङ भाषी चलचित्र ‘सेम ताबा म्ही, लिम्बु भाषाको ‘हेलुक्वा, मगर भाषाको ‘लोम्बा, नेवारी चलचित्र ‘कृषा गौतमी’ राई भाषाको ‘सुम्निमा, र मुस्ताङी चलचित्र ‘शेरढाक’ चलचित्र प्रर्दशन गरिएको महोत्सवक मिडिया संयोजक मच्छे गुरुङले जानकारी दिनुभयो ।

यसैगरी, लघु चलचित्रहरु नेवारको ‘कल्ली’ राक्ष् भाषको पुवालो, र मुगालको ‘फेके’, को प्रर्दशन गरिएको थियो । त्यस्तै, उत्कृष्ट नायकको उपाधी मुस्ताङ भाषाको चलचित्र शेरढाकका नायक छेवाङ रिञ्जिङ गुरुङले प्राप्त गरेका छन् । नोमिनेशनमा गुरु परेका मैरिमोका गमन घले, कृष्णा गौतमीका कर्मा शाख्य, र लोम्बाका जनक बुढामगरलाई पछि पार्दै गुरुङले उत्कृष्ट नायकको उपाधी उचाल्न सफल भएको हो । त्यस्तै, उत्कृष्ट नायिकाको उपाधी गुरुङ भाषाको चलचित्र मैरिमोकी नायिका सपना गुरुङले जितेकी छिन् । मैरिमोसहित सेम तावा म्हीबाट सुष्मा थिङ, कृष्णा गौतमीबाट मेलिना मानन्धर, हेलुक्वाबाट पुष्पा आङदेङवे र सुम्निमाबाट प्यारी राई उत्कृष्ट नायिकाको लागि नोमिनेशनमा परेका थिए ।

महोत्सवमा उत्कृष्ट कथाको उपाधी राइ भाषाको चलचित्र सुम्निमाका प्रविण पुमालाई प्रदान गरिएको छ । लोम्वाबाट अनिल बुढा मगर, सेम तावा म्हीबाट राजकुमार मोक्तान, शेर ढाकबाट छिरिङ रिञ्जिङ गुरुङ र कृष्णागौतमीबाट रामकृष्ण खड्गी, यो अवार्डका लागि नोमिनेशनमा परेका थिए । त्यस्तै तामाङ भाषी चलचित्र सेम तावा म्हीका राजकुमार मोक्तानले उत्कृष्ट संगीतक निर्देशको उपाधी आफनो पोल्टामा पारेको छ ।

लिम्बु भाषको चलचित्र हेलुक्वाका गुरु आत्मानन्द लिङदेन, मैरिमोका तेजेन्द्र गुरुङ, सुम्निमाका बलराम समाल र कृष्णा गौतमीका रामकृष्ण खड्गीलाई पछि पार्दै उत्कृष्ट संगीत निर्देशकको उपाधी हात पार्न सफल भएका हुन् । महोत्सवमा उत्कृष्ट छायांकनको उपाधी भने सेम तावा म्हीले हात पारेको छ । उपाधीका लागि सुम्निमाका युवराज राई, लोम्वाका जनक–शम्भु र कृष्णा गौतमीका रवि सायमी पनि नोमिनेशनमा परेका थिए ।

यसैबीच, उत्कृष्ट सम्पादनको उपाधी कृष्णा गौतमीका बालकृष्ण बंशीले हात पारेको छ । कृष्णा गौतमीसहित मैरिमो र सेम तावा म्ही यो उपाधीका लागि नोमिनेशनमा परेका थिए । त्यस्तै उत्कृष्ट भेषभुषातर्फ, उपाधी लोम्वाका अनिल बुढा मगरले प्राप्त गरेका थिए । लोम्वासँगै, सुम्निमा, सेम तवा म्ही, कृष्णा गौतमी र हेलुक्वा उत्कृक्ष् भेषभुषाका लागि नोमिनेशनमा परेका थिए ।

यसैगरी, उत्कृष्ट चलचित्र निर्देशकको उपाधी पनि लोम्वाका अनिल बुढा मगरले नै प्राप्त गरेका छन । मैरिमो, हेलुक्वा, सेम तावा म्ही र कृष्णा गौतमीलाई पछि पार्दै यो उपाधी हात पारेका हुन् । पब्लिक च्याईस अवार्ड सेम तावा म्हीले पाएको छ । उत्कृष्ट छोटो चलचित्रको उपाधी भने पुवालोले जितेको छ । यो उपाधीका लागि फेके र कल्ली नोमिनेशनमा परेका थिए महोत्सव शुक्रबार न्यूयोर्कको क्वीन्सस्थित गुल्सन टेरेसमा विशेष समारोहकाबीच समुद्घघाटन गरि शुरु गरिएको थियो ।

राज्य र मुलधारबाट सिमान्तकृत नेपालका आदिवासी चलचित्रहरु मार्फत आदिवासी जनजातिको, कला, भाषा, संस्कृति परम्परालाई संवद्र्धन गर्न, आदिवासी चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्दै अन्तर्रा्ष्ट्रियस्तरमा प्रबद्र्धदनका लागि महोत्सव आयोजना गरिएको महोस्सव संयोजक मच्छे  गुरुङले जानकारी दिनुभयो । महोत्सवले नेपालका आदिवासी जनजातिको हक अधिकार सवाललाई उजागर गर्दै पहिचानको मुद्धालाई स्थापित गर्न भइरहेको जनजातिको आन्दोलनलाई सघाउ पुग्न फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले बताउनुभएको छ । अध्यक्ष वाइवाले भवियष्समा पनि यस्ता महोत्सव आयोजना गदै जाने जानकारी दिनुभयो । उहाँले, फिप्नाका सबै जातिय सदस्य संस्थाहरु लगायत सम्पूर्ण चलचित्रकर्मी, सहभागी सबैलाई महोत्सव सफल बनाउन सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।

यसैबीच, चलचित्र उपाधी वितरण गर्दा धाँधली भएको भन्दै केही चलचित्रकर्मीले कार्यक्रम स्थलमा नै विरोध गरेका थिए । समापन समारोह बिनिता तामाङ र प्रश्न एलुङ राइले संचालन गरेका थिए । विभिन्न स्थानिय कलाकारले हामी आदिवासी जस्ता गीतमा नृत्य प्रस्तुत गरेका थिए । चलचित्र महासंघ (फिन्फी) र ईन्डिजिनियस फिल्मस् अकाईभ (आईफा) सह–आयोजक रहेको महोत्सवमा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क र नेपाल चलचित्र विकास बोर्ड बिशेष सहयोगी संस्थाको रुपमा रहेको फिप्नाले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक कपको उपाधि बागलुङले जित्यो
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...