काठमाडौं-रोजगार अनुमति प्रणाली (ईपीएस) को आठौँ परीक्षा दिन छुटेका परीक्षार्थीले असार २१ गतेवाट पुन परीक्षा दिन पाउने भएका छन् । परीक्षाका लागि आवेदन भरेर पनि छुटेका आवेदकका लागि २१ गते पुन परीक्षा संचालन गर्न लगिएको हो । आठौँ ईपिएसको परीक्षा गत जेठ २७ र २८ गते सञ्चालन भएको थियो । प्राविधिक कारणले परीक्षा दिन वञ्चित परीक्षार्थीका लागि पुन कम्प्युटरमा आधारित परीक्षा लिने भएको हो ।
परीक्षामा प्राविधिक कारणले एसियन इन्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट खुमलटार केन्द्रमा ७ सय १० जना परीक्षार्थीले परीक्षा दिन पाएका थिएनन् । त्यो परीक्षा केन्द्रमा प्राविधिक त्रुटी भएपछि परीक्षा दिन पुगेका आवेदक परीक्षा दिनवाटै वञ्चित भएका थिए । इपिएसका अनुसार जेठ २७ र २८ गते सञ्चालन भएको ८ औं केरियन भाषा परीक्षामा सो केन्द्रमा परीक्षा दिनवाट छुट भएकाका लागि असार २१ गतेवाट २९ गतेसम्म फेरी परीक्षा लिने जनाएको हो । एचआडी कोरियाको मानव संसाधन विभागले यो परीक्षा लिने छ । परीक्षार्थीले एचआरडी कोरिया, इपिएस शाखा ग्वार्कोमा गएर परीक्षा दिन पाउने जनाइएको छ ।