जुन 25 तारिख आइतबार कोरियाको थेगु स्थित ख्यम्याङ युनिभर्सिटीको हलमा प्रदशन भएको नेपाली चलचित्र ‘घामपानी’ भब्यताका साथ सम्पन्न भएको छ । मुन्ह्वा सारम्दुल संस्थाद्धारा कला संस्कृती विकास र प्रचार प्रसारको लागी नेपाली कथानक चलचित्र घामपानी प्रदशन गरीयको थियो । उक्त कार्यक्रममा दर्शकहरुको उल्लेख्य उपस्थिती साथ घामपानी चलचित्र वास्तविक सरल सामाजिक मौलिक संस्कृतीमा उत्कृष्ट बनेको राम्रो प्रतिकृया सहित सफल सम्पन्न भएको छ।
नेपाली कला संस्कृतीलाई माया गरी पालनु हुने सव्य र भव्य तरीकाले सफल पारिदिनु हुने सम्पुर्ण नेपाली संघसस्था लगायत दाजुभाई तथा दिदीबहिनीहरु प्रति कार्यक्रम संयोजक अजय आर्यल र सोलुखुम्बु सेवा समाजका बरिष्ट उपाध्यक्ष पासङ शेर्पाबाट हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ। साथै छिटै कोरियाको अन्य शहरहरुमा पनि घामपानी चलचित्र प्रदशन हुने अध्यक्ष टिआर खालिङले जानकारी गराउनु भएको छ।
२०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्।
जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको...
सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित...
नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार पत्रकार महासंघको...