पुष्प तामाङ
कोरियाको पाँच बर्ष

कोरियाको दैनिकीसँग पैठेजोरी खेल्दाखेल्दै कति चाँडै बितेछ यी पाँच वर्षहरु । कहिले हतासिदै, कहिले बहकिदै त कहिले रमाउदै भएपनि कोरियाको पाँच वसन्तलाई बिट मार्दै आफ्नो जन्मभूमि फर्कन पाउदा मन त्यसैत्यसै खुशीले छछल्किरहेछ । म २०७०सालमा पहिलो पटक कोरिया प्रवेश गर्दा मनमा खुशी भन्दा पनि परिवारसंग छुटिनु पर्दाको पीडाले जति सताएको थियो पाँच वर्ष कार्यकाल सकेर घर फर्किने कुराले चार गुणा खुसि थपेको महसुस गरिरहेको छु। मेरो घर नेपालको राजधानी काठमाडौं शहरमै भए तापनि अझैं कतिपय विकासका पुर्वाधारको पहुँच राम्रो पुग्न सकेको छैन । राजधानी छेउछाउका कतिपय स्थानियहरू अशिक्षित भएको कारणफुर्सदमा