Advertisement
SKIP THIS

कोरियाको पाँच बर्ष


कोरियाको दैनिकीसँग पैठेजोरी खेल्दाखेल्दै कति चाँडै बितेछ यी पाँच वर्षहरु । कहिले हतासिदै, कहिले बहकिदै त कहिले रमाउदै भएपनि कोरियाको पाँच वसन्तलाई बिट मार्दै आफ्नो जन्मभूमि फर्कन पाउदा मन त्यसैत्यसै खुशीले छछल्किरहेछ । म २०७०सालमा पहिलो पटक कोरिया प्रवेश गर्दा मनमा खुशी भन्दा पनि परिवारसंग छुटिनु पर्दाको पीडाले जति सताएको थियो पाँच वर्ष कार्यकाल सकेर घर फर्किने कुराले चार गुणा खुसि थपेको महसुस गरिरहेको छु।

मेरो घर नेपालको राजधानी काठमाडौं शहरमै भए तापनि अझैं कतिपय विकासका पुर्वाधारको पहुँच राम्रो पुग्न सकेको छैन । राजधानी छेउछाउका कतिपय स्थानियहरू अशिक्षित भएको कारण धेरै मानिसहरु बेरोजगार छन् भने केहिलेमात्र रोजगार पाएका छन्। त्यहाँ रहेका वडा नं ८ र ९ पुरै तामाङ जातीको वस्ति छ। यसकारणले पनि त्यहाँको स्थानियहरुमा शिक्षाको कमि देखिन्छ। आफ्नो जिविका पार्जन गर्न त्यहाँका मानिसहरु कृषिमा निर्भर हुनुपर्ने अवस्था थियो भने कोहि ज्यामी(मजदुरी) काम गर्थे र कोहि ड्राइभिङ पेशा त कोहि विदेश पलायन भएका थिए।

बि.सं.२०४८,४९ सालतिर वडा नं ८ बाट एसएलसी पास गर्ने पहिलो व्यक्ति राम माया तामाङ हुनुहुन्छ भने २०५७ सालमा एसएलसी पास गर्ने वडा नं ९ को पहिलो व्यक्ति म बन्न पुगें।अध्ययनलाई निरन्तरता दिंदै कामको खोजीमा म धेरै भौतारिएको थिएँ।यसैक्रममा सन् २०११ को वैदेशिक रोजगार प्रणाली (ईपिएसं) भाषा परीक्षा दिएँ र नाम निकाल्न सफल पनि भएँ।

मनभित्र धेरै सपनाहरु बोकी वि.सं.२०७०मंसीर १०गते आफ्नो घरपरिवार अनि प्राणभन्दा प्यारो देश छोडेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिदा हुँदै मेरो पहिलो विदेश यात्रा सुरु भएको थियो । हङकङको ट्रानजिट हुँदै कोरियाको ईन्छन एयरपोर्टमा अवतरण भएँ।

म जस्तै धेरै सपना बोकेर विदेशिएका थुप्रै युवाहरु लामबद्ध भएर एअरपोर्टबाट सिधै ट्रेनिङ सेन्टरमा पुगेका थियौं । त्यहाँ दुई दिनको बसाइपछि कम्पनिको साहुले हामीलाई कम्पनीमा लग्यो र भोलीपल्टबाट
काम लगायो। फलाम बनाउने कम्पनी रहेछ । जताततै फलामका रडहरु मात्र छरपस्टिएका थिए । ‘वाफरे ! यस्तो फलाम कसरी उचाल्ने होला’, एकछिन त शरीर फतक्कै गले झैं महशुस भयो । तर कोरिया आउनु अघि ट्रेनिङमा ट्रेनरहरुले भनेका थिए, कोरियाको काम गाह्रो छ तर गर्नै नसकिने चाँही होइन। जस्तो सुकै काम पनि गर्न सक्छु भनेर आत्मविश्वास र आत्मबल चाहिन्छ ।’  ट्रेनिङमा भनेको कुरालाई एक पटक मनन् गरें अनि मनमनै हिम्मत निकालेर काम गर्न थालें। धेरै कर नगरेको शरीर सुरुमा केही गाह्रो भए पनि गर्दैजाँदा बिस्तारै बानि पर्न थाल्यो काम छिटो सिकियो र सजिलो पनि लाग्न थाल्यो।

कोरियाको बसाइको क्रममा मैले धेरै ससाथीहरुसंग भेट्ने मौका पाएँ। यसैक्रममा  गायक, रचनाकार तथा अहिलेका निकै व्यस्त वरिष्ठ संगीतकार कृष्ण कुमार राईसंग भेट भयो । उनीसँगको भेट मेरो लागि विशेष भयो अर्थात् मेरो जीन्दगीको रङ नै बदलियो । त्यसपछि मेरो जीवनको यात्राले अर्कै मोड लियो त्यो हो सांगीतिक यात्रा। बलको कामसँगै आफुलाई सिर्जनशिलतामा पनि ढालेर अझ जिन्दगीलाई रंगीनमय बनाउन सकिने रहेछ भन्ने कृष्ण कुमार राईसँगको संगतबाट बुझे, सिकें । यसमा हामीलाई भेट्न मद्दत गर्ने भाई वसन राई जो अहिले अमेरिकामा छन्।

सुरुसुरुमा त दिनहरु कहिलेपनि नबितेको जस्तो लाग्थ्यो। जब कृष्ण कुमार राईसंग भेट भयो त्यसपछि जीवनलाई संगीतमय बनाउदै लगेपछि त दिनहरु बितेको पत्तै भएन । एकोहोरो कामबाट थकित शरीर र हतासिएको मनलाई सिर्जनशिलताको मलहम बनेर प्रेरणा र उत्साह बनेर आइदिने मित्र कृष्ण कुमार राईप्रति आभारी छु । वास्तवमा जिन्दगी जिउन जाने जति सुकै गाह्रो, अप्ठ्यारो परिस्थितिसँग पनि सजिलै सामना गर्न सकिने रहेछ । त्यसैले साथीहरु, तपाईहरु पनि धेरै सपना बोकेर कोरिया आउनु भएको छ । गाह्रो काम पर्यो भनेर नहतासिनुस् । कामसँगै आफुलाई केही न केही सिजर्नशिलतातिर लगाउनुस् । जस्तोसुकै गाह्रो काम भए पनि समय बितेको पत्तै हुँदैन । आज कोरियाको पाँच वर्ष कार्यकाल सकेर स्वदेश फर्कदै छु ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...