नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै

दक्षिण कोरियामा २५६९ औँ वुद्ध जयन्ति मनाइने भएको छ। नेपाली सम्पर्क समिति, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल वौद्ध परिवार र प्रदेश स्तरिय संस्थाहरुको संयुक्त आयोजनामा विशेष समारोह हुन लागेको हो। मे ११ आइतवार कोरियाको योङिन सहरमा कार्यक्रम आयोजना हुने जनाइएको छ।
दिनको १२ बजेदेखि सुरु हुने कार्यक्रममा नेपाल वौद्ध परिवारको प्रमुख लामा गुरुबाट पूजा हुने कार्यतालिका रहेको छ। वौद्ध स्तुती सँगै वुद्धको प्रतिमामा माल्यार्पण गरिने कार्यक्रम पनि रहेको छ। यसैगरी समारोहमा विभिन्न नेपाली समुदायको साँस्कृतिक झाँकी नृत्यको प्रदर्शनको लागि तयारी गर्दै गरेको नेपाली सम्पर्क समितिका कार्यबाहक अध्यक्ष हर्क विष्टले जानकारी गराएका छन्।
कोरियामा रहेका नेपालीहरुलाई सो समारोहमा उपस्थित हुनको लागि आयोजकले अनुरोध गरेको छ। कोरियाको पर्यटकिय सहर योङिनमा नेपाली सम्पर्क समितिको संयोजकत्वमा वुद्धको प्रतिमा निर्माण गरिएको छ।